समाचार

    Showing 15,291-15,300 of 25,845 items.
  • खानेपानी, सिँचाइ सुविधा विस्तार र नदी नियन्त्रण गर्न ६५ योजना

    म्याग्दी । म्याग्दीमा यसवर्ष गण्डकी प्रदेश सरकारमार्फत खानेपानी र सिँचाइ सुविधा विस्तार तथा नदी नियन्त्रणसम्बन्धी ६५ वटा योजना सञ्चालन भएका छन् । खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले रू १४ करोड ३८ लाख ५० हजार बजेटमा खानेपानीका ३६, सिँचाइका २०, नदी नियन्त्रणका छ, ऊर्जाका दुई र सर्वेक्षणसम्बन्धी एक वटा योजना सञ्चालन गरेको हो । कार्यालयका प्रमुख सिनियर डिभिजन इञ्जिनियर झलकमोहन ओझाले २६ वटा योजनाको सम्झौता भइसकेको र ३८ वटा योजनाको लागत अनुमान तयार पारेर कार्यान्वयनको प्रक्रीयामा रहेका जानकारी दिए ।‘प्रदेश सरकारको नीतिअनुसार उपभोक्ताको प्रत्यक्ष सहभागिता हुन नसक्ने योजन

    • प्रकाशित मितिः माघ १२, २०८१
    • 188 पटक पढिएको
  • नेपाल स्टार्ट अप साना तथा मझौला सम्मेलन गर्दै नेपाली कांग्रेस

    काठमाडौँ । साना तथा मझौला व्यवसायीले उत्पादन गरेका वस्तुको बजारीकरण तथा उद्यमशीलता विकास गर्ने उद्देश्यले नेपाली कांग्रेस उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभागले यही माघ १६ र १७ गते ‘नेपाल स्टार्ट अप साना तथा मझौला सम्मेलन’ गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयमा आज पत्रकार सम्मेलन गर्दै विभागकी प्रमुख उर्मिला थपलियाले साना तथा मझौला व्यवसायीहरूका लागि सम्मेलन परिचयात्मक कार्यक्रम हुने जानकारी दिँदै युवाहरूलाई उमशीलतामा प्रोत्साहन गर्न सम्मेलन फलदायी हुने विश्वाास व्यक्त गरिन् ।नवप्रवर्तन र उद्यमशीलतामार्फत आर्थिक रुपान्तरण, स्टार्टअपमा लगानीका अवसर र चुनौतीको विश्लेषण गर्न तथा मह

    • प्रकाशित मितिः माघ १२, २०८१
    • 221 पटक पढिएको
  • नदीजन्य पदार्थको अवैध उत्खनन रोक्ने प्रयास जारी

    जनकपुरधाम । धनुषाको कमला नदीबाट भइरहेको अवैध उत्खननलाई रोक्न जिल्ला प्रहरी कार्यालयले कडाइका साथ प्रहरी परिचालन गरिरहेको छ । लामो समयदेखि नदीजन्य पदार्थको अवैध उत्खनन गरी ओसारपसार गर्न प्रयोग गर्दै आएका वैकल्पिक रूपमा प्रयोग गरिने बाटोलाई खनेर बन्द गर्ने, निगरानी गर्ने, उत्खननको काममा संलग्न ट्र्याक्टर तथा अन्य उपकरण नियन्त्रणमा लिनेलगायत काममा प्रहरीले सक्रियता बढाएको हो ।पछिल्लो समय प्रहरीको सक्रियता बढेसँगै अवैध गिटी, बालुवाको उत्खनन बन्द भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अवैध उत्खननमा संलग्न ट्र्याक्टर तथा उपकरण नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाउने गर

    • प्रकाशित मितिः माघ १२, २०८१
    • 321 पटक पढिएको
  • अझै गुइँठा बाल्न बाध्य छन् तराईका महिला

    पथरी (मोरङ) । जिल्लाको ग्रामथान गाउँपालिका–५ कि सीता चौधरीलाई खाना पकाउने दाउरा जोहो गर्न हम्मेहम्मे पर्दछ । माटोले लिपेको घरका भित्ता, परालको छानो, सानो झुपडी त्यही झुपडीबाट निस्किएको कालोधुवाँसँगै उडेको छ सीताको दिनचर्या । बिहानीको झिसमिसेसँगै गाईबस्तुको गोबर उठाउनुपर्ने बाध्यता छ दक्षिणी मोरङका महिलाहरूको ।सीता चौधरीको पाँच जनाको परिवार छ । उक्त परिवारका लागि खाना पकाउनैपर्ने बाध्यता छ सीतालाई । श्रीमान्को सामान्य कमाइले ग्यास र दाउरा किन्न पुग्दैन । ‘ग्यास चलाउन सकिँदैन, जङ्गल पनि टाढा छ, वन समितिले संरक्षण गर्न थालेपछि दाउरा पनि पाइँदैन, गुइँठाको विकल्प नगरे आफैँलाई ग्राहो हुन्छ’, चौधरीले

    • प्रकाशित मितिः माघ १२, २०८१
    • 210 पटक पढिएको
  • विराटनगरमा कोशी विचार उत्सव–२०२५

    मोरङ । वीणा फाउण्डेशनले विराटनगरमा ‘कोशी विचार उत्सव–२०२५’ आयोजना गर्ने भएको छ । फाउण्डेशनद्वारा शुक्रबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा आगामी फागुन १५ देखि १७ गतेसम्म कोशी विचार उत्सव आयोजना हुने जानकारी दिइएको हो । उक्त उत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रदेशको ऐतिहासिक, भौगोलिक, सांस्कृतिक, सामाजिक लैङ्गिक, शैक्षिक, भाषिक, साहित्य, राजनीतिक, पर्यटन, उद्योग, व्यवसाय, औद्योगिक अवस्था, पत्रकारिता, जलवायु परिवर्तन, स्वास्थ्य र अन्य विषयमा विज्ञहरूद्वारा विचारविमर्शका माध्यमबाट देखिएका समस्या समाधान गर्नुका साथै समुचित प्रचारप्रसार गरिने फाउण्डेशनका अध्यक्ष वरुण झाले जानकारी

    • प्रकाशित मितिः माघ १२, २०८१
    • 507 पटक पढिएको
  • चौध करोड लागतमा मनाङमा पुल बन्दै

    मनाङ । जिल्लाको माथिल्लो क्षेत्रमा पछिल्लो समय पूर्वाधार विकासले प्राथमिकता पाउन गालेको छ । ङिस्याङ गाउँपालिका–५ भ्राकास्थित धार्मिक एवं पर्यटकीय स्थान मिलेरेप्पा गुफासम्म जाने खण्डअन्तर्गत भ्राका नजिकै रहेको मस्र्याङ्दी नदीमाथि मोटरेबल पुल निर्माण गरिने भएको हो । सहरी विकास मन्त्रालयले मोटरेबल पुल निमार्णका लागि रु १४ करोड ४९ लाख ४६ हजार बजेट विनियोजन गरेसँगै पुल निर्माण प्रक्रिया अघि बढ्ने सुनिश्चित भएको जिल्लास्थित पर्यटन व्यवसायी समितिका अध्यक्ष विनोद गुरुङले बताए ।उनका अनुसार यसअघि सांसद टेकबहादुर गुरुङको समन्वयमा ङिस्याङ–५ को मुङजेबाट मिलेरेप्पा गुफासम्म जाने पाँच मिटर चौडाइ र करिब

    • प्रकाशित मितिः माघ १२, २०८१
    • 168 पटक पढिएको
  • प्रचण्डद्वारा पाण्डवेश्वर मन्दिरको अवलोकन

    तुलसीपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले दाङको पर्यटकीयस्थल पाण्डवेश्वर धारपानी मन्दिरको अवलोकन गरेका छन् ।उनले आज बिहान घोराही उपमहानगरपालिका–५ स्थित मन्दिर र धारपानी क्षेत्रको अवलोकन गरेका हुन् । तीन सय वर्ष पुरानो यस मन्दिरमा विश्वकै अग्लो त्रिशुल रहेको दाबी गरिँदै आएको छ । सोही क्रममा उनले मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशकुमार अधिकारीले मन्दिरको बारेमा जानकारी गराएका थिए । साथै सोही क्रममा उनले स्थानीयसँग भेटघाट गरेका थिए ।

    • प्रकाशित मितिः माघ १२, २०८१
    • 293 पटक पढिएको
  • भक्कापछि प्रचण्डले ढिक्रीको स्वाद लिए

    दाङ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल  प्रचण्डले  थारुको परिकार ढिक्रीको स्वाद लिएका छन । दाङ पुगेका प्रचण्डले शनिबार मर्निङ वाक गर्ने क्रममा थारु समुदायको परिकार ढिक्री खाएका हुन । दाङको घोराही–धारापानी मर्निङ वाक पछि प्रचण्डले नेता तथा कार्यकर्ताको साथमा बसेर ढिक्री खाएका छन । चिसो  बढेकाले  प्रचण्डले आगो समेत तापेका छन् । थारु समुदायको परिकार ढिक्री कुनै चाडपर्व र समारोहमा बनाउने गरिन्छ । यो विशेष गरी चामलको पिठोको ढिक्री बनाउने प्रचलन छ भने त्यसको अलवा गहुँ, जौँ र मकैको पिठोको पनि बनाउने गरिन्छ । विभिन्न थरिका अन्नबाट ढिक्री बनाएर खाने प्रचलन

    • प्रकाशित मितिः माघ १२, २०८१
    • 187 पटक पढिएको
  • चिसोका कारण सुनसरीको जनजीवन प्रभावित

    इनरूवा (सुनसरी) । केही दिनदेखि बढेको चिसोका कारण सुनसरीको जनजीवन प्रभावित भएको छ । बाक्लो हुस्सु र चिसो हावाका कारण सदरमुकाम इनरूवा सहित जिल्लाको विभिन्न ठाउँको जनजीवन प्रभावित भएको हो । चिसोका कारण इनरूवा, भोक्राहा, कोशी, गढी, दुहबी, रामधुनी, इटहरी, धरान, बराहक्षेत्र, हरिनगर, देवागञ्जलगायत क्षेत्रमा बसोबास गर्ने स्थानीय बढी जोखिममा रहेका स्थानीय मनोज यादवले बताए ।दैनिक रूपमा मजदुरी गरेर जीविकोपार्जन गर्नेलाई काममा जान समस्या हुन थालेको स्थानीयवासीले बताएका छन् । अत्यधिक चिसो र बाक्लो हुस्सुका कारणले मानिसलाई घरबाट बाहिर निस्कानका लागि समस्या हुने गरेको स्थानीय चन्दन मेहताले बताए ।चिसोका

    • प्रकाशित मितिः माघ १२, २०८१
    • 291 पटक पढिएको
  • आजको मौसमः कोशीमा मन्द शीतलहर

    काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मधेस प्रदेशको पूर्वी भूभाग तथा कोशी प्रदेशको तराई भूभागमा मन्द शीतलहरको अवस्था रहेको छ । बाँकी तराईका धेरै स्थानहरूमा पनि हुस्सु तथा कुहिरो लागेको छ । पहाडी र हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।आज दिउँसो कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।तराईका धेरै स्थानहरूमा हुस्सुरकुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

    • प्रकाशित मितिः माघ १२, २०८१
    • 163 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.