उदयपुर, (गाईघाट) । जिल्लाको बेलका नगरपालिका– ८ र ९ स्थित चिम्पाकोट, बोप्ताङडाँडा र सुगाचरी क्षेत्रमा गिद्धको सङ्ख्या बढ्न थालेको छ । बेलका नगरपालिकाले २०७५ सालदेखि गिद्ध संरक्षण अभियान सञ्चालन गरेसँगै गिद्धको सङ्ख्या बढ्न थालेको वडा नं ८ का हर्कबहादुर राईले जानकारी दिए ।गिद्ध संरक्षणका लागि नगरक्षेत्रमा मरेका पशु उपलब्ध गराउने र बासका लागि सिमलको रुख रोपेपछि गिद्धको सङ्ख्या बाक्लिन थालेको उनको भनाइ छ । नगरपालिका प्रमुख अशोक कार्कीले नगरपालिकाले अहिले पनि गिद्ध संरक्षणका लागि काम गर्दै आएको बताए ।यहाँ बसोबास गर्ने गिद्ध आहारको खोजीमा कोशी क्षेत्र आसपास र सुनसरी, मोरङ, झापा, सप्तरी, सिरहा,
चितवन । सौराहाको होटल भिष्टा चितवनका दुई हात्ती अहिले बाघमारा वनमा राखिएका छन् । बढ्दो चिसोमा ती हात्ती खुला आकाशमुनि बाँधिएका छन् ।निजी हात्तीका कारण जङ्गली हात्ती बस्तीमा आएको भन्दै ती हात्तीलाई वन क्षेत्रमा राखिएको हो । होटलमा हात्ती राख्नका लागि छानो हालिएको भए पनि अहिले राखिएका ठाउँमा त्यो सुबिधा छैन । होटल भिष्टा चितवनका सञ्चालक रमेश सिलवाल शीतलहरमा खुला आकाशमुनि हात्ती राख्नुपर्दा बिरामी हुने चिन्ता बढेको बताउँछन् । उनले भने, ‘पहिले पहिले हात्ती पाल्न रहर हुन्थ्यो, अहिले कहर भएको छ ।’ उनले थपे, ‘पालिएका हात्ती न आफ्नै हात्ती सारमा राख्न पाइएको छ, न बिक्री गर्न पाइन्छ, न कतै पठाउन सकिन्छ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कास्की जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध पोखरा उच्च अदालतमा पुनरावेदन गरेका छन् । सोमबार धरौटी रकम उच्च भएको र साधारण तारिखमा नै छोड्नुपर्ने माग सहित उनी उच्च अदालत पुगेका हुन् । रविलाई कास्की जिल्ला अदालतले ६५ लाख रूपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
रौतहट । रौतहट प्रहरीले नेपालबाट भारत तर्फ लैजादै गरेको गाईलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यलय रौतहटबाट खटिएको गस्ती टोलीले राजपुर नगरपालिक वडा न ३ फतुवाबाट ६ वटा गाई नियन्त्रणमा लिएको हो । नेपालबाट अबैध रूपमा गाई भारत तर्फ लैजादै गरेको अवस्थामा नियन्त्रणमा लिएको रौतहट प्रहरी नायव उपरीक्षक दिपक कुमार रायले बताए । उनका अनुसार प्रहरी टोलिलाई देख्नसाथ तस्करहरु भागेका हुन् । प्रहरीले नियन्त्रणमा लिएको गाईलाई गौर भन्सार कार्यलयमा बुझाएको छ । भारतबाट नेपालमा वा नेपालबाट भारत वैधानिक तरिकाले पशुचौपाय लैजादा क्वारेन्टाईनमा परिक्षण गरी स्वस्थ रहेमा
नेपालगञ्ज । बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएपछि बाघ खोज्न सुरु गरिएको छ । महिलालाई आक्रमण गर्ने बाघले अन्य मानिसलाई पनि आक्रमण गर्ने सम्भावना रहेकाले खोजी सुरु गरिएको राप्तीसोनारी सव डिभिजन वन कार्यालय, शमशेरगञ्ज बाँकेले जनाएको छ । सो कार्यालयका प्रमुख मनोज शर्माले भगवती सामुदायिक वन क्षेत्रमा बाघको खोजीका लागि चार स्थानमा चार क्यामेरा जडान भएको जानकारी दिए । बाघ र चितुवाजस्ता हिंस्रक जनावरले आक्रमण गर्न थालेपछि त्यसको तथ्य पत्ता लगाउन क्यामेरा जडान गरिएको उनको भनाइ छ । ‘जडान गरेको केही दिन भएको छ, तर अहिलेसम्म केही देखिएको छैन’, उनले भने । निकुञ्ज वरिपरिका बासिन्दालाई बाघसँग सचे
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वित्तीय अपराध न्यूनीकरणका लागि सम्पत्ति शुद्धीकरण निवारण प्रणालीसँग सम्बन्धित निकायबीच समन्वयात्मक प्रयास अपरिहार्य भएको बताएका छन् ।सम्पत्ति शुद्धीकरण निवारण प्रथम राष्ट्रिय दिवस, २०८१ का अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले यस प्रणालीमा आबद्ध सूचक संस्था, नियामक निकाय, कानुन कार्यान्वयन गर्ने निकाय र न्यायिक निकायसमेतको समन्वयमा जोड दिए ।‘अपराधजन्य कार्यबाट प्राप्त सम्पत्तिको प्रवेश वित्तीय प्रणालीमा हुन नदिई वित्तीय स्वच्छता कायम गर्न सम्पत्ति शुद्धीकरण निवारण प्रणालीले प्रभावकारी रूपमा काम गर्नुपर्छ’, प्रधानमन्त्री ओलीको सन्देशमा भनिएको
गण्डकी । विजयपुर खोला कटेर पर्यटकीय राजधानी सहर पोखरा छिर्दा पहिलेको दाँजोमा हिजोआज केही फरक दृश्य आँखामा आइपुग्छ । गाडीमा चढ्दा होस् या पैदल हिँड्दा उत्तरपट्टिका लहरै हिमाल सजिलै देख्न सकिन्छ । छिटपुटबाहेक विद्युत्का जीर्ण पोल हटाइएको छ । तार जमिनमुनि बिछ्याइएको छ । गुजुमुज तारको चेपबाट हिमाल चिहाउनुपर्ने बाध्यता टरेको छ । लथालिङ्ग अवस्थामा रहेका तार र पोल हटेपछि सडक खुला र फराकिलो देखिन थालेको छ । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत पोखराका मुख्य सहरी क्षेत्रमा अहिले विद्युतीय तार भूमिगत गर्ने काम भइरहेको छ । प्राधिकरणको सवस्टेसन रहेको पोखरा मह
भोजपुर । पौवादुङमा गाउँपालिकाले दूधमा आत्मनिर्भर बन्दै किसानलाई आयआर्जनमा जोड्न उन्नत जातको गाई वितरण गरेको छ । यहाँका पशुपालनका लागि उपयुक्त मानिने तीन वटा वडाका ७५ जना किसानलाई पहिलो चरणमा उन्नत जातको गाई वितरण थालेको हो । गाउँपालिकाको ५० प्रतिशत अनुदानमा किसानसँगको सहकार्यमा उन्नत जातका गाई वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए । यो कार्यक्रमअन्तर्गत गाउँपालिकाले रु ५० लाख बजेट विनियोजन गरेर गाई वितरण गरिरहेको उनको भनाइ छ । किसानलाई उद्यमसँग जोड्न यो कार्यक्रमले टेवा पुग्ने उनले बताए ।‘यहाँका किसानलाई उन्नत जातका गाई वितरण गरेका छौँ’, प्रमुख प्रशा
गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिकाका दुई वडालाई जोड्ने झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । धार्चे –२ स्थित रुन्चेत र धार्चे –३ स्थित लुसिकाङ जोड्ने ‘बूढीगण्डकी लुसिकाङ झोलुङ्गे पुल’ निर्माण सम्पन्न भएको गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङले जानकारी दिइन् ।रु एक करोड ३३ लाख ९४ हजार सात सय ५२ को लागतमा उक्त झोलुङ्गे पुल निर्माण भएको हो । विसं २०८० फागुनबाट निर्माण सुरु गरिएको झोलुङ्गे पुल समयमा नै निर्माण सम्पन्न भएको हो । पुल निर्माण भएसँगै त्यस क्षेत्रका स्थानीयवासीलाई आवतजावतमा निक्कै सहज भएको छ ।
झापा । शिवसताक्षी नगरपालिकाले बजार अनुगमनलाई तीब्र बनाएको छ । यसक्रममा अनुगमन टोलीले ‘फर्मालिन’ रसायनको प्रयोग गरिएको ४४ केजी माछा जफत गरेको छ । शिवसताक्षी–६ स्थित शिवगञ्ज बजारमा नगरपालिकाको टोलीले अनुगमनका क्रममा फर्मालिन प्रयोग भएको माछा जफत गरी नष्ट गरेको उपप्रमुख नरमाया कार्कीले बताइन् । भारतबाट आयातित मरेका माछालाई ताजा देखाउन फर्मालिन रसायनको प्रयोग हुने गरेको जनगुनासो आएपछि नगरपालिकाले गत सातादेखि त्यस्तो माछाको बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको थियो ।स्थानीयवासीले शिवगञ्ज बजारमा भारतबाट आयातित मरेका माछा आइतबार बिक्री भइरहेको जानकारी नगरपालिकालाई दिएका थिए । लगत्तै उपप्
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.