समाचार

    Showing 15,211-15,220 of 25,845 items.
  • झापाका विपन्न परिवारलाई निःशुल्क खानेपानी र बिजुली

    झापा । मेचीनगर नगरपालिका–२ ले आफ्ना वडाका विपन्न परिवारका घरमा शुद्ध खानेपानी र बिजुलीबत्ती निःशुल्क जडान गरिदिएको छ । वडाका अति विपन्न परिवारको पहिचान गरी बत्ती र खानेपानीको धारा निःशुल्क रूपमा जडान गरिरहेको वडाध्यक्ष दीपक बरालले बताए ।उनले वडाले गत वर्षदेखि विपन्नको घरमा टिनको छाना लगाइदिने र बत्ती पानी जडानका लागि बजेट नै विनियोजन गर्दै आएको बताए । उनले भने, ‘स्वस्थ रहनका लागि खानेपानी खान पाउनु सबैको अधिकार हो, त्यही उद्देश्यले खर्च गरेर धारा जडान र बत्ती बाल्न नसक्नेका लागि काम गरिरहेका छौं ।’उनले वडाले चालु आर्थिक वर्षमा विपन्न परिवारको घरको छाना फेर्ने, खानेपानीको धारा जडान गर्ने र बिजु

    • प्रकाशित मितिः माघ १८, २०८१
    • 231 पटक पढिएको
  • ‘मिल्क होलिडे’ हुनबाट रोक्दै चितवनका दुग्ध उद्योग

    चितवन । भरतपुर महानगरपालिका–१ ठिमुरास्थित चितवन मिल्क उद्योग छ । यहाँ आज बिहान पनि दूध बोकेका ट्याङ्करको लामो लाइन लागेको थियो । सहकारी र निजी डेरी फार्महरूले सङ्कलन गरेको दूध बजारमा खपत हुन नसकेपछि ती ट्याङ्करहरू उद्योगमा दूध बोकेर आएका थिए । बजारमा दूध खपत नभएपछि प्रशोधन गरेर धुलो बनाउन ती ट्याङ्कर यहाँ आएका हुन् ।नेपाल डेरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष राजकुमार दाहाल यसरी आएको दूध उक्त उद्योगले प्रशोधन नगरेको भए दूध फाल्नुको विकल्प नहुने बताउँछन् । उनले भने, ‘चितवन मिल्क नभएको भए तपार्इंले आज बिहान देखेको ट्याङ्करको दूध खोलामा फाल्नुको विकल्प थिएन ।’केही वर्षअघिसम्म दूध धेरै उत्पादन हुने

    • प्रकाशित मितिः माघ १८, २०८१
    • 361 पटक पढिएको
  • सिक्लेसः प्रकृति र संस्कृतिलाई नजिकबाट हेर्ने र बुझ्ने थलो

    गण्डकी । वरिपरिबाट जङ्गलले घेरिएको गुजुमुज्ज परेको बस्ती, ढुुङ्गैढुुङ्गाले छापिएका बाटा र ठाउँठाउँमा राखिएका गुरुङ समुदायको धार्मिक आस्थाका पवित्र कोइबोहरू । कास्कीको पर्यटकीय गाउँ सिक्लेस पुग्ने जोकोहीलाई पनि त्यहाँका प्राकृतिक सुन्दरतासँगै गुरुङ संस्कृति, परम्परा र इतिहासले लोभ्याउँछ । गुरुङ समुदायको बाहुल्य रहेको सिक्लेस सांस्कृतिक र पर्यटकीय हिसाबले निकै महत्वपूर्ण छ । सिक्लेसको परिचय त्यतिमा मात्रै सीमित छैन, यो राजनीतिक रूपमा ऐतिहासिक थलो पनि हो । नेपालको शान्ति प्रक्रियाको उद्गमस्थलका रूपमा पनि सिक्लेसलाई लिइन्छ । तत्कालीन समयमा सशस्त्र आन्दोलनरत नेपाल कम्युनष्टि पार्टी (माओवा

    • प्रकाशित मितिः माघ १८, २०८१
    • 319 पटक पढिएको
  • नवलपुरको सदरमुकाम निर्माण स्थलका रुख काटियो

    त्रिवेणी (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको नमुना सदरमुकाम निर्माण स्थलका रुख काटिएका छन् । जिल्लाको कावासोती नगरपालिका–३ मा नमुना सदरमुकाम निर्माण स्थलमा पर्ने छ सय ४२ रुखमध्ये पहिलो चरणमा ४७ रुख काटिएको हो । सघन सहरी विकास तथा भवन निर्माण आयोजना चितवनका सहायक इञ्जनियर कुन्दन तिवारीका अनुसार पहिलो चरणमा भवन निर्माण हुने स्थलका ४७ रुख काटिएको छ । विसं २०७६ वैशाख ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले नमुना सदरमुकामको शिलान्यास गरेका हुन् । उक्त स्थानमा रहेका रुख हटाउने निर्णय नहुँदा काम अघि बढ्न सकेको थिएन । हालै मन्त्रिपरिषद्ले सदरमुकाम निर्माण स्थलका छ सय ४२ रुख कटा

    • प्रकाशित मितिः माघ १८, २०८१
    • 187 पटक पढिएको
  • पिप्लेबेंसीमा सक्खर उत्पादन

    खोटाङ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनिडाँडास्थित पिप्लेबेंसीमा १६ परिवारको बसोबास छ । सुनकोशी किनारमा पर्ने यस गाउँमा पुर्खाकै पालादेखि गाउँभरि उखुखेती हुन्थ्यो । हाल पनि यहाँका दश परिवारले यो खेती गरिरहेका छन् । यहाँका किसानले उखु बेच्दैनन्, त्यसलाई पेलेर सक्खर बनाएपछि मात्रै बजारमा पठाउँछन् । यहाँ विसं २०३८ मा स्थानीय किसानहरू मिलेर खरिद गरेको फलामे मेसिन छ । यही मेसिनमा हल गोरुको सहारामा उखु पेल्छन् । त्यसबाट निस्केको रस ठूलो फलामे कराहीमा पकाएर सखर बनाउँछन् । अचेल यस्तै काममा व्यस्त छन् यहाँका किसान ।स्थानीय कृषक बृहस्पति कार्कीले मेसिनमा पेलेर निस्किएको रस पकाउने र त्य सबा

    • प्रकाशित मितिः माघ १८, २०८१
    • 214 पटक पढिएको
  • सञ्चार मन्त्रालयले सार्वजनिक गर्यो दोस्रो सय दिनका उपलब्धिहरु

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सरकार गठन भएको दोस्रो सय दिन २०८१ माघ १७ गतेसम्म भएका प्रमुख कामहरुको विवरण सार्वजनिक गरेको छ । शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्रालयकी सचिव राधिका अर्यालले १७ गतेसम्म भएका प्रमुख कामहरुको विवरण सार्वजनिक गरेकी हुन् । सोही क्रममा उनले सबै स्थानीय तहमा हुलाक कार्यालय सञ्चालन गर्ने कार्यक्रम अन्तरगत ७ सय ५३ वटा स्थानीय तहमा हुलाक कार्यालय सञ्चालनमा आएको बताइन् । उनले भनिन्, ‘सबै स्थानीय तहमा हुलाक कार्यालय सञ्चालन गर्ने भन्ने कार्यक्रम अन्तरगत ७ सय ५३ वटा तहमा हुलाक कार्यालय सञ्चालनमा आएको छ र यसमा पहिला भएको ७७ वटा जि

    • प्रकाशित मितिः माघ १८, २०८१
    • 197 पटक पढिएको
  • जग्गाधनी प्रमाणपत्र पाउने आशमा महोत्तरीका भूमिहीन

    महोत्तरी । आफ्नो जग्गा भन्ने कानुनी प्रमाण नभएका महोत्तरीका भूमिहीन अब जग्गाधनी प्रमाणपत्र पाउने आशमा छन् । जिल्लामा सरकारले गठन गरेको भूमि समस्या समाधान आयोगले काम थालिएको बताएपछि अबचाहिँ लालपुर्जा पाइने आश भूमिहीन सुकुमबासीमा जागेको हो । ‘आफ्नो भनेर पुस्तौँदेखि झुप्रोमा बसेका त छौँ, तर हामीसँग लालपुर्जा छैन’, भङ्गाहा–४ रामनगरको दलितबस्तीका जुगल सदा मुसहर भन्छन्, ‘अब गरिबलाई लालपुर्जा दिने रे भन्ने सुन्छौँ, त्यसो भए हामी पनि लालपुर्जावाला हुन्थ्यौँ ।’ पछिल्लो पटक जिल्लामा भूमि समस्या समाधान आयोगका महोत्तरी अध्यक्ष पीताम्वर महतोले भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी प

    • प्रकाशित मितिः माघ १८, २०८१
    • 284 पटक पढिएको
  • यस्तो छ तरकारी र फलफूलको आजको बजार मूल्य

    काठमाडौँ । कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ७०, गोलभेँडा सानो (भारतीय) प्रतिकेजी रु ३०, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु २५, आलु रातो प्रतिकेजी रु ३८, आलु रातो (भारतीय) प्रतिकेजी रु ३५, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ६५, गाजर (लोकल) प्रतिकेजी रु ४०, गाजर (तराई) प्रतिकेजी रु ३०, बन्दा (लोकल) प्रतिकेजी रु २०, बन्दा (तराई) प्रतिकेजी रु १५, बन्दा (नरिवल) प्रतिकेजी रु १५, काउली स्थानीय प्रतिकेजी रु १५, स्थानीय काउली (

    • प्रकाशित मितिः माघ १८, २०८१
    • 249 पटक पढिएको
  • कृषिउपज सङ्कलन केन्द्र प्रयोगविहीन

    नवलपरासी । ग्रामीण क्षेत्रमा उत्पादित कृषिउपज सङ्कलन र बिक्रीका लागि पश्चिम नवलपरासीको सरावलमा निर्माण गरिएको कृषिउपज सङ्कलन केन्द्र सञ्चालनमा प्रयोगविहीन भएको छ । सरावल गाउँपालिका–४ स्थित गोइनीमा निर्माण भएको सङ्कलन केन्द्र कार्यविधिको अभावमा प्रयोगविहीन भएको हो । केन्द्र सञ्चालन नहुँदा यहाँका किसानले आफ्नो उत्पादन बिक्री गर्न बर्दघाट, सदरमुकाम परासी र बुटवलसम्म लैजानुपर्ने बाध्यता छ । प्रदेश सरकार र पालिकाको समन्वयमा कार्यविधि बनाएर कृषिउपज सङ्कलन केन्द्र तत्काल सञ्चालन हुनुपर्ने किसानको माग छ । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷७६ मा रु १५ लाखको लागतमा सङ्कलन केन्द्र निर्मा

    • प्रकाशित मितिः माघ १८, २०८१
    • 220 पटक पढिएको
  • तनहुँ जलविद्युत् आयोजनाका प्रभावितलाई क्षतिपूर्ति वितरण

    दमौली (तनहुँ) । ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको संरचना निर्माणका क्रममा प्रभावित भएका एक सय एक परिवारलाई क्षतिपूर्ति रकम प्रदान गरिएको छ । आयोजनाप्रमुख श्यामजी भण्डारीका अनुसार ऋषिङ गाउँपालिका–१ का ९८ र व्यास नगरपालिका–५ बेतेनका क्षेत्रका २० गरी एक सय १८ परिवारलाई क्षतिपूर्ति प्रदान गर्ने निर्णयअनुसार पहिलो चरणमा एक सय एक परिवारलाई रकम प्रदान गरिएको हो । क्षतिपूर्ति रकम अधिकतम रु तीन लाख र न्यूनतम रु १० हजार प्रदान गरिएको उनले बताए ।आयोजनाको प्याकेज एकअन्तर्गत बाँधलगायत संरचना निर्माणको काम जारी छ । बाँधको जग निर्माणस्थलमा जम्मा भएको पा

    • प्रकाशित मितिः माघ १८, २०८१
    • 359 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.