समाचार

    Showing 15,201-15,210 of 25,845 items.
  • कर्णालीका पचास स्थानीय तहलाई ८० प्रतिशत अनुदान

    काँक्रेविहार (सुर्खेत) । कर्णालीका अधिकांश स्थानीय तहले सङ्घीय सरकारबाट ८० प्रतिशतसम्म समपुरक अनुदान रकम पाउने भएका छन् । सरकारले समपुरक अनुदानसम्बन्धी कार्यविधि २०८१ मा अनुदान दिने सीमा निर्धारण गरेपछि स्थानीय तहले ८० प्रतिशतसम्म पाउने भएका हुन् ।नयाँ कार्यविधि अनुसार गाउँपालिका वा नगरपालिकाबाट कार्यान्वयन गरिने आयोजना वा कार्यक्रमको कूल लागत अनुमान रु एक करोडदेखि रु सात करोडसम्म, उपमहानगरपालिका वा महानगरपालिकाबाट कार्यान्वयन गरिने आयोजना वा कार्यक्रमको कूल लागत अनुमान रु तीन करोडदेखि रु १५ करोडसम्म तथा प्रदेश सरकारबाट कार्यान्वयन हुने आयोजना वा कार्यक्रमको कूल लागत अनुमान रु १० करोडदेखि रु ३

    • प्रकाशित मितिः माघ १९, २०८१
    • 408 पटक पढिएको
  • पत्रकार राई पुरस्कृत

     दमक । दमकका पत्रकार अनिलदेव राई पुरस्कृत हुनुभएको छ । दमक उद्योग वाणिज्य सङ्घको ३३औँ वार्षिक साधारणसभाका अवसरमा शुक्रवार राईलाई नगद र सम्मान पत्रसहित पुरस्कार प्रदान गरेको हो । उहाँलाई दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईं, सङ्घका अध्यक्ष गोपाल गुरागाईंले पुरस्कार प्रदान गर्नुभयो ।झापा, शिवसताक्षी निवासी पत्रकार राई दमकमा बसेर पत्रकारितामा क्रियाशील हुनुहुन्छ । सङ्घले वार्षिक साधारणसभाका अवसरमा दमकको उद्योग, वाणिज्यलगायतका क्षेत्रमा कलम चलाएबापत एक जना पत्रकारलाई पुरस्कार प्रदान गर्दै आएको छ । पुरस्कारको राशि रु ११ हजार एक सय ११ रहेको छ l सभामा सङ्घका पूर्वकार्यसमिति सदस्य

    • प्रकाशित मितिः माघ १९, २०८१
    • 193 पटक पढिएको
  • राम जानकी मन्दिरको पुनःनिर्माणको काम हुँदै

    रौतहट । रौतहटको गरुडा नगरपालिका–६ पोठियाहीमा श्री राम जानकी मन्दिरको पुनः निर्माणको काम भैरहेको छ । गरुडा नगरपालिकाले जीर्ण अवस्थामा पुगेको यो मन्दिरलाई नयाँ स्वरूप दिनका लागि ३५ लाख रुपैयाँको बजेट विनियोजन गरेको हो ।  सो मन्दिरको ऐतिहासिक धार्मिक महत्व रहेकाले पुनः निर्माणको काम थालिएको नगर प्रमुख कन्थमनी प्रसाद जैसवालले बताए । उनका अनुसार मन्दिरलाई आधुनिक शैलीमा भव्य तथा आकर्षक बनाइने छ । यो मन्दिरले धार्मिक पर्यटकको आगमन बढाउनेमा उनले विश्वास व्यक्त गरे । दशकौँ पुरानो मठ जीर्ण बन्दै गएपछि दैनिक पूजा, सत्संग, तथा अन्य धार्मिक क्रियाकलापमा कठिनाइ  भएको थियो । अब यो मन्दिर&

    • प्रकाशित मितिः माघ १९, २०८१
    • 317 पटक पढिएको
  • अरुण तेस्रोको प्रवेश मार्गको मुआब्जा वितरण प्रक्रिया सुरु

    किमाथाङ्का (सङ्खुवासभा) । यहाँ निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको प्रवेश मार्गको मुआब्जा वितरण प्रक्रिया सुरु भएको छ । यही माघ ९ गते जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवाला र सर्वदलीय बैठकको निर्णयअनुसार प्रवेश मार्ग (छ्याङ्कुटी–दिदिङ) सडक खण्डको जग्गाको मुआब्जा वितरण प्रक्रिया सुरु गरिएको हो । सर्वोच्च अदालतले गत पुस १७ गते अरुण तेस्रो प्रवेश मार्गको मुआब्जा एक महिनाभित्र वितरण गर्न आदेश दिएको थियो । अदालतको आदेश अनुसार सरोकारवाला र सर्वदलीय बैठकबाट कार्यविधि मापदण्ड निर्माण गरेर छुट मुआब्जा वितरणका लागि निवेदन सङ्कलन भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी मो

    • प्रकाशित मितिः माघ १९, २०८१
    • 265 पटक पढिएको
  • उदिपुर पहिरो रोकथाम अन्तिम चरणमा

    लमजुङ । यहाँ उदिपुर देउरालीडाँडा पहिरो रोकथाम अन्तिम  चरणमा पुगेको छ । डुम्रे–बेँसीसहर सडक खण्डअन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका–१ उदिपुरमा पहिरो रोकथामका लागि निर्माण अझै २५ प्रतिशत बाँकी रहेको डुम्रे–बेँसीसीहर–चामे सडक योजना कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी नविन विष्टका अनुसार हालसम्म टेवा, पर्खाल, ग्याबिन जाली लगाइएको र मस्र्याङ्दी नदीमा ‘माइक्रो पाइल’ निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । यतिबेला पहिरो रोकथामका लागि मस्र्याङ्दी नदी किनारमा काम भइरहेको उहाँको भनाइ छ । ४५ मिटर उचाइ र ८० मिटर लम्बाइको ग्याबिन जाली लगाइएको छ । त्यस्तै, अब तीन सय मिटर सडक कालोपत्र र सडकमा

    • प्रकाशित मितिः माघ १९, २०८१
    • 377 पटक पढिएको
  • ताकमका युवा राधाकृष्ण नाच संरक्षणमा

    म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकमका युवामौलिक राधाकृष्ण नाच संरक्षणमा जुटेका छन् । ताकम धार्मिक नाट्य समूहले लोप हुन लागेको राधाकृष्ण नृत्यको कलालाई नयाँ पुस्तालाई हस्तान्तरण गरेका हुन् । राधाकृष्ण नाचका कलाकार गोपाल आचार्यले नयाँ पुस्तालाई यो नाचको कला र सिप हस्तान्तरण गरेर संरक्षणको प्रयास भएको बताए ।उनका अनुसार ताकममा मानव वस्तिरहेदेखिनै राधाकृष्ण नाच देखाउने चलन छ । कलाकारहरू वृद्ध भएका र केहीको निधन भएपछि राधाकृष्ण नाच संकटमा परेको थियो । ताकम र धवलागिरी गाउँपालिकाका साथै जिल्ला सदरमुकाम बेनीमा हुने सभा, सभारोह, मेला महोत्सवमा प्रर्दशन हुन थालेको छ । यो नाच म्याग्दीको

    • प्रकाशित मितिः माघ १९, २०८१
    • 307 पटक पढिएको
  • आजको मौसमः तराईं तथा उपत्यकाका केही स्थानमा हुस्सुको सम्भावना

     काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशका केही प्रदेशमा आंशिक बदलीको सम्भावना रहेको जनाएको छ । आज बिहान तराईका धेरै स्थानहरुमा हुस्सु र कुहिरो लागेको छ ।हाल कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली हुनेछ  छ । अन्य प्रदेशको मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्य प्रदेशहरू मधेश, बागमती, लुम्बिनीमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।आज बिहान देशका तराईं तथा उपत्यकाका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले

    • प्रकाशित मितिः माघ १९, २०८१
    • 342 पटक पढिएको
  • धनगढ़ीमा अत्याधुनिक बस पार्क बन्ने

    धनगढ़ी l कैलालीको धनगढीमा अत्याधुनिक बसपार्क निर्माण हुने भएको छ। नगर विकास कोषको ८० प्रतिशत र धनगढी उपमहानगरपालिकाको २० प्रतिशत गरेर झन्डै ८० करोडको लगानीमा अत्याधुनिक बसपार्क निर्माण गरिने भएको हो।नयाँ निर्माण हुने बसपार्कमा तीन सय गाडीहरू अट्ने छन्। बसपार्कमा लामो दुरी, छोटो दुरी, नगर बस, अटो लगाएतका सवारी राख्न मिलनेसमेत ठाउँ तयार हुने छ। दुई तलाको भवनमा प्रतिक्षालयहरू, नेपाल प्रहरी, स्तनपान कक्ष तथा सामाजिक सुरक्षाका लागि समेत ठाउँ राखिएको छ।धनगढी उपमहानगरपालिका–३ कालिकानगरदेखि पश्चिम क्षेत्रको खाली जग्गामा बसपार्क निर्माण गरिने जनाइएको छ। #Dhangadhi #kailali #buspark

    • प्रकाशित मितिः माघ १९, २०८१
    • 215 पटक पढिएको
  • शिखर इन्स्योरेन्सले सेयरधनीलाई लाभांश घोषणा गरेको छ

    ।.           काठमाण्डौl म्पनीको संचालक समिति बैठकले गत आर्थिक वर्षसम्मको वितरणयोग्य नाफाबाट १०.५२ प्रतिशत लाभांश घोषणा गरेको हो । जसमा १० प्रतिशत बोनस सेयर र ०.५२ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश रहेको छ ।कुल २७ करोड ९४ लाख रुपैयाँ बराबरको लाभांश प्रदान गरिने कम्पनीले जनाएको छ । यो लाभांश बीमा प्राधिकरण र आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपश्चात प्रदान हुनेछ ।

    • प्रकाशित मितिः माघ १९, २०८१
    • 148 पटक पढिएको
  • वर्तमान सरकारले राम्रो काम गरिरहेको छ – देउवा

     काठमाडौं, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले राम्रो काम गरिरहेको बताएका छन् ।  संसदको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै देउवाले सरकारले आगामी दिनमा पनि राम्रो काम गर्नेमा पूर्ण विश्वस्त रहेको बताए ।  उनले विगतमा राजनीतिक स्थायित्व नहुँदा आर्थिक नोक्सानीका कारण यो सरकार बनेको भन्दै नेकपा एमालेको कार्यन्वयनमा कांग्रेस दृढ रहेको बताए । देउवाले कांग्रेस सात बुँदे कार्यान्वयनमा दृढ रहेको बताए ।  यो सहमति कार्यान्वयन गरिनेछ।  उनले अन्य राजनीतिक दल (सत्ताधारी)बाट पनि निरन्तर सहयोग पाउनेमा आफू विश्वस्त रहेको बताए ।

    • प्रकाशित मितिः माघ १९, २०८१
    • 147 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.