समाचार

    Showing 15,121-15,130 of 25,845 items.
  • तराईका केही भागमा हुस्सु, अन्य स्थानको मौसम सफा रहने

    काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । साथै तराईका केही स्थानमा हुस्सु लागेको छ ।महाशाखाका अनुसार आज दिउँसो कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ ।त्यसैगरी, आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली हुनेछ भने बाँकी भागमा मौसम सफा रहनेछ ।शनिबार बिहान तराई भेगमा हुस्सु लाग्ने जनाउँदै महाशाखाले त्यसका प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाईउड्डयनमा

    • प्रकाशित मितिः माघ २५, २०८१
    • 233 पटक पढिएको
  • कार्यालय प्रमुख नहुँदा न काम भयो न कर्मचारीले तलब पाए

    लमजुङ । बेँसीसहर नगरपालिका वडा नंं ८ फुलबारी चोकस्थित जिल्ला मालपोत कार्यालयमा कार्यालय प्रमुख नहुँदा कर्मचारीले दुई महिनादेखि तलब पाएका छैनन् भने यहाँबाट प्रवाह हुने सेवा प्रभावित भएको छ । कार्यालय प्रमुख बिहिन हुँदा यस कार्यालयका कर्मचारीले पुस र माघ महिनाको तलब पाउन सेकेका छैनन् । गत मङ्सिरमा भीष्मकुमार मल्ल कार्यालय प्रमुख भएर आएका थिए । उनी गत पुस १४ गते सरूवा भएर गएपछि करिब एक महिनाअघि पोखराबाट रामचन्द्र अधिकारीलाई यस मालपोतमा प्रमुखका रूपमा तोकिए पनि उनी हालसम्म हाजिरी हुन आएका छैनन् ।कर्मचारीले तलब नपाउने मात्र होइन कार्यालय प्रमुख नहुँदा नामसारी, घरजग्गासम्बन्धी अन्य कामहरू एवं आ

    • प्रकाशित मितिः माघ २५, २०८१
    • 240 पटक पढिएको
  • एसियन हाइवे निर्माणले गति लिँदै

    बेलबारी(मोरङ) । सडक सञ्जालमार्फत एसियाली राष्ट्रहरूलाई जोड्ने मुख्य उद्देश्यका साथ अगाडि बढाइएको ‘एसियन हाइवे’ निर्माणले गति लिन थालेको छ । निर्माण सम्झौता भएको एक वर्षमा १२ प्रतिशत काम सकिएको छ । एसियन राजमार्ग नम्बर २ अन्तर्गत काँकरभिट्टाबाट लौकहीसम्मको एक सय २० किलोमिटर सडक स्तरोन्नति हुने भनिए पनि हाल ९५ दशमलव ७६ किमी सडक मात्र ठेक्का लागेर काम भइरहेको छ ।पूर्वी खण्ड र पश्चिम खण्ड गरी दुई भागमा विभाजन गरेर काम भइरहेको छ । काँकरभिट्टादेखि सीतापुरसम्मको ४५ किमी सडक दमकस्थित रहेको कार्यालयले र सीतापुरबाट इटहरी पश्चिम पचरूखीसम्मको सडक इटहरी कार्यालयले हेर्नेछ । दुवै कार्यालयका अनुसार यस एक वर्

    • प्रकाशित मितिः माघ २५, २०८१
    • 326 पटक पढिएको
  • आयोगले पूर्णता नपाउँदा काम सुरु हुन सकेन

    झापा । भूमि समस्या समाधान आयोग झापाले कार्यालय स्थापना गरे तापनि काम सुरु गर्न नसकेको जनाएको छ । जिल्ला समन्वय समिति चन्द्रगढीको माथिल्लो तलामा कार्यालय स्थापना गरिएको छ । पहिलाको आयोगले गरेको कामलाई नै निरन्तरता दिने आयोगका जिल्ला अध्यक्ष मदन अधिकारीले बताए ।विगत एक महिना अघि सरकारले आयोगका जिल्ला अध्यक्ष नियुक्ति गरे तापनि सदस्यहरुको नियुक्ति र कर्मचारी व्यवस्थापन हुन नसक्दा काम सुरुवात गर्न नसकेको उनले बताए । उनले भने ‘विगतमा राष्ट्रिय भूमि आयोगले जहाँ पुर्याएर काम रोकिएको छ त्यहीबाट निरन्तरता दिने हामीलाई सरकारको निर्देशन छ ।’उनले हाल भूमिहिन दलित, सुकुम्वासी र अव्यवस्थित बसोवासीहरुको

    • प्रकाशित मितिः माघ २४, २०८१
    • 226 पटक पढिएको
  • सुस्तायो स्याटेलाइट सिटीको योजना

    गण्डकी । गण्डकी प्रदेश सरकारले सुरु गरेको ‘स्याटेलाइट सिटी’को योजना स्पष्ट नीति र बजेट अभावमा सुस्ताएको छ । प्रदेशका छ स्थानीय तहमा ‘स्याटेलाइट सिटी’ बनाउने घोषणा गरेको वर्षौँ वितिसक्दा पनि पूर्वाधार निर्माणले गति लिन सकेको छैन । स्रोतसाधनको सीमितताका कारण उक्त योजना कार्यान्वयनमा चुनौती थपिएको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ । ‘घना बस्ती भएका ठूला सहरको नजिकमा अन्य नयाँ सहर विकास गर्ने अवधारणाअनुसार यो कार्यक्रम ल्याइएको हो’, मन्त्रालयको योजना अनुगमन, मूल्याङ्कन तथा अन्य पूर्वाधार महाशाखाका प्रमुख डा महेन्द्र बानियाँले भने, ‘तर, सोचेजस्तो ढङ्गले स्याटेलाइट

    • प्रकाशित मितिः माघ २४, २०८१
    • 211 पटक पढिएको
  • नेपालमा पहिलो पटक अभौतिक सांस्कृतिक सम्पदा सूचीकरण गरिँदै

    काठमाडौँ । सरकारले नेपालमा पहिलो पटक अभौतिक सांस्कृतिक सम्पदाको सूचिकरणका लागि आवश्यक प्रक्रिया अघि बढाएको छ । यसरी सूचिकरणको प्रक्रिया थालिएको यो पहिलो हो ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कार्यविधि नै जारी गरी ती सांस्कृतिक सम्पदाको सूचीकरणका लागि काम थालेको हो । अभौतिक सांस्कृतिक सम्पदासम्बन्धी ऐन नभएकाले ऐन निर्माण प्रक्रिया पनि थालिएको छ । मन्त्रालयका सांस्कृतिक महाशाखा प्रमुख डा सुरेश सुरज श्रेष्ठले पहिलो पटक सूचीकरणका लागि आवेदन आह्वान गरिसकेको जानकारी दिए । उनले यो युनेस्कोमा लैजानका लागि पहिलो प्रयास पनि भएको बताए । युनेस्कोको सन् २००३ को ‘कन्भेन्सन’अनुसार यस्ता सम्

    • प्रकाशित मितिः माघ २४, २०८१
    • 347 पटक पढिएको
  • भोजपुरमा ग्रेटर मुन्दुम पदमार्गको काम सुरु

    भोजपुर । भोजपुरमा ग्रेटर मुन्दुम पदमार्ग विस्तारको काम अघि बढेको छ । सुनसरीको कोशी टप्पु, उदयपुरको बेलका नगरपालिको मैनामैनी, भोजपुर हतुवागढीको माईबेनी हसनपुर हुँदै सेल्मे, तावाभञ्याङसम्म पदमार्ग जोड्ने लक्ष्यका साथ ‘ग्रेटर मुन्दुम ट्रेल’को काम सुरु भएको हो । यो ट्रेलको काम सुरु भएको भोजपुरको हतुवागढी, आमचोक र रामप्रसाद राई गाउँपालिकाको अन्तरपालिका बैठक बसेर थप योजना निर्माण गरिएको छ । तीन वटा नै स्थानीय तहका अध्यक्षको उपस्थिातिमा पदमार्ग उपभोक्ता र निर्माण समितिलाई अभिमुखिकरण कार्यक्रमसमेत गरिएको छ । परियोजनाका कर्मचारी तथा स्थानीय पालिकाका इञ्जिनीयरहरुले उपभोक्ता समितिलाई काम कसरी गुणस्त

    • प्रकाशित मितिः माघ २४, २०८१
    • 383 पटक पढिएको
  • अवैध उत्खनन् रोक्न मुख्यमन्त्री सिंह मध्यरातमै पुगे नदीमा, गरे छड्के अनुगमन

    जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले कमला खोलाबाट जथाभाबी नदीजन्य पदार्थ उत्खनन् गरी चोरीनिकासी भइरहेको धनुषाको गणेशमान चारनाथ नगरपालिका–७ स्थित पोर्ताहा क्षेत्रमा बुधबार मध्यरातमा अनुगमन गरेका छन् ।  नदीजन्य पदार्थको अवैध तथा अनाधिकृत दोहनले पारिस्थितिकीय प्रणाली र जैविक विविधतामा प्रतिकूल असर परिरहेको, मधेशको उर्वर भूमि मरुभूमिमा परिणत भइरहेको र सरकारलाई प्राप्त हुनुपर्ने राजस्व गुमिरहेको चिन्ताका बीच प्रदेश सरकार प्रमुख तहबाट त्यसविरुद्ध छड्के अनुगमन गर्न उनी त्यहाँ पुगेका हुन् । राष्ट्रिय वनक्षेत्र र सामुदायिक वन क्षेत्रमा रहेका खोलाबाट अवैध तथा अनुचित तवरमा

    • प्रकाशित मितिः माघ २४, २०८१
    • 375 पटक पढिएको
  • नेपालमा ‘इन्टरनेट एडिक्सन’को जोखिम, मानसिक समस्या बढ्दो

    काठमाडौं ।  इन्टरनेटको एडिक्सन र बुलिङको समस्या आगामी दिनमा विपदकै रुपमा आउन सक्ने भन्दै सरकोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।रोटरी क्लव अफ काठमाडौं र आइएसएसआरको सहकार्यमा आयोजित ‘सामाजिक सञ्जाल र यसका चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले यस्तो चिन्ता प्रकट गरेका हुन् ।सामाजिक सञ्जालको प्रयोगबाट भइरहेका विभिन्न किसिमका सामाजिक, मानसिक, आर्थिक, लगायत आपराधिक गतिविधिको अवस्था हेर्दा सामाजिक विपदकै रुपमा यो समस्या बढ्न सक्ने विज्ञहरुले बताए । कार्यक्रममा बोल्ने वक्ताहरुले मानसिक स्वास्थ्यमा साइबर बुलिङ र इन्टरनेट लतको प्रभावले कसरी प्रभाव पार्छ भन्ने विषयमा चर्चा गरे ।

    • प्रकाशित मितिः माघ २४, २०८१
    • 282 पटक पढिएको
  • विधयेकविरुद्ध अनलाइन टिभी पत्रकार संघले आन्दोलन गर्ने

    काठमाडौं । सरकारले राष्ट्रिय सभामा दर्ता गराएको सामाजिक सञ्जाल विधयेक २०८१ संशोधन गर्नुपर्ने माग गर्दै अनलाइन टिभी पत्रकार संघले आन्दोलनको घोषणा गरेको छ । सामाजिक सञ्जालमै मिडिया सञ्चालन गर्दै आएका अनलाइन टिभीकर्मीहरुको साझा संस्थाको रुपमा रहेको संघले सामान्य आग्रहबाट मात्रै सरकार र पार्टीहरुले नटेर्ने ठहर गर्दै आन्दोलन गर्ने निर्णय गरेको हो । संघका अध्यक्ष जीवन भण्डारीको अध्यक्षतामा बसेको संघका पदाधिकारी र प्रभावशाली अनलाइन टिभीकर्मीहरुको बैठकले विधयेकका धेरै विषयबस्तु संशोधन हुनैपर्ने निश्कर्ष निकालेको छ । अनलाइन टिभीका नाममा र सामाजिक सञ्जाल प्रयोगका क्रममा धेरै विकृती र अपरा

    • प्रकाशित मितिः माघ २४, २०८१
    • 326 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.