समाचार

    Showing 15,111-15,120 of 25,845 items.
  • कानुन व्यवसायी परिषद्को पार्षद्का लागि निर्वाचन हुँदै

    काठमाडौँ । कानुन व्यवसायीको अनुगमन र नियमन गर्ने संस्था नेपाल कानुन व्यवसायी परिषद्को पार्षद्का लागि शनिबार सातै प्रदेशमा निर्वाचन हुँदैछ ।परिषद्को ऐन, २०५० मा प्रत्येक प्रदेशमा कानुन व्यवसाय गर्ने वरिष्ठ तथा अधिवक्ताहरूको निर्वाचन मण्डलबाट एक जनाका दरले सात प्रदेशबाट प्रतिनिधित्व गर्ने पार्षद्हरूको चयन गर्नुपर्ने व्यवस्थाअनुसार शनिबार निर्वाचन हुन लागेको हो ।बागमती प्रदेशको मतदान शनिबारबिहान १० बजेदेखि अपहरान्न ४ बजेसम्म सर्वोच्च अदालत परिसरमा निर्वाचन हुनेछ । बागमती प्रदेशका पार्षद् डा चन्द्रकान्त ज्ञवालीका अनुसार मुलुकभर परिषद्को पार्षद् छनोटका लागि ११ हजार मतदाताले मतदान गर्न पाउने छन् ।&n

    • प्रकाशित मितिः माघ २६, २०८१
    • 274 पटक पढिएको
  • चार प्रदेशका हिमाली भागमा हल्का हिमपातको सम्भावना

    काठमाडौँ । पश्चिमी वायुको सामान्य प्रभावका कारण कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली भएको छ ।आज कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका अन्य भूभागमा भने मौसम सफा रहने छ । बिहानीपख तराईका भूभागहरूमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ । यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

    • प्रकाशित मितिः माघ २६, २०८१
    • 213 पटक पढिएको
  • तीस किलोको खुकुरी !

    रामपुर (पाल्पा) । एउटै खुकुरीको मूल्य रू एक लाख ११ हजारभन्दा पत्यार नलाग्न पनि सक्छ । यो सुन्दा आश्चर्य लाग्छ । सन्तोष विश्वकर्माले तीस किलो तौल भएको रू एक लाख एघार एक सय ११ मूल्य पर्ने खुकुरी तयार पारेका छन् ।उनले तयार पारेको खुकुरी रामपुरमा जारी चौथो रामपुर महोत्सव तथा व्यापार मेलामा प्रदर्शनीमा राखिएको छ । खुकुरी यतिबेला मेलाको मुख्य आकर्षण बनिरहेको छ । नेपालीको शानको रूपमा लिइने खुकुरीको महत्त्व जोगाइराख्न र नयाँ पुस्तालाई जानकारी दिन ३० किलो तौल भएको खुकुरी तयार पारेको बताए ।उनले तयार पारेको ३० किलो खुकुरी आठ फिट लम्बाइ छ भने दापसहित ४२ किलोको छ । तीन जना व्यक्तिको सहायता लिएर २० दिनमा खु

    • प्रकाशित मितिः माघ २६, २०८१
    • 291 पटक पढिएको
  • वनक्षेत्र नजिकका बस्तीमा जङ्गली हात्तीको उपद्रो

    महोत्तरी । महोत्तरीको उत्तरी भेगका वनक्षेत्र नजिकका बस्तीमा जङ्गली हात्तीले उपद्रो मच्चाएको छ । पूर्वपश्चिम राजमार्गक्षेत्र दायाँबायाँका वन नजिकका बस्तीमा पछिल्ला तीन दिनयता जङ्गली हात्तीको उपद्रो बढेको हो ।जिल्लाका गौशाला र बर्दिबास नगरपालिका क्षेत्रका बस्तीमा समूहमा पसेका जङ्गली हात्तीले उपद्रो मच्चाएका छन् । तीन वटाको समूहमा बस्ती पस्ने हात्तीले मध्यरातपछि उपद्रो मच्चाउने गरेको बर्दिबास–५ गणन्ताका ८५ वर्षीय धनबहादुर स्याङ्वा बताउँछन् । यसपालि पछिल्लो एक सातादेखि दिनभरि वनक्षेत्रमा लुकेर राति बस्ती पस्ने हात्तीले बर्दिबास नगरक्षेत्रभन्दा गौशालामा बढी क्षति गरेको छ ।बिहीबार रातीमात्र हात्तीले

    • प्रकाशित मितिः माघ २६, २०८१
    • 185 पटक पढिएको
  • बगरखेतीले फेरिँदै फाँटाका किसानको जीवनस्तर

    राजापुर (बर्दिया) । यहाँस्थित राजापुर र कैलालीको टीकापुर सीमामा पर्ने कर्णाली नदीका कारण बर्सेनि आसपासको खेतीयोग्य जमिन बगरमा परिणत हुँदै आएको छ । यसरी बगरमा परिणत भएको क्षेत्रमा अहिले पनि बालुवा नै बालुवा थुप्रिएका देखिन्छन् । धेरैजसो बगर उपयोगविहीन छ ।  राजापुरसँग जोडिएको कैलालीको टीकापुर–८ फाँटाका किसानहरूले भने त्यही बगरलाई पसिना सिञ्चित गरी जीविकोपार्जनका लागि उपयोग गरिरहेका छन् । ३ वर्षअघिसम्म मरुभूमि झैँ देखिने यो क्षेत्र अचेल यहाँका किसानका लागि आम्दानीको स्रोत बनेको छ । हिजो बालुवा नै बालुवा देखिने यो बगरमा अचेल मौसमअनुसार तरकारीखेती गरी किसानले आम्दानी गरिरहेका छन् । यो बगर

    • प्रकाशित मितिः माघ २५, २०८१
    • 324 पटक पढिएको
  • बेलायती राजकुमार पोखरामा, गोर्खा सैनिकमा भर्ती भएकाहरुसँग भेटघाट

    पोखरा । नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार एडवार्ड र राजकुमारी डचेस सोफी पोखरामा छन् । उनीहरुले गोर्खा सेनामार्फत बेलायत–नेपाल मित्रताको गहिरो सम्बन्ध रहेकोबारे चर्चा समेत गरे ।बेलायती सेनामा औपचारिक रुपमा सामेल भएका २७४ नेपाली युवाहरुको वार्षिक प्रमाणीकरणमा सहभागि भएका उनीहरुले गोर्खा सैनिकमा नेपालीहरुको सक्रियताको प्रसंशा गरेका थिए । त्यसक्रममा बेलायती सेनामा नयाँ भर्ना भएका केही युवाका परिवारका सदस्यहरूसँग भेटघाट पनि गरेका थिए । अत्यधिक प्रतिस्पर्धात्मक भर्ती प्रक्रिया पछि २७४ जना प्रशिक्षार्थी राइफलम्यानहरू बेलायती सेनामा सामेल हुनेछन् । गोर्खा सेनाको ब्रिगेड ब्यान्डको नेतृत्वमा परे

    • प्रकाशित मितिः माघ २५, २०८१
    • 226 पटक पढिएको
  • हिमपात नहुँदा सुक्न थाले हिउँदेबाली, किसान चिन्तित

    मुगु । माघ महिनाको तेस्रो साता बितिसक्दा पनि मुगुलगायत जुम्ला, डोल्पा, कालीकोट, हुम्ला जस्ता हिमाली जिल्लामा हिमपात नहुँदा कृषकले लगाएको हिउँदे अन्नबाली खेतमै सुक्न थालेको छ । जसका कारण भोकमरीको त्रास थपिएको छ । मुगुसहित हिमाली जिल्लाका कृषकहरुले लगाएको हिउँदे अन्नबाली जै, गहुँ, उवा, तरकारी स्याउका बिरुवा खडेरीका कारण केही किसानले बाली नउम्रने जग्गा खाली भएका छन् भने उमे्रको अन्नबाली खेतबारीमै सुक्न थालेको छ ।बिगतका बर्षहरुमा पुुस, माघ महिनामा धेरै हिउँपर्ने भएकाले खेतबारी ओसिलो भइरहने र अन्नबाली फस्टाउने गरेको थियो । तर यसबर्ष हिउँ नपर्दा खेतबारीमा लगाएको अन्नबालीसहित ,बनजङ्खल समेत सुख्ख

    • प्रकाशित मितिः माघ २५, २०८१
    • 256 पटक पढिएको
  • पुस्तकालयसहित सुविधा सम्पन्न सार्वजनिक शौचालय निर्माणका लागि विराट एक्स्पो

    सुन्दरहरैँचा । ‘हातहातमा मोबाइल, गाउँगाउँमा सामाजिक सञ्जाल’ सुन्दरहरैँचामा हिजोआज एउटै आवाज सुनिन्छ, सुन्दरहरैँचा विराट एक्स्पो–४ । माघ महिनाको शीतलहर तथा कठङ्याग्रिँदो चिसोको कुनै परवाह नगरी सामाजिक कार्य गर्ने हेतुले यहाँ महोत्सवको चर्चा छ । कोही ‘टिकटक’ तथा कोही ‘भिडियो’मा एक्स्पोको प्रचारप्रसार गर्न व्यस्त छन् । महोत्सवको एउटै उद्देश्य हो, नगरको पहिचान बढाउने, व्यापार व्यवसायको प्रवर्द्वन गरी सुविधासम्पन्न पुस्तकालयसहितको आधुनिक सार्वजनिक शौचालय निर्माण गर्नु । नगरका विभिन्न स्थानमा विदेशी मापदण्डको आधुनिक सुविधासम्पन्न पुस्तकालयसहितको सार्वजनिक शौचालय निर्माण सहयोगार्थ सुन्दरहरैँचा व

    • प्रकाशित मितिः माघ २५, २०८१
    • 309 पटक पढिएको
  • ‘पर्यटनका लागि कोशीले अन्य प्रदेशसँग मजाले प्रतिस्पर्धा गर्नसक्छ’

    कोशी प्रदेश सरकारले आगामी वर्ष २०८२ लाई पर्यटन वर्षको रुपमा मनाउने तयारी थालेको छ ।  ‘८२ का लागि ८२ गन्तव्य’ सूचि सार्वजनिक गर्दै कोशी सरकारले १० करोड रुपैंयाँ बजेट विनियोजन गरेर तयारी गरिरहेको छ । उत्कृष्ट पर्यटकीय गन्तब्यहरु रहेको कोशीका पहाडी जिल्लामा विश्वकै दुर्लभ प्राणी रेडपाण्डा पनि पाइन्छ । पर्यटन वर्ष र रेडपाण्डा संरक्षणका लागि भइरहेको कदमका विषयमा कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेसँग गरिएको कुराकानीः–२०८२ लाई पर्यटन वर्षको रुपमा मनाउने घोषणा गर्नुभएको छ । तयारी कसरी भइरहेको छ ? कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८१–८२ को नीति तथा कार्यक्रम र

    • प्रकाशित मितिः माघ २५, २०८१
    • 280 पटक पढिएको
  • खोङटाङ–चोलन्ती–खावा–पाँचधारे सडक कालोपत्र हुँदै

    भोजपुर । खोङटाङ–चोलन्ती–खावा–पाँचधारे सडक कालोपत्र थालिएको छ । मध्यपहाडी लोकमार्गको शून्यविन्दुबाट कालोपत्र थालिएको हो । यो सडकखण्डको करिब २५ किलोमिटरमध्ये पहिलो खण्डमा शून्यविन्दुबाट रु दुई करोड ६१ लाख ७१ हजार ६३१ लागतमा कालोपत्र थालिएको स्थानीय पूर्वाधार विकास आयोजना कार्यालयले जनाएको छ । ‘खोङटाङ–चोलन्ती–खावा–पाँचधारे सडकखण्डको शून्यविन्दुबाट कालोपत्रको काम थालेका छौँ’, टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले भने, ‘यो सडकको करिब २५ किलोमिटरमध्ये डेढ किलोमिटर कालोपत्र हुन्छ ।’यही सडकको दोस्रो खण्ड हुँगे गाउँ पुछारबाट पाँचधारेसम्म स्तरोन्नतिको काम पनि भइरहेको छ । यहाँ सडक डिभिजन

    • प्रकाशित मितिः माघ २५, २०८१
    • 275 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.