समाचार

    Showing 15,031-15,040 of 25,845 items.
  • पाथीभराको मौलिकता संरक्षण गर्न सरोकारवालाको माग

    काठमाडौँ । ताप्लेजुङको धार्मिक, सांस्कृतिकस्थल पाथीभराको मौलिकता संरक्षण गर्न सरोकारवालाले माग गरेका छन् ।युमा माङ मुक्कुम्लुङ पाथीभरा संरक्षण समन्वय समितिद्वारा  आज यहाँ आयोजित अन्तरक्रियामा त्यस क्षेत्रको भौतिक विकासका नाममा मौलिक, धार्मिक, सांस्कृतिक पहिचान मेटाउन लागिएकामा सरोकारवालाले आपत्ति जनाए । विश्वभरका सनातन धर्मावलम्बीको पवित्र तीर्थस्थल पाथीभरालाई निश्चित भूगोलको मात्र भनी प्रचार गर्न नहुने उनीहरुको भनाइ थियो ।पुजारी र स्थानीय मन्दिर क्षेत्र व्यवस्थापन समितिलाई चुप लाग्न बाध्य बनाइएको मुक्कुम्लुङ संरक्षण अभियन्ता चन्द्रहाङ किरातले बताए ।पाथीभराको प्रसङ्गले देशभरका धार्मिक, सा

    • प्रकाशित मितिः फागुन १, २०८१
    • 173 पटक पढिएको
  • देवघाटमा एक महिनासम्म सञ्चालित महामहोत्सव सम्पन्न

    दमौली (तनहुँ) । जिल्लाको प्रसिद्ध देवघाटधाममा एक महिनासम्म सञ्चालित महामहोत्सव बुधबार सम्पन्न भएको छ । माघे सङ्क्रान्तिको अवसर पारेर सञ्चालन भएको महामहोत्सव सकिएको हो ।विश्व जागरण महाअभियान ट्रष्ट चितवनको आयोजनामा भएको महामहोत्सवको देवघाटस्थित गलेश्वर आश्रमका पिठाधिश महामण्डलेश्वर १००८ स्वामी आत्मानन्द गिरीजी महाराजले समापन गरे । उनले देवघाट क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनका लागि महामहोत्सव सफल भएको बताए ।देवघाट मुलुकको महत्वपूर्ण धार्मिक तीर्थस्थल भएकाले यहाँ यज्ञयज्ञादी पर्व आयोजना भइराख्नुपर्नेमा स्वामी आत्मानन्दले जोड दिए ।विश्व जागरण महाअभियान ट्रष्टका संरक्षक भागवत् कथा वाचक इश्वरकृष

    • प्रकाशित मितिः फागुन १, २०८१
    • 169 पटक पढिएको
  • आन्तरिक पर्यटकको रोजाइमा तेह्रकुनेपोखरी

    फिक्कल (इलाम) । दक्षिणी इलामको माई नगरपालिका–१ र ९ को सङ्गमस्थलमा पर्ने तेह्रकुनेपोखरी पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा परेको छ । यहाँ घुम्न, तस्बिर खिच्न, भिडियो छायाङ्कन गर्न र वनभोज खान आउनेको हरेक सप्ताहान्तमा भीड लाग्ने गरेको छ । स्थानीयवासीको सक्रियतामा भएको पूर्वाधार विकाससँगै डुङ्गासमेत सञ्चालनमा आएपछि आन्तरिक पर्यटकको आकर्षण बढेको हो । जैविक विविधता, प्राकृतिक सौन्दर्य र सुगम भएकाले आन्तरिक पर्यटकका लागि उत्कृष्ट गन्तव्य बनेको स्थानीय सुवर्ण राईले बताए । ‘शनिबार र सार्वजनिक बिदाको दिन पोखरीमा आउने पर्यटकको भीडभाड हुने गर्दछ’, उनले भने ।पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले माई न

    • प्रकाशित मितिः फागुन १, २०८१
    • 212 पटक पढिएको
  • आजको मौसमः देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम

    काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका मध्य र पूर्वी तराईका केही भागमा हुस्सु लागेको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । साथै,  कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।त्यसैगरी, आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । आगामी २४ घण्टामा कोशी र गण्डकी प

    • प्रकाशित मितिः फागुन १, २०८१
    • 213 पटक पढिएको
  • आज विश्व रेडियो दिवस

    काठमाडौँ । आज विश्व रेडियो दिवस विश्वभर विविध चेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को) को आह्वानमा द्रुत गतिमा परिवर्तनशील विश्वमा जलवायु परिवर्तनका कारण उत्पन्न समस्या र अनुकूलनबारे सचेतना फैलाउने रेडियो कार्यक्रम प्रसारण गरेर आज यो दिवस मनाइँदै छ । सन् २०११ मा युनेस्काका सदस्य राष्ट्रले फेब्रुअरी १३ लाई अन्तरराष्ट्रिय रेडियो दिवसका रूपमा मनाउन प्रस्ताव गरे पनि राष्ट्रसङ्घीय महासभाले त्यसलाई २०१२ मा अनुमोदन गरेपछि यो दिवस मनाउन प्रारम्भ भएको हो ।  लोकतान्त्रिक बहसका निम्ति शक्तिशाली माध्यम मानिने रेडिय

    • प्रकाशित मितिः फागुन १, २०८१
    • 392 पटक पढिएको
  • छोरीको शव ल्याउन भौँतारिरहेकी ७० वर्षीया आमा

    मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–४ की ७० वर्षीया धनमाया सार्कीको आँखा विगत १० महिनादेखि ओभानो भएको छैन । रोजगारीका लागि मलेसिया गएकी छोरीको हत्या भएको खबर सुनेदेखि धनमायाको आँखाबाट आँसु रोकिएको छैन । गत वैशाख २६ गते मातातीर्थ औँसीको दिन आमाको मुख हेर्ने भन्दै मलेसियाबाट छोरी तिलमाया सार्कीले गरेको फोन नै अन्तिम फोन थियो । त्यसको एक हप्तापछि अर्को फोन आयो र थाहा भयो २५ वर्षीया छोरी तिलमायाको हत्या भयो भनेर । त्यसयता उनी बेचैन छिन् ।श्रीमान्सँग सम्बन्धविच्छेदपछि छ वर्षीया छोरी आमाको जिम्मा लगाएर मलेसिया उडेकी तिलमायाको हत्या भएको १० महिना बितिसकेको

    • प्रकाशित मितिः फागुन १, २०८१
    • 197 पटक पढिएको
  • सस्तो मूल्यमा लम्पी स्किनविरुद्धको खोप उपलब्ध गराउन बायोटेक तयार

    हैदराबाद (भारत) । भारत बायोटेकका कार्यकारी अध्यक्ष डा कृष्णा एल्लाले नेपाली किसानलाई सस्तो मूल्यमा लम्पी स्किन रोगविरुद्धको खोप उपलब्ध गराउने बताएका छन् । हैदराबादस्थित जेनोम उपत्यकामा रहेको कम्पनीको कार्यालयमा नेपाली सञ्चारकर्मीसँगको अन्तरक्रियामा उनले आफूहरूले उत्पादन गरेको खोप ‘बायोभेट’ले स्वीकृत पाइसकेको र नेपाललगायत देशका किसानलाई सस्तो मूल्यमा उपलब्ध गराउने बताए ।‘भारत बायोटेक समूहको कम्पनी बायोभेटले उत्पादन गरेको लम्पी स्किन रोगविरुद्धको खोप बजारमा ल्याउनका लागि भारतको राष्ट्रिय औषधि नियामक निकायबाट स्वीकृति प्राप्त गरिसकेको छ । उक्त खोपको प्रयोगबाट ठूलो सङ्ख्यामा गाईभैँसी बचाउन सहयोग प

    • प्रकाशित मितिः फागुन १, २०८१
    • 256 पटक पढिएको
  • नगर गान तयार गर्दै बर्दघाट

    नवलपरासी । पश्चिम नवलपरासीमा रहेको बर्दघाट नगरपालिकाले आफ्नो छुट्टै नगर गान बनाउने काम सुरु गरेको छ ।  आफ्नो पहिचान झल्कने गरी नगर गान निर्माण गर्ने कार्य अघि बढाइएको नगरप्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिए । उनले नगरको भौगोलिक अवस्था, सामाजिक र सांस्कृतिक पहिचान हुने गरी नगर गान निर्माण गर्न थालिएको बताए । नगर गानको सिफारिसका लागि नगरले बर्दघाट प्रज्ञा प्रतिष्ठानलाई जिम्मा दिएको छ । प्रतिष्ठानले नगर गानको मूल्याङ्कन र सिफारिसका लागि पाँच सदस्यीय समिति गठन गरेको छ । प्रतिष्ठानका कुलपति डा घनश्याम न्यौपाने संयोजक रहेको समितिमा प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनाल, प्रतिष्ठानका सदस्य स

    • प्रकाशित मितिः फागुन १, २०८१
    • 180 पटक पढिएको
  • एक घर एक धाराका लागि तीन लाख लिटरको ट्याङ्की

    धुलिखेल । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बुडोलका नागरिकलाई ‘एक घर एक धारा’ अभियानअन्तर्गत खानेपानी वितरणका लागि तीन लाख क्षमताको खानेपानी ट्याङ्की निर्माण गरिने भएको छ । एकीकृत खानेपानी आयोजनामार्फत एक घर एक धारा वितरणका लागि डाँडागाउँ खानेपानी ट्याङ्की निर्माण तथा पाइपलाइन विस्तार योजना निर्माणकार्य बुधबारदेखि सुरु भएको छ । निर्माणकार्य शुभारम्भ गर्दै नगर प्रमुख शान्ति रख्त शाक्यले सबै नागरिकको घरमा खानेपानी पु¥याउने नगरको योजना रहेको बताए । यसअघि काभ्रे उपत्यका एकीकृत खानेपानीअन्तर्गत पानी आपूर्ति गर्दै आएकामा गत असोज १२ गते गएको बाढीले क्षति पुगेपछि नगरपालिकामा फेरि खानेपानीको

    • प्रकाशित मितिः फागुन १, २०८१
    • 203 पटक पढिएको
  • मन्त्रिपरिषद् निर्णयः बीस लाख अमेरिकी डलर अनुदान स्वीकार

    काठमाडौँ । सरकारले एसियाली विकास बैंकको ‘एसिया प्यासिफिक डिजास्टर रेस्पोन्स फन्ट’ बाट ‘आकस्मिक बाढीपहिरो उद्धार योजना–२०२४’ का लागि प्राप्त हुने २० लाख अमेरिकी डलर (करिब रू २७ करोड ७३ लाख) अनुदान सहायता स्वीकार गर्ने भएको छ । यही माघ २८ गते बसेको मन्त्रिपरिषद्ले गरेका निर्णयबारे जानकारी दिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरूङले छ सय ७० मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि आयोजनाको वित्तीय व्यवस्थासम्बन्धी पूर्वतयारी अगाडि बढाउन सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय भएको बताए ।मन्त्री गुरूङले

    • प्रकाशित मितिः माघ ३०, २०८१
    • 215 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.