समाचार

    Showing 15,001-15,010 of 25,843 items.
  • लेवनानमा शान्ति सेनामाथि आक्रमण, उपरथी ढकाल घाइते

    काठमाडौँ । युनिफिल लेवनानमा शान्ति सेनामाथि आक्रमण भएको छ । लेवनानको राजधानी बेरुतमा शान्ति सेनाका डेपुटी फोर्स कमाण्डर नेपाली सेनाका उपरथी चोकबहादुर ढकाललगायत सुरक्षाकर्मी सवार सवारी साधनमा उत्तेजित भीडले आक्रमण गरेको हो । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार घाइते हुनुभएका उपरथी ढकाललाई ‘यूएन लेभल–३’ अस्पतालमा पु¥याइएको थियो । अस्पतालले उहाँको स्वास्थ्य जोखिममुक्त रहेको जनाएको छ । उपरथी ढकाल कार्यकाल पूरा गरी स्वदेश फर्कने क्रममा थिए ।घटनाका सम्बन्धमा युनिफिल मिसन मुख्यालयले प्रेस विज्ञप्ति जारी गर्दै दक्षिणी लेवनानमा सुरक्षा र स्थिरता स्थापना गर्न सेवा गरिरहेका शान्ति

    • प्रकाशित मितिः फागुन ३, २०८१
    • 279 पटक पढिएको
  • गोलबजार नगरपालिकाका हाकिमले गोलबजार छाडे

    सिरहा । गोलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरी गाली गलौज र हुलहुज्जतको शिकार भएका छन् ।फागुन १ गते बिहीबार राति ९ बजे मदिरा सेवन गरेर अधिकृत पुरीको डेरामा पुगेका नगरपालिकाका कै केही कर्मचारी तथा एमालेका कार्यकर्ताहरुले उनलाई गाली गलौज गर्दै हुलहुज्जत गरेका थिए ।ज्यान मार्ने धम्की समेत दिइएपछि शुक्रबार बिहानै अधिकृत पुरीले गोलबजार छाडेका छन् । उनी संघीय मामिला मन्त्रालय काठमाडौ पुगेका छन् ।प्रमुख प्रशासकीय अधिकृत पुरीमाथि हुलहुज्जत भएको थाहा पाएर लेखा अधिकृत गणेश भण्डारीले पनि नगरपालिका छाडेका छन् । प्राप्त जानकारी दिए अनुसार लेखा अधिकृत भण्डारी गुनासो लिएर अख्तियार दुरुपयोग अन

    • प्रकाशित मितिः फागुन ३, २०८१
    • 349 पटक पढिएको
  • भरतपुर लगातार तीन वर्ष उत्कृष्ट

    चितवन । कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगरपालिका उत्कृष्ट पालिका भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको नतिजामा देशभरिका अन्य छ महानगरपालिकालाई उछिन्दै भरतपुर उत्कृष्ट भएको हो । यो आर्थिक वर्षसहित भरतपुर महानगर लगातार तीन वर्षसम्म उत्कृष्ट भएको छ । महानगरका उपनिर्देशक जगन्नाथ अर्यालका अनुसार आगामी आर्थिक वर्ष २०८२–०८३ मा सङ्घीय सरकारबाट स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदान (कार्यसम्पादनमा आधारित) अनुदान वृद्धि भएर जानेछ ।आयोगले विभिन्न १७ वटा सूचकको आधारमा मूल्याङ्कन गर्दा महानगरपालिका अगाडि आएको हो । ती सूचकहरूमध्ये पालिकाले गरेको खर्च, बेर

    • प्रकाशित मितिः फागुन ३, २०८१
    • 200 पटक पढिएको
  • पर्सामा बाघको निगरानी गर्न क्यामेरा ‘ट्रयापिङ’

    वीरगञ्ज (पर्सा) । पर्सा जिल्लाको साझेदारी वनमा बाघको निगरानी गर्न अत्याधुनिक क्यामेरा ट्रयापिङ गरिएको छ । जिल्लाको साझेदारी वनबाट बस्तीमा बाघको गतिविधि बढेसँगै बाघको गतिविधि नियाल्नका लागि क्यामेरा ट्रयापिङ गर्न लागिएको हो । डिभिजन वन कार्यालय पर्साका डिभिजन वन अधिकृत मञ्जुर अहमदले पर्सा जिल्लाको साझेदारी वनमा बाघको गणना गर्नका लागि विभिन्न १२ स्थानमा क्यामेरा ट्रयापिङ गर्न थालेको जानकारी दिए । ‘माघ २९ गतेदेखि पर्साको विभिन्न साझेदारी वनमा पनि बाघको गणनाका लागि क्यामेरा ट्रयापिङ सुरूआत गरेका छौँ । यसले सामुदायिक वनमा बाघ, चितुवालगायतका जङ्गली जनावरको गतिविधि अध्ययन र अनुसन्धानका लागि उपयो

    • प्रकाशित मितिः फागुन ३, २०८१
    • 234 पटक पढिएको
  • विकासले उज्यालिँदै गरेका गाउँ बसाइँसराइले अँध्यारा बन्दै

    गलेश्वर (म्याग्दी) । सडक, सञ्चार, शिक्षा र स्वास्थ्यको पहुँचसँगै विकासले उज्यालिँदै गरेका गाउँ बसाइँसराइले अँध्यारा बन्दै गएका छन् । सङ्घीयता कार्यान्वयनमा आएसँगै स्थानीयतह सबल हुँदा विकासका कार्यक्रम गाउँ केन्द्रित भए पनि गाउँ रित्तिँदै गएको हो । वर्षौंदेखि ओझेलमा परेका गाउँबस्तीमा विकास पुगेको छ । घरआँगनमै गाडी गुड्ने सडक छन् । नजिकै विद्यालय छ । वडा कार्यालयसँगै स्वास्थ्यचौकी, घरघरमा झलमल्ल बिजुली, घाँस पराल बोकेर घरगोठमा पुग्ने ट्र्याक्टर, मोटरसाइकल सबैको सुविधा गाउँमा भए पनि गाउँ छोड्दै सहर झर्ने र मधेस पस्नेहरूको सङ्ख्या बर्सेनि बढ्दै गएको छ ।‘गाउँ गाउँजस्तो छैन सहर सहरजस्तो छै

    • प्रकाशित मितिः फागुन ३, २०८१
    • 343 पटक पढिएको
  • धनुषाधामको एतिहासिक धनुष मन्दिरलाई ट्रस्टमा लैजाने प्रक्रिया अघि बढ्दै

    धनुषा । धनुषाको ऐतिहासिक तथा धार्मिक स्थल धनुष मन्दिरलाई ट्रस्टमा लैजाने प्रक्रिया अघि बढाउन धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डलले निर्देशन दिएका छन् ।मकर मेला समितिले आयोजना गरेको धनुष मन्दिर व्यवस्थापन सम्बन्धी विशेष भेलामा बोल्दै मेयर मण्डलले वडा नम्बर १ देखि ५ सम्मका वडा अध्यक्षहरूलाई सो प्रक्रिया अघि बढाउन आग्रह गरेका हुन् । समुदायबाट मन्दिरको व्यवस्थापन ट्रस्टमार्फत गर्नुपर्ने माग उठेपछि मेयर मण्डलले आफू समुदायको इच्छाअनुसार काम गर्न प्रतिबद्ध रहेको बताए । साथै, मन्दिरका पूजारी भरत बाबाको व्यवस्थापन, मन्दिर परिसरको सुरक्षा र सरसफाइलाई समेत प्राथमिकतामा राखिने उनले स्पष्ट पारे।धनुष म

    • प्रकाशित मितिः फागुन ३, २०८१
    • 365 पटक पढिएको
  • लुम्बिनीमा प्रवज्या र अन्तरराष्ट्रिय त्रिपिटक पाठ हुँदै

    लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीमा प्रत्येक वर्ष हुने कुलपुत्र प्रवज्या (अल्पकालीन भिक्षु) कार्यक्रम र चौथौ लुम्बिनी अन्तरराष्ट्रिय त्रिपिटक पाठ समारोह यही फागुन १४ गतेदेखि हुने भएको छ । अखिल नेपाल भिक्षु महासङ्घ, थाई भिक्षु महासङ्घ र लुम्बिनी विकास कोषको संयुक्त आयोजनामा यही फागनु १४ गतेदेखि चैत ३ गतेसम्म पाँच सय जनाको बृहत् श्रामणेर कुलपुत्र प्रवज्या (अल्पकालीन भिक्षु) हुने जनाइएको छ । यसैगरी अखिल नेपाल भिक्षु महासङ्घको आयोजनामा यही फागुन २० देखि २५ गतेसम्म चौथो लुम्बिनी अन्तरराष्ट्रिय त्रिपिटक पाठ समारोह हुनेछ । त्रिपिटक वाचन समारोहमा महास्थविर, भिक्षु भिक्षुणी, उपासक–उपासिकासहित

    • प्रकाशित मितिः फागुन ३, २०८१
    • 244 पटक पढिएको
  • आजको मौसमः यी पाँच प्रदेशका हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना

    काठमाडौँ । आज कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहे पनि बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।आज तराईका केही भू–भागहरूमा हुस्सुरकुहिरो लाग्ने हुनाले यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट पर्न सक्ने असरबाट सुरक्षित रहन आवश्यक पर्ने उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको

    • प्रकाशित मितिः फागुन ३, २०८१
    • 149 पटक पढिएको
  • काठमाडौँ यी स्थानमा आज बिजुली काटिने

    काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आज बिजुली काटिने जनाएको छ । वितरण प्रणाली भूमिगत गर्ने प्रयोजनका लागि आज महाराजगञ्ज वितरण केन्द्रको गोङ्गबु फिडर अन्तर्गत पर्ने स्थानहरुमा बिजुली काटिने छ ।प्राधिकरणले सार्वजनिक गरेको सूचनाअनुसार वसुन्धरा, गोङ्गबु टाउन प्लानिङ, सामाखुसी, रानीबारी क्षेत्रमा बिहान ११ बजेदेखि अपराह्न १५ बजेसम्म बिजुली प्रवाह रोकिनेछ । सो फिडर अन्तर्गत वितरित विभिन्न स्थानलगायतका क्षेत्रका ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ । तोकिएको कार्य निर्धारित समय अगावै सम्पन्न गर्न प्राधिकरण क्रियाशिलसमेत रहने सूचनामा उल्लेख छ ।

    • प्रकाशित मितिः फागुन ३, २०८१
    • 217 पटक पढिएको
  • यस्तो छ विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ६२ पैसा र बिक्रीदर १३९ रूपैयाँ २२ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिदर १४५ रूपैयाँ ०७ पैसा र बिक्रीदर १४५ रूपैयाँ ७० पैसा निर्धारण गरिएको छ । यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७४ रूपैयाँ ४० पैसा र बिक्रीदर १७५ रूपैयाँ १५ पैसा कायम गरिएको छ । स्विस फ्र्याङ्क एकको खरिददर १५३ रूपैयाँ ६७ पैसा र बिक्रीदर १५४ रूपैयाँ ३४ पैसा तय गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ८२ पैसा र बिक्रीदर ८८ रूपैयाँ २० पैसा, क्याने

    • प्रकाशित मितिः फागुन ३, २०८१
    • 216 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.