समाचार

    Showing 14,961-14,970 of 25,843 items.
  • कोशी एक्सिलेन्स अवार्ड २०८१ को तयारी पुरा

    इटहरी ।  कोशी एक्सिलेन्स अवार्डको तयारी पूरा भएको छ । नयन एड्भरटाइजिङ मिडिया प्रालिद्दारा सञ्चालित डिजिटल पत्रिका प्रदेश खबरले आफ्नो स्थापनाको तीन वर्ष प्रवेश गर्न लागेको अवसर पारेर कोशी एक्सिलेन्स अवार्ड कार्यक्रमको आयोजना गर्न लागेको हो ।भोलि बुधवार इटहरीको सोल्टी वेस्टेन्ड होटेलमा दिउँसो ३ बजे कार्यक्रम आयोजना गर्ने गरी तयारी पूरा भएको जानकारी दिइएको हो ।कम्पनीका अध्यक्ष पवन अधिकारीका अनुसार कार्यक्रममा विभिन्न विधाका १३ जनालाई अवार्ड प्रदान गरिनेछ । जसअनुसार कृषि, बैङ्किङ, कर्पोरेट, शिक्षा, स्वास्थ्य, साहित्य, पत्रकारिता, खेलकुद, पर्यटन, युवा उद्यम, सामाजिक सेवा, सूचना तथा प्रविधि र स

    • प्रकाशित मितिः फागुन ६, २०८१
    • 210 पटक पढिएको
  • ओडिशा घटनालाई लिएर भारतीय दूतावासद्वारा गहिरो दुःख व्यक्त

    झापा  । ओडिशाको भुवनेश्वरमा स्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (KIIT) मा एक नेपाली विद्यार्थीको दुःखद मृत्यु भएको खबरप्रति काठमाडौँस्थित भारतीय दूतावास गहिरो दुःख व्यक्त गरेको छ ।काठमाडौँस्थित भारतीय दूतावासले एक विज्ञप्ति जारी गर्दै यस कठिन घडीमा यस दूतावास मृतकको परिवारप्रति हार्दिक समवेदना प्रकट गर्द्छु भनेको छ।दूतावास KIIT का अधिकारीहरूका साथै ओडिशा राज्य सरकारसँग सम्पर्कमा रहेको र स्थानीय अधिकारीहरूले यस दुर्भाग्यपूर्ण घटनाको अनुसन्धान सुरु गरेको दूतावासलाई जानकारी गराइएको जारी गरेको प्रेसl विज्ञप्तिमा उल्लेख छ।KIIT ले नेपाली विद्यार्थीहरूलाई क्याम्पसमा फर्कन, आफ्नो

    • प्रकाशित मितिः फागुन ६, २०८१
    • 310 पटक पढिएको
  • आजको मौसमः सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली

    काठमाडौँ । हाल देशको पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम र  कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा आज बिहान जारी मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । साथै बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ भने तराईका भू–भागका केही स्थानहरूमा हुस्सु÷कुहिरो लागेको छ । बुलेटिनमा आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने उल्लेखछ ।  उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई  स्थानमा हल्का

    • प्रकाशित मितिः फागुन ६, २०८१
    • 196 पटक पढिएको
  • देवघाट महा–महोत्सवमा २७ करोडभन्दा बढी सङ्कलन

    चितवन । देवघाटधाममा माघ महिनाभर सञ्चालन गरिएको देवघाट महा–महोत्सव २०८१ मा रु २७ करोड ४५ लाख ५७ हजार नौ सय ८० सङ्कलन भएको छ । आयोजक विश्वजागरण महाअभियान ट्रष्टले आज देवघाटमा गरेको पत्रकार सम्मेलनमा आयव्यय सार्वजनिक गर्दै महा–महोत्सवमा देशका विभिन्न जिल्लाबाट र विदेशबाट आएका भक्तजनबाट सो रकम सङ्कलन भएको जानकारी दिएको हो । यसबाहेक भक्तजनबाट बोलकबोल रु ८० लाख सङ्कलन हुन बाँकी छ । महा–महोत्सवका संयोजक डा केशवराज भुर्तेलका अनुसार देश विदेशबाट यहाँ आएका करिब ३० लाख भक्तजनबाट सो रकम सङ्कलन गरिएको हो । उनले महोत्सव सम्पन्न गर्न रु तीन करोड ४८ लाख ४८ हजार एक सय सात खर्च भएको पनि जानकारी दिए ।म

    • प्रकाशित मितिः फागुन ६, २०८१
    • 373 पटक पढिएको
  • सडक दुर्घटनाः छ महिनामा एक हजार दुई सय ३३ जनाको निधन

    काठमाडौँ ।  चालु आर्थिक वर्षको छ महिनामा सडक दुर्घटनामा परेर एक हजार दुई सय ३३ जनाको निधन भएको छ । लापराहीपूर्वक सवारीसाधन चलाएको तथा ट्राफिक नियमको पूर्ण परिपालनामा ध्यान नदिएका कारण दुर्घटनामा ज्यान जानेको सङ्ख्या गत आवको सोही अवधिको तुलनामा वृद्धि भएको हो । गृह मन्त्रालयका अनुसार विसं २०८० को पुस मसान्तसम्म देशभर १२ हजार आठ सय ५६ सडक दुर्घटनामा एक हजार एक सय ४९ जनाको ज्यान गएको थियो । यस वर्षको पुस मसान्तसम्म ११ हजार तीन सय ३८ सडक दुर्घटना हुँदा एक हजार दुई सय ३३ जनाको ज्यान गएको छ ।गत वर्षको छ महिनाको तुलनामा यस वर्षको छ महिनामा सडक दुर्घटनाको सङ्ख्या घटे पनि मृत्यु हुनेको सङ्ख्य

    • प्रकाशित मितिः फागुन ६, २०८१
    • 371 पटक पढिएको
  • वैदेशिक रोजगारमा ठगिएकाको उद्धारमा सक्रिय बन्दै आप्रवासी स्रोत केन्द्र

    ढोरपाटन (बागलुङ) । आप्रवासी स्रोत केन्द्र बागलुङले वैदेशिक रोजगारमा गएर समस्यामा परेका सात जनाको उद्धार गरेको छ । चालु आर्थिक वर्षको सात महिनामा ११ को उद्धारका लागि उजुरी परेकामा हालसम्म सात जनाको उद्धार भएको हो । खासगरी साउदी, दुबई, कतार, कुवेतलगायत गाडी मुलकमा पुगेर समस्यामा परेकाहरूको उद्धार गरिएको आप्रवासी स्रोत केन्द्र बागलुङकी सूचना अधिकारी तथा परामर्शकर्ता गङ्गा शर्मा रिजालले जानकारी दिइन् । वैदेशिक रोजगारमा गएका कामदारले समयमा तलब नपाउने, बिदामा नेपाल फर्किन नपाउनेलगायत समस्यालाई विभिन्न निकायसँग सहकार्य गरी उद्धार गरिएको उनको भनाइ छ ।रिजालका अनुसार ठगी, मृत्युलगायत ९० उजुरी परेका

    • प्रकाशित मितिः फागुन ६, २०८१
    • 228 पटक पढिएको
  • मुस्ताङको कैह्योलोङ गुफा ओझेलमा

    म्याग्दी । मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्थित कैह्योलोङ गुफा ओझेलमा परेको छ । जोमसोमको प्रवेशद्वारमा रहेको स्याङ खोलाको किनारमा पर्ने कैह्योलोङ गुफा पूर्वाधार र प्रचारप्रसारको अभावमा सुनसान बनेको हो । स्याङखोलाको पुल भएर वार्षिक तीन लाखभन्दा बढी पर्यटक आवतजावत गर्ने मुस्ताङको कैह्योलोङ गुफा पुग्नेको सङ्ख्या नगन्यमात्रामा रहेको स्याङका बासिन्दा देवेन्द्र थकालीले बताए । ‘जोमसोमको प्रवेशद्वारमा भए पनि कैह्योलोङ गुफाको महत्व र विशेषताका बारेमा प्रचारप्रसारका साथै यहाँसम्म पुग्ने व्यवस्थित पदमार्ग नहुँदा ओझेलमा परेको हो’, उनले भने, ‘कैह्योलोङ गुफासम्म पुग्ने व्यवस्थित पदमार्ग र पर्यटन प्रवर्द

    • प्रकाशित मितिः फागुन ६, २०८१
    • 199 पटक पढिएको
  • हलेसी बजारका आगलागीपीडितका लागि रु ११ लाख बढी राहत सङ्कलन

    खोटाङ । विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसी बजारका आगलागीपीडितका लागि एकैदिनमा रु ११ लाख पाँच हजार राहत रकम सङ्कलन भएको छ । हलेसी तुवाचुङ नगरपालिकाका जनप्रतिनिधि, नगरपालिकामा कार्यरत स्थायी निजामती कर्मचारी, करारका कर्मचारी र शिक्षकबाट रु १० लाख तथा उद्योग वाणिज्य सङ्घ हलेसी शाखाले रु ५० हजार, खोटाङ प्राकृतिक विपद् व्यवस्थापन कोषले रु ४० हजार र सुदेवी कन्स्ट्रक्सन प्रालि हलेसीले रु १५ हजार सहयोग उपलब्ध गराएको हो । आगलागीपीडितका लागि जनप्रतिनिधि र स्थायी निजामती कर्मचारीको दुई÷दुई दिन तथा शिक्षक र करारका कर्मचारीको एक÷एक दिनको सेवासुविधा उपलब्ध गराएका हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता एवं

    • प्रकाशित मितिः फागुन ६, २०८१
    • 219 पटक पढिएको
  • जिम्मेवार पत्रकारिताका लागि राससको भूमिका माथि चर्चा

    भद्रपुर । जिम्मेवार पत्रकारिताको सन्दर्भमा राष्ट्रिय समाचार समिति (रासस) अगाडि रहेको कार्यक्रमका सहभागीले बताएका छन् ।राससको ६४ औं वार्षिकोत्सवको अवसरमा  झापाको भद्रपुरमा आयोजित ‘जिम्मेवार पत्रकारिता र राससको भूमिका’ विषयमा झापाली पत्रकारहरु बीचको अन्तरक्रिया कार्यक्रममा सहभागी पत्रकारहरुले जिम्मेवार पत्रकारिताको सवालमा राससको भूमिका महत्वपूर्ण  रहेको बताए।कार्यक्रमका प्रमुख अतिथि प्रेस काउन्सिल नेपाल सदस्य गणेश पोखरेलले नेपाली मिडियाका लागि रासस अनिवार्य र अपरिहार्य रहेको बताए । उनले नेपालका साना–ठूला सबै मिडियाले ५० प्रतिशत भन्दा बढी समाचार राससकै प्रयोग गर्ने गरेको बताए ।राससका सम

    • प्रकाशित मितिः फागुन ६, २०८१
    • 290 पटक पढिएको
  • गिरिबन्धु टी इस्टेटको जग्गाका विषयमा सरकारका नाममा कारण देखाउ आदेश

    काठमाडौँ । सर्वोच्च अदालतले गिरिबन्धु टी इस्टेटको जग्गासम्बन्धी मुद्दाको फैसला कार्यान्वयन नगरेको उल्लेख गर्दै दर्ता भएको अवहेलना निवेदनमा सरकारका नाममा कारण देखाउ आदेश गरेको छ ।न्यायाधीशहरू सारङ्गा सुवेदी र नित्यानन्द पाण्डेयको इजलासले सात दिनभित्र लिखित जवाफ माग्नुका साथै सम्बन्धित मुद्दाको फाइल राख्न आदेश गरेको हो । आदेशमा भनिएको छ, ‘यसमा के कसो भएको हो ? निवेदकको मागबमोजिम अदालतको अवहेलनामा किन कारबाही हुनु नपर्ने हो ? कारबाही हुन नपर्ने कानुनबमोजिमको आधार कारण भए यो आदेश प्राप्त भएका मितिले बाटाका म्यादबाहेक सात दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्नू ।’आदेशमा संवै

    • प्रकाशित मितिः फागुन ५, २०८१
    • 190 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.