समाचार

    Showing 14,931-14,940 of 25,843 items.
  • यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।आजका लागि तय भएको विनिमयदर अनुसार अधिकांश विदेशी मुद्राको मूल्य वृद्धि भएको छ ।केन्द्रीय बैंकका अनुसार, अमेरिकी डलर एकको खरिददर एक सय ३८ रूपैयाँ ४५ पैसा र बिक्रीदर एक सय ३९ रूपैयाँ पाँच पैसा, युरोपियन युरो एकको खरिददर एक सय ४४ रूपैयाँ ८० पैसा र बिक्रीदर एक सय ४५ रूपैयाँ ४३ पैसा निर्धारण गरिएको छ ।त्यसैगरी युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७४ रूपैयाँ ८८ पैसा र बिक्रीदर एक सय ७५ रूपैयाँ ६४ पैसा कायम गरिएको छ । स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५४ रूपैयाँ २२ पैसा र बिक्रीदर एक सय ५४ रूपैयाँ ८९ पैसा त

    • प्रकाशित मितिः फागुन १२, २०८१
    • 326 पटक पढिएको
  • प्रहरी प्रधान कार्यालयमा ‘दलित डेस्क’ स्थापना गर्न पत्राचार

    काठमाडौँ । गृहमन्त्रालयले दलितमाथि हुने भेदभाव, उत्पीडन, छुवाछुतलगायतका घटनाको अनुसन्धानमा सहयोग तथा सहजीकरण गर्न प्रहरी प्रधानकार्यालयमा ‘दलित डेस्क’ स्थापना गरी सम्पर्क व्यक्ति तोक्न पत्राचार गरेको छ ।गृहमन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले प्रहरी प्रधानकार्यालयमा दलित डेस्क स्थापना गरी काम कारबाही अघि बढाउन पत्राचार गरिएको जानकारी दिए । उनले यसअघि ७७ जिल्लामा स्थापना भएका दलित डेस्कलाई प्रभावकारी रुपमा सञ्चालन र व्यवस्थापन गर्न निर्देशन दिइएको बताए ।‘दलित समुदायका व्यक्तिहरुको समेत सहभागितामा दलित डेस्क स्थापना गरी सामाजिक कुरीतिका रुपमा समाजमा विद्यमान छुवाछुत तथा भेदभाव हटाइ कानुन कार्

    • प्रकाशित मितिः फागुन ११, २०८१
    • 156 पटक पढिएको
  • अन्य समयभन्दा साँझ बढी दुर्घटना

    चितवन । जिल्लामा सबैभन्दा बढी साँझको समयमा दुर्घटना भएका छन् । चालू आर्थिक वर्ष २०८१÷८२ को छ महिनामा जिल्लामा पाँच सय आठ सवारीसाधन दुर्घटना भएका छन् । त्यसमा बेलुका ६ देखि राति १२ बजेको समय अवधिमा धेरै दुर्घटना भएका हुन् । यस अवधिमा दुई सय १७ दुर्घटना भएका छन् ।जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख गायत्रीराज शर्माका अनुसार राति १२ बजेदेखि बिहान ६ बजेसम्म ३६, बिहान ६ देखि दिउँसो १२ बजेसम्म ९१ र दिउँसो १२ देखि बेलुका ६ बजेसम्म एक सय ६४ दुर्घटना भएका छन् ।चालु आर्थिक वर्षको छ महिनामा भएका दुर्घटनामा ७० जनाको मृत्यु भएको छ भने एक सय १० जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा सात सय ७२ सवारीसाधन

    • प्रकाशित मितिः फागुन ११, २०८१
    • 201 पटक पढिएको
  • नेप्से परिसूचक ११ अङ्कले बढ्दा कारोबार रकम पनि बढ्यो

    काठमाडौँ । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक दोहोरो अङ्कले बढ्दा कारोबार रकम पनि बढेको छ । नेप्से परिसूचक ११ दशमलव ६६ अङ्कले बढेर दुई हजार सात सय ५५ दशमलव ४० को विन्दुमा कायम भएको हो ।आज तीन सय २८ कम्पनीको दुई करोड १२ लाख छ हजार कित्ता शेयर एक लाख आठ हजार नौ सय १३ पटक खरिदबिक्री हुँदा रू ११ अर्ब ५४ करोड ८३ लाख ३७ हजार छ सय १२ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।आजको कारोबारमा बैंकिङ शून्य दशमलव शून्य तीन, लगानी एक दशमलव ३३, जीवन बिमा शून्य दशमलव ८६, उत्पादन तथा प्रशोधन दुई दशमलव ७८, म्युचुअल फण्ड शून्य दशमलव शून्य दुई, निर्जीवन बिमा शून्य दशमलव १३ र अन्य समू

    • प्रकाशित मितिः फागुन ११, २०८१
    • 296 पटक पढिएको
  • फुङ्लिङ र पाथीभरा क्षेत्रमा निषेधाज्ञा जारी

    फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङ सदरमुकाम फुङलिङ बजार र पाथीभरा क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । पाथीभरामा केबलकार निर्माणको विषय विवाद चर्किंदै गएपछि जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले आज बिहानदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले शनिवार राति जारी गरेको सूचनामा सदरमुकाम फुङ्लिङ बजार र पाथीभरा क्षेत्रमा निषेधाज्ञा जारी गरिएको उल्लेख छ । शनिवार साँझ फुङ्लिङमा बजारमा नो केबलकार पक्ष र प्रहरीबिच झडप भएपछि परिस्थिति प्रतिकूल भएकाले निषेधाज्ञा जारी गर्नुपरेको सूचनामा उल्लेख छ । संवेदनशील र प्रतिकूल परिस्थितिका कारण स्थानीय प्रशासन ऐन, २

    • प्रकाशित मितिः फागुन ११, २०८१
    • 246 पटक पढिएको
  • सुनको मूल्य बढ्यो

    काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य बढेको छ । शुक्रबार प्रतितोला रु एक लाख ७० हजार कायम भएको सुनको मूल्य आज रु एक लाख ७० हजार तीन सय कायम भएको छ । आज चाँदीको मूल्य भने घटेको छ । शुक्रबार प्रतितोला रु एक हजार ९९०  रहेको चाँदीको मूल्य आज रु एक हजार ९७० कायम भएको छ ।

    • प्रकाशित मितिः फागुन ११, २०८१
    • 226 पटक पढिएको
  • विवाहमा बेहुला–बेहुलीसँगै मोहीमा आकर्षण

    काठमाडौँ । वैवाहिक कार्यक्रममा बेहुला–बेहुलीप्रति सबैको आकर्षण हुनु स्वाभाविक नै हो । तर कहिलेकाँही अन्य पक्षहरूमा पनि आगन्तुकको ध्यान जान सक्छ । काठमाडौँमा हालै भएको एउटा विवाह कार्यक्रममा अधिकांशको नजर बेहुला–बेहुलीसँगै मोहीमा पनि रह्यो । अन्य पेय पदार्थको साटो मोही राखेपछि धेरैले मन पराए । यही फागुन ६ गते थापागाउँको एक क्याङ्कुटमा बेहुला माधव भण्डारी र बेहुली अस्मि सापकोटा जग्गेमा व्यस्त भइरहँदा उनीहरूलाई शुुभकामना र आशीर्वाद दिनेको भीड पेय पदार्थका रुपमा राखिएको मोहीतिर लहसिएको थियो ।अन्य पेय पदार्थको साटो मोही पिउन पाउँदा फरकपन महसुस गरेको काठमाडौँकी शिक्षा भट्टराईले बताइन् । बिहेमा

    • प्रकाशित मितिः फागुन ११, २०८१
    • 161 पटक पढिएको
  • रौतहट ट्राफिक प्रहरीले उठायो १३ लाखभन्दा बढी राजश्व

    रौतहट  ।  रौतहट ट्राफिक प्रहरीले एक महिनाको अवधिमा १३ लाख रुपैयाँभन्दा बढी राजश्व संकलन गरेको छ । माघ १ गतेदेखि माघ मसान्तसम्म ट्राफिक नियम उल्लंघन गरेका सवारी चालकलाई कारबाही गरि राजस्व संकलन गरेको हो । यस अवधिमा १३ सय ५५ सवारी चालकलाई कारबाही गरिएको छ । १३ लाख ३ हजार रुपैयाँ राजस्व संकलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी निरिक्षक लोकेन्द्र अधिकारीले जानकारी दिए । उनका अनुसार पछिल्लो समयमा सवारी चेकजाँचमा कडाई गरिएका कारण राजस्व संकलनमा वृद्धि भएको हो । पूर्वपश्चिम राजमार्ग र चन्द्रनिगाहपुर गौर सडक खण्डमा प्रायः सवारी चेकजाँच गर्ने गरेको उनले बताए

    • प्रकाशित मितिः फागुन ११, २०८१
    • 303 पटक पढिएको
  • सामाजिक सुरक्षा कोषमा सुचिकृत हुनेको संख्या २० लाख नाघ्यो

    काठमाडौं । सामाजिक सुरक्षा कोषमा सुचिकृत हुनेको संख्या बढेसँगै योगदान रकम पनि बढेको छ ।२०८१ फागुन पहिलो सातासम्म २० लाख २७ हजार नौ सय १५ जना योगदानकर्ताहरू कोषमा सूचीकृत भएका छन् । फागुन पहिलो सातासम्म कोषमा सूचीकृत हुने रोजगारदाताको संख्या २० हजार एक सय ७० जना छन् ।कोषका अनुसार असोजमा ६६ अर्ब १८ करोड रुपैयाँ रहेको योगदान रकम फागुन मसान्तसम्म बढेर ७४ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । पछिल्लो समय सरकारले स्वदेशका साथै वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकलाई कोषमा आबद्धता गरेसँगै सूचीकृत योगदानकर्ता र योगदान रकममा वृद्धि भएको हो ।कोषले चैत दोस्रो सातदेखि वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई कोषम

    • प्रकाशित मितिः फागुन ११, २०८१
    • 280 पटक पढिएको
  • महाशिवरात्रिको तयारीः आकर्षक बनाइँदै पशुपति क्षेत्र

    काठमाडौँ । महाशिवरात्रि पर्वको दिन नजिकिएसँगै पशुपति क्षेत्रलाई साजसजावट गरेर आकर्षक बनाउन थालिएको छ । पशुपति क्षेत्रका वनकाली, भुवनेश्वरी, मुख्य मन्दिर क्षेत्र, घाट क्षेत्र, राममन्दिर, मृगस्थलीलगायतको स्थान झिलिमिली बत्तीले सिँगारिएको छ । बत्तीका कारण रातभर पशुपति क्षेत्र जाज्वल्यमान देखिन थालेको छ । विभिन्न स्थानमा नेपालको झन्डा आकारमा बनाइएका बत्तीले भक्तजनलाई थप आकर्षित गरिरहेको छ । भुवनेश्वरीमार्गदेखि नै बत्ती र फूलले आकर्षक सजावट गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापाले बताए ।बत्ती र फूलले सजावट गरिएको पशुपति क्षेत्रमा महाशिवरात्रिका अवसरमा गरिएको रङरोगन पनि

    • प्रकाशित मितिः फागुन ११, २०८१
    • 332 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.