समाचार

    Showing 14,921-14,930 of 25,843 items.
  • रामपुर बजारको स्वरुप फेरिँदै

    रामपुर (पाल्पा) । रामपुर सहरीकरणको सम्भावना बोकेको सहर हो । कालीगण्डकी करिडोरसँग जोडिएको रामपुर नगरपालिकामा पछिल्लो समय पूर्वाधार विकासले द्रुत गति लिएको छ । यहाँको मुख्य बजार बेझाड र त्यस आसपासका सडक हाल धमाधम स्तरोन्नति भइरहेका छन् । बेझाड बजार क्षेत्रमा सडक कालोपत्रका लागि काम थालनी भएपछि यस क्षेत्रका स्थानीय उत्साहित बनेका छन् । बजार क्षेत्रमा दुईतर्फी पैदलमार्गसहितको सडक कालोपत्रको योजना सुरु भएको छ । ग्रामीण विकास तथा साना सहरी पूर्वाधार आयोजनाअन्तर्गत (बजार क्षेत्र) बेझाड बजार, बाङ्गेपसल र सहकारी भवनसम्म एक हजार आठ सय ३० मिटर सडक स्तरोन्नति तथा कालोपत्र भइरहेको रामपुर–५ का वडाध्यक्

    • प्रकाशित मितिः फागुन १२, २०८१
    • 327 पटक पढिएको
  • पशुपतिमा गाँजा–भाँङ निषेध

    काठमाडौं । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रि पर्वको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै विकास कोषले तयारी सम्पन्न भएको जानकारी गराएको हो । यस वर्षको महाशिवरात्रि पर्वलाई व्यवस्थापनका लागि पशुपति क्षेत्र विकास कोष, सञ्चालक परिषद्का अध्यक्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेको अध्यक्षतामा ‘महाशिवरात्रि पर्व व्यवस्था मूल समारोह समिति–२०८१’ गठन भई सो मूलसमिति अन्तर्गत १० वटा विभिन्न विषयगत उप–समितिहरुको गठन गरी कार्य प्रारम्भ भइसकेको छ । २०८१ साल फाल्गुण १४ गते बुधबारको दिन परेको महाशिवरात्रि पर्वमा लाखौंको सँख्यामा आउने दर्शन

    • प्रकाशित मितिः फागुन १२, २०८१
    • 219 पटक पढिएको
  • महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा शोभायात्रा

    काठमाडौँ । महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा शोभायात्रा निकालिएको छ । पशुपति क्षेत्र विकास कोषको आयोजनामा पशुपतिनाथ मूल मन्दिरअघिको पश्चिम ढोकाबाट सुरु भएको उक्त शोभायात्राको शुभारम्भ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गरेका हुन्। शोभायात्रा पश्चिम मूल ढोकाबाट भुवनेश्वरी चोक, चारशिवालय, पिङ्गलास्थान, गौशाला, जयवागेश्वरी, सिफल, लामपोखरी, चाबहिल गणेशस्थान, चावहिलचोक, मित्रपार्क, उमाकुण्ड हुँदै भुवनेश्वरी चोकमा पुगेर समापन भएको थियो । शोभायात्रामा मन्त्री पाण्डे र राज्यमन्त्री अरुणकुमार चौधरी, सचिव विनोदप्रकाश सिंह, कोषका सदस्य सचिव डा मिलनकुमार थापा, को

    • प्रकाशित मितिः फागुन १२, २०८१
    • 354 पटक पढिएको
  • खाँदबारी–किमाथाङ्का सडक सुक्खा पहिरोले अवरुद्ध

    खाँदबारी (सङ्खुवासभा) । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–किमाथाङ्का सडक सुक्खा पहिरोका कारण अवरुद्ध भएको छ । आज बिहान भोटखोलाको हटिया र हुङगुङ्गबीचको धिग डाँडाखण्डमा पहिरो झरेको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङ्गछेदर भोटेले जानकारी दिए । उनका अनुसार ढुङ्गा खसेपछि उक्त सडक अवरुद्ध भएको हो ।सदरमुकाम खाँदबारीबाट एक सय नौ किलोमिटरको दूरीमा रहेको सो स्थानमा पहिरो खसेको हो । पहिरो खसेपछि भोटखोला खाँदबारी आउने तथा खाँदबारीबाट गएका सवारीसाधन पनि बाटोमै थन्किएका छन् । पहिरोले  करिब ३० मिटर सडक पुरिएको छ । 

    • प्रकाशित मितिः फागुन १२, २०८१
    • 228 पटक पढिएको
  • सुनचाँदीको मूल्य बढ्यो

    काठमाडौँ । सुनचाँदीको मूल्य बढेको छ । आजको सुनको मूल्य प्रतितोला रू पाँच सय र चाँदी प्रतितोला रू १५ बढेको हो ।आइतबार प्रतितोला रू एक लाख ७० हजार तीन सयमा कारोबार भएको सुन आज बढेर रू एक लाख ७० हजार आठ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।त्यस्तै, आज चाँदी एक हजार नौ सय ८५ मा किनबेच हुनेछ ।अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार नौ सय ४० अमेरिकी डलरमा कारोबार भईरहेको छ ।

    • प्रकाशित मितिः फागुन १२, २०८१
    • 227 पटक पढिएको
  • सर्वोच्चको दोस्रो पत्रपछि एनआरएनएभित्र तरंग, डा.केसी पक्ष रुष्ट

    काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)लाई सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले आइतबार परमादेशको कार्यान्वयन गर्न निर्देशन दिएपछि पक्ष र विपक्षमा बहस सुरु भएको छ । काठमाडौँस्थित संघको सचिवालयलाई एक पत्र पठाउँदै  सर्वोच्चको  फैसला बमोजिम गठित  शेष घले नेतृत्वको उच्चस्तरीय समितिलाई नै बालुवाटारस्थित एनआरएनएको सचिवालय प्रयोग गर्न दिन निर्देशन दिएपछि डा।बद्री केसी समूहले अदालतको निर्देशनलाई ठाडो चुनौति दिएको छ । सर्वोच्च अदालतको परमादेशको कार्यान्वयन गर्न सचेत गराउंदै अदालतले  एनआरएनए सचिवालयलाई आइतबार दोस्रो पत्र पठाएको थियो । डा।केसीले फैसला कार्यान्वयन

    • प्रकाशित मितिः फागुन १२, २०८१
    • 178 पटक पढिएको
  • यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

    काठमाडौँ । कालिमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।  समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकेजी रु २२, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु २३, आलु रातो प्रतिकेजी रु ३४, आलु रातो (भारतीय) प्रतिकेजी रु ३२, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ७३, गाजर (लोकल) प्रतिकेजी रु ३५, गाजर (तराई) प्रतिकेजी रु ३०, बन्दा (लोकल) प्रतिकेजी रु १५, बन्दा (तराई) प्रतिकेजी रु १२, बन्दा (नरिवल) प्रतिकेजी रु १२, काउली स्थानीय प्रतिकेजी रु २०, स्थानीय काउली (ज

    • प्रकाशित मितिः फागुन १२, २०८१
    • 232 पटक पढिएको
  • केही भू–भागमा वर्षा र हिमपातको सम्भावना

    काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको पनि प्रभाव रहेको जनाएको छ ।महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेश र बाग्मती प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    • प्रकाशित मितिः फागुन १२, २०८१
    • 287 पटक पढिएको
  • ढोरपाटनमा हिमपात

    ढोरपाटन (बागलुङ) । यहाँको ढोरपाटनमा यस वर्ष पहिलो पटक हिमपात भएको छ । लामो समयको खडेरीपछि आइतबार साँझदेखि वर्षासँगै यहाँ हिमपात भएको हो । हिमपातका कारण यसक्षेत्रमा चिसो बढेको छ । हिमपात भएपछि बालीनाली फस्टाउने आशामा किसान हर्षित भएका छन् । हिमपातले ढोरपाटन उपत्यकासहित आसपासका क्षेत्र सेताम्य भएको ढोरपाटन सिकार आरक्षका रेन्जर विनोद विकले जानकारी दिए । हिमपातका कारण जनजीवन कष्टकर भएको छ । गत शुक्रबारदेखि मौसममा खराबी आए पनि आइतबार साँझ मात्रै वर्षासहित हिमपात भएको विकले बताए ।हिमपातले गर्दा घोडा खच्चड तथा वस्तुभाउलाई घाँस दान हाल्नसमेत गाह्रो भएको ढोरपाटन नगरपालिका–९ ढोरपाटनका प्रेमबहादुर घ

    • प्रकाशित मितिः फागुन १२, २०८१
    • 285 पटक पढिएको
  • छयानब्बे वर्षमा नागरिकता

    चैनपुर (बझाङ) । वडाभरिकै पाको मान्छे । वृद्धावस्थामा पनि माटोसँगको सामिप्यता छ, ९६ वर्षीया तुलसीदेवी जोशीको । यहाँको खप्तडछान्ना गाउँपालिका–५ पिठातोलाकी जोशीलाई अहिले पनि बारीमै भेटिन्छिन् । यो उनको  बाध्यता भने होइन, बाल्यकालदेखिको खेती गर्ने बानीले नछाडेको मात्र हो । ‘घरभित्रै बसिरहन मन मान्दैन,’ उनले भनिन्, ‘बारीमा के–कस्तो उम्रियो, पानी पुग्यो कि पुगेन, गोडमेल पुग्यो कि पुगेन भन्ने मनमा खेल्छ । त्यसपछि कुटो बोकेर गइहाल्छु ।’थाहा भएदेखि कृषिमा जीवन समर्पित गरेकी जोशी अहिले पनि गाउँमा अगुवा कृषकको रूपमा चिनिन्छिन् । ‘गाउँमा दलहन, धानबाली, तरकारी गाउँमा हुने सबै किसिमको तथा बीउ कतै

    • प्रकाशित मितिः फागुन १२, २०८१
    • 318 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.