समाचार

    Showing 14,831-14,840 of 23,727 items.
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। बिहान देशका धेरैजसो स्थानहरुमा साधारणतया बदली रही कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र बाँकी भू–भागको एक दुइ स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।दिउँसो देशभर साधारणतया बदली रहने छ। कोशी, मधेश, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।   राति देशभर साधारणतयादेखि

    • प्रकाशित मितिः असार २५, २०८१
    • 485 पटक पढिएको
  • मुगु जिल्लामा २४ वटा घर र गुम्बामा चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरू पक्राउ

    काठमाण्डौ  ।   मुगु जिल्लाको मुगुम कार्मारोङ गा.पा. वडा नं. ०१ डोल्फु गाउँको  २४ वटा घर र एउटा सार्वजनिक गुम्बा डाँका चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूलाई प्रहरिले पक्राउ गरेको छ ।जिल्ला मुगु, मुगुम कार्मारोङ गाउँपालिका वडा नं. ०१ डोल्फु गाउँमा मिति २०८१/०२/१२ गते राती अन्दाजी २०:०० बजेको समयमा बिष्णु बहादुर बुढा समेतका ७/८ जना अपरिचित व्यक्तिहरूको समुहले मुखमा मास्क लगाई हातहतियार सहित गाउँमा प्रवेश गरी गोली पड्काई केही स्थानीय मानिसहरूलाई कुटपिट समेत गरी डरत्रासमा पारी सोही गाउँका २४ वटा घर र एउटा गुम्बा तोडफोड गरी नगद पैसा, सुन, चाँदी, गरगहना (अन्दाजी सुन ३५ तोला, चाँ

    • प्रकाशित मितिः असार २४, २०८१
    • 262 पटक पढिएको
  • प्रहरीले ५ लाख रुपैयाँ भन्दा बढीको भन्सार छलिको अबैध सामान बरामद

    रौतहट  ।  रौतहट जिल्लाको बिभिन्न स्थानबाट प्रहरीले ५ लाख रुपैयाँ भन्दा बढीको अबैध भारतीय सामानहरू बरामद गरेको छ।तस्करहरुले भारतीय बजारबाट खरीद गरी चोटिलुकी भन्सार छलेर बिभिन्न नाका हुँदै भित्र्याएको उक्त सामानहरू बरामद गरेको हो। जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीका अनुसार १ लाख ९६ हजार बराबरको चाँदीको गहनाहरू, १ लाख ५५ हजार ८ सय बराबरको लत्ताकपडा सवारीसाधन ,१ लाख २४ हजारको पशु चौपाया र ९७ हजार ७०० को किराना तथा खादान गरी कुल ५ लाख ५५ हजार ५ सय बराबरको अबैध सामान बरामद गरेको हो।बरामद सामान तथा सवारीसाधन आवशयक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाईएको जिल्ला प्रहरी का

    • प्रकाशित मितिः असार २४, २०८१
    • 231 पटक पढिएको
  • बाढीमा डुबेर दुई किशोरीको मृत्यु

    काठमाडौँ- कञ्चनपुरमा बाढीमा डुबेर दुई किशोरीको मृत्यु भएको छ । बाढीमा डुबेर एक किशोरी बेपत्ता भएकी छिन्। पुनर्वास नगरपालिका–५ रातोखालीकी १५ वर्षीया सृजना बोगटी र १५ वर्षीया लक्ष्मी बोगटीको सोमबार दिउँसो घर नजिकै डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए । सृजना र लक्ष्मीको शव भेटिएको छ भने आरतीको अवस्था अज्ञात छ । उनीहरुसँगै रहेकी १२ वर्षीया अञ्जली बोगटी भने बाँच्न सफल भएकी छिन् । प्रहरीले आरतीको खोजी गरिरहेको छ । चारै जना गाउँमा एउटा टोलबाट अर्को टोल जाँदै गर्दा बाटोमा बाढीमा डुबेको प्रहरीले जनाएको छ । दुई दिनदेखि लगातार वर्षा हुँदा कञ्चनप

    • प्रकाशित मितिः असार २४, २०८१
    • 288 पटक पढिएको
  • 'धम्कीमात्र किन ? खुरु खुरु फाइल खोल्नुहोस्'

    काठमाडौं— नेकपा एमालेले संविधान संशोधन अंकगणितले नभई राष्ट्रिय सहमतिमा हुने बताएको छ। आज प्रतिनिधि सभाको विशेष समयमा बोल्दै एमालेका प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्रिय सहमति र राष्ट्रिय आवश्यकताले मात्र संविधान संशोधन हुने बताएका हुन्।‘हिजो संसदमा कुरा चले, यो संसदमा त दुई तिहाई पुर्‍याउनुहोला तर राष्ट्रिय सभामा देखाइदिन्छौ भनेर। तर, सरकार निर्माणमा एउटा अंक गणित होला। राष्ट्रिय मुद्दामा सबैलाई समेटेर लैजान्छौं’ उनले भने।उनले सरकार बहुमत हुँदा राजीनामा दिन्छु भन्दै हिँड्ने मन्त्रीहरु  सरकार अल्पमतमा परेको बेला राजीनामा पत्र कहाँ पुग्यो भन्दै प्रश्न गरे। उनले माओवादी केन्द्र र रास्व

    • प्रकाशित मितिः असार २४, २०८१
    • 282 पटक पढिएको
  • यी हुन गभर्नरले संसदीय विशेष छानविन समितिलाई दिएका पाँच सुझाव

    काठमाडौं—  नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले समस्याग्रस्त सहकारीको व्यवस्थापनका लागि संसदीय छानबिन समितिलाई पाँचवटा सुझाव दिएका छन्। सिंहदरबारमा सोमबार बसेको समितिको ११ औं बैठकमा महाप्रसाद अधिकारीले एकलाख सम्मका बचतकर्ता, पाँच लाखसम्मका बचतकर्ता र सो भन्दा बढि बचत गर्ने बचतकर्ता गरि तीन चरणमा वर्गीकरण गरि रकम फिर्ता गर्न सहज हुने सुझाव दिएका हुन्।बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सहकारी छानबिन समितिका संयोजक सूर्यबहादुर थापाले समस्याग्रस्त सहकारीका सम्बन्धमा विशेष टीम गठन गर्न सकिने सुझाव दिएको जानकारी दिए।थापाका अनुसार गभर्नर अधिकारीले एक लाख, पाँच लाख र पाँच लाख भन्दा

    • प्रकाशित मितिः असार २४, २०८१
    • 466 पटक पढिएको
  • बाँकेमा तीन सयभन्दा बढी घर डुबानमा

    बाँके— बाँकेको कोहलपुर नगरपालिका पनि यस वर्ष बाढी र डुबानको अत्यधिक जोखिममा रहेको प्रक्षेपण कोहलपुर नगरपालिकाले गरेको छ ।कोहलपुर नगरपालिकाको नगर विपद् व्यवस्थापन समितिले तयार पारेको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८१’ मा सो कुरा उल्लेख गर्नुहुँदै यस वर्ष वर्षा बढी भएकाले बाढी र डुबानबाट नगरपालिकाका १५ वडाका तीन हजार घरधुरीका १३ हजार ६३० परिवार उच्च जोखिममा रहेको प्रक्षेपण गरिएको छ ।आइतबारको नगर विपद् व्यवस्थापन समितिको बैठकले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८१’ लाई पारित गरेको कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले बताए । अब सोही योजना अनुसार क्षतिलाई न्यूनीकरण

    • प्रकाशित मितिः असार २४, २०८१
    • 337 पटक पढिएको
  • ८० खानी खोजिँदै

    काठमाडौं— खानी तथा भूगर्भ विभागले देशका विभिन्न स्थानमा रहेका ८० वटा खानी खोजतलासका लागि अनुमति दिएको छ । चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म विभिन्न कम्पनीलाई खानी खोजतलासका लागि प्रमाणपत्र प्रदान गरिएको विभागका सूचना अधिकारी नारायण बाँस्कोटाले जानकारी दिए । सोही समयमा आठवटा खानी उत्खननका लागि प्रमाणपत्र प्रदान गरेको छ । चालु आवमा देशभरिका विभिन्न एक सय सात खानीको अनुगमन गरेको र एक सय १४ स्थानको उत्खनन तथा खोजतलास अनुमति प्रमाणपत्र रद्द गरेको सूचना अधिकारी बाँस्कोटाले बताए । यस्तै, दैलेखमा रहेको सम्भावित पेट्रोलियम भण्डार क्षेत्र अन्वेषणका लागि चीन सरकारको सहयोगमा ड्रिलि

    • प्रकाशित मितिः असार २४, २०८१
    • 482 पटक पढिएको
  • आजको प्रतिनिधि सभामा राष्ट्रिय समावेशी आयोगको प्रतिवेदन पेस गरिने

    काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले 'राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन २०७९–८०' पेस गर्ने कार्यसूची रहेको छ ।यस्तै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राष्ट्रियसभामा उत्पत्ति भएको 'शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।यसैगरी, प्रधानमन्त्री दाहालले 'लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधनमाथि सदनम

    • प्रकाशित मितिः असार २४, २०८१
    • 230 पटक पढिएको
  • आजदेखि पानी कम पर्ने, तर सम्भावित जोखिम भने उत्तिकै

    काठमाडौं— आजदेखि नेपालमा वर्षा कम हुने भएको छ । नेपाल नजिक रहेको मनसुन न्यून चापीय रेखा आजदेखि क्रमिकरुपमा दक्षिणतिर सर्दै जाने भएकाले वर्षा कम हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । योसँगै नेपालमा मनसुनको सक्रियतामा कमी आइ वर्षाको मात्रामा केही कमी आउने सम्भावना रहेको छ।अहिले देशभर साधारणतया बदली रहेको छ । कोशी, बागमती, गण्डकी,  लुम्बिनी र सुदुरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका एकदुई  स्थानमा  हल्का देखि मध्यम वर्षा भइरहेको छ ।महाशाखाका अनुसार अझै केही दिन कोशी र गण्डकी प्रदेशका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र थोरै स्

    • प्रकाशित मितिः असार २४, २०८१
    • 320 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.