समाचार

    Showing 14,791-14,800 of 23,727 items.
  • असार सकिँदा ६८.६ प्रतिशत मात्र रोपाइँ सकियो

    काठमाडौं— असार सकिँदा ६८.६ प्रतिशतमात्र रोपाइँ भएको छ। कृषि विभागको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका सूचना अधिकारी बलराम रिजालका अनुसार असार ३१ गतेसम्म देशभर ६८.६ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ। धान रोपिने १३ लाख ९८ हजार २७३.७३ हेक्टर क्षेत्रफलमध्ये ९ लाख ५९ हजार ४७६.०२ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको केन्द्रले जनाएको छ।सुदरपश्चिम प्रदेशमा रोपाइँ लगभग सकिन लागेको छ। त्यहाँ रोपाइँ हुने कुल जमिनमध्ये ९५ प्रतिशतमा धान रोपिएको छ। अहिलेसम्म १ लाख ७४ हजार ५७६ हेक्टरमध्ये १ लाख ६५ हजार ८४७.०२ हेक्टरमा रोपाइँ भएको हो।त्यस्तै धानखेतीको सबैभन्दा कम क्षेत्रफल रहेको कर्णाल

    • प्रकाशित मितिः साउन १, २०८१
    • 381 पटक पढिएको
  • मुग्लिङ–मलेखुका १६ स्थान पहिरोको जोखिममा

    काठमाडौं— चितवनको मुग्लिङदेखि मलेखु सडकखण्डको १६ स्थानमा पहिरोको जोखिम रहेको पहिचान गरिएको छ । नागढुङ्गा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड) ४० किलोमिटर क्षेत्रमा १६ स्थानमा पहिरोको जोखिम छ भने चार स्थानमा उच्च जोखिम छ । नागढुङ्गा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड) कार्यालयका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले पृथ्वी राजमार्ग अन्तर्गत कार्यालयको क्षेत्रमा कृष्णभिर, घोप्टेभिर, जोगीमारा र फिसलिङ उच्च जोखिम रहेको स्थान भएको जानकारी दिए । उनले भने, 'सात वर्षअगाडि र अहिलेको पहिरो जाने अवस्था फेरिएको छ । पुरानो धारबाट बग्ने पानीको बाटो फेरिएको छ, पहाड खोतलिएको छ त्यसको प्रभावले गर्दा गेग

    • प्रकाशित मितिः साउन १, २०८१
    • 905 पटक पढिएको
  • देउडा मनाउन आज कर्णालीमा सार्वजनिक बिदा

    काठमाडौं— ‘साउने सङ्क्रान्ति तथा देउडा पर्व’का अवसरमा कर्णाली प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ। गत वैशाख १७ गते बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आइतबार एक सूचना जारी गरी साउन १ गते सार्वजनिक बिदाको घोषणा गरेको हो। 

    • प्रकाशित मितिः साउन १, २०८१
    • 260 पटक पढिएको
  • घुस रकमसहित दुई प्राविधिक अधिकृत रंगेहात पक्राउ

    दार्चुला— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४ लाख १२ हजार रुपैयाँ घुस रकमसहित दुई जनालाई रंगेहात पक्राउ गरेको छ । दार्चुलाको शैल्यशिखर नगरपालिकाका कृषि प्राविधिक (अधिकृत) मोहन सिंह धामी र कृषि प्राविधिक अशोक सिंह धामीलाई अख्तियारको टोलीले सोमबार पक्राउ गरेको हो । धामीद्वयले कृषि समूहको बिल भुक्तानी गर्दा कमिसन बापत सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिएको टोलीले कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ स्थित बोराडाडीबाट नियन्त्रणमा लिएको अख्तियार प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । उनले  पक्राउ परेकाहरूको सा

    • प्रकाशित मितिः साउन १, २०८१
    • 386 पटक पढिएको
  • बाढीले घर बगायो, तीन बालिकाको मृत्यु, एक बेपत्ता

    रुकुम पश्चिम— रुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । सोमबार राति आएको बाढीले आठबिसकोट नगरपालिका १२ को झिन्चौरमा बाढीले घर बगाउँदा तीन जनाको मृत्यु भएको हो । घटनामा परी एक जना बेपत्ता भएको र सात जना घाइते भएको आठविसकोट नगरपालिका प्रमुख रबी केसीले जानकारी दिए । मृत्यु हुनेहरूमा स्थानीय १० वर्षीया हितमाया पुन, आठ वर्षीया धनसा पुन र चार वर्षीया मनिषा सार्की रहेको नगर प्रमुख केसीले बताए । घटनामा डिल्ली बहादुर बुढाथोकी बेपत्ता भएका छन् । बाढीले घर बगाउँदा घाइते भएका सात जनालाई आठविसकोटस्थित नगर अस्पतालमा ल्याएर उपचार सुरु भएको स्थानीय

    • प्रकाशित मितिः साउन १, २०८१
    • 301 पटक पढिएको
  • प्रधानमन्त्री ओलीको नियुक्ति बदरको माग गर्दै सर्वोच्चमा रिट

    काठमाण्डौ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। ओलीले प्रधानमन्त्रीको शपथ लिएकै दिन ३ जना कानुन विदले सर्वोच्चमा रिट दायर गरेका हुन्। उक्त रिटमाथि सर्वोच्चले साउन ६ गतेलाई पेसी तोकेको छ। अधिवक्ताहरु दीपक अधिकारी, खगेन्द्रप्रसाद चापागाईं र शैलेन्द्रकुमार गुप्ता रिट दायर गर्न सर्वोच्चमा पुगेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२)अनुसार आइतबार नेकपा एमालेका अध्यक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए।यसअघि संविधानको धारा ७६ (२)अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाएपछि पदमुक्त भएका

    • प्रकाशित मितिः साउन १, २०८१
    • 499 पटक पढिएको
  • पेट्रोलियम पदार्थको मूल्य बढ्यो

    काठमाण्डौ  ।   नेपाल आयल निगमले पेट्रोल तथा डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगमले आगामी साउन १ गते बिहान १ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु चार तथा डिजेल र मट्टितेलमा प्रतिलिटर रु तीनले वृद्धि गरेको हो ।मूल्य बढेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा पेट्रोलको मूल्य प्रतिलिटर क्रमशः रु १ सय ६८ रुपैयाँ ५० पैसा, १ सय ७० र १ सय ७१ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर क्रमशः १ सय ५७ रुपैयाँ ५० पैसा, १ सय ५९ र १ सय ६० कायम भएको छ ।पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगन्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्

    • प्रकाशित मितिः साउन १, २०८१
    • 340 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण तर्फ रहेको पनि महाशाखाको भनाइ छ । बिहान देशभर साधारणतया बदली रहेको छ भने मधेश, बागमती, गण्डकी  प्रदेशका केही र कोशी प्रदेशको थोरै स्थानरुमा हल्कादेखि मध्यम वर्षा भैरहेको छ । दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । जसअनुसार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा मधेश, कर्णाली  र सुदूर पश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन तथा चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यस्त

    • प्रकाशित मितिः साउन १, २०८१
    • 329 पटक पढिएको
  • शपथ ग्रहण समारोहमा शीलतनिवासको परिदृश्य

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री खड्गप्रसाद ओली (केपी ओली) ले सोमबार प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्। राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा ओलीले चौथो पटक प्रधानमन्त्री पदको शपथ लिएका हुन् । ओली संसद्को सबैभन्दा ठुलो दल नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका हुन् । यसैगरी, नवनियुक्त उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णु पौडेलले उपप्रधानमन्त्री पदको पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सिंहले शहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् भने पौडेल अर्थमन्त्री बनेका छन् । वरीयतामा सिंह अगाडि छन् । सोही सम

    • प्रकाशित मितिः असार ३१, २०८१
    • 595 पटक पढिएको
  • प्रधानमन्त्रीको केपी शर्मा ओलीले लिए शपथ

    काठमाडौं— नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्री ओलीले शपथ लिएका हुन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाए ।प्रधानमन्त्रीमा दाबी पेस गर्ने समय सकिएपछि आइतबार बेलुकी ५ बजेपछि राष्ट्रपति पौडेलले ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । ओली संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री नियुक्त भएका हुन् ।२८ असारमा प्रतिनिधिसभामा विश्वासको मत नपाएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीबाट पदमुक्त भएका थिए ।

    • प्रकाशित मितिः असार ३१, २०८१
    • 425 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.