समाचार

    Showing 11,651-11,660 of 19,794 items.
  • सवारी दुर्घटनाबाट एक जनाको मृत्यु

    मोरङ ।  मोरङको रंगेलीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। शनिबार दिउसो ३ बजेको समयमा मोरङको रंगेली नगरपालिका-३ आनन्द ईटा भट्टामा को १ त ८५७८ नंम्बर को ट्याक्ट्ररले माटो बोक्ने क्रममा सोही भट्टाका मजदुर भारतको कुच बिहार बंगाल बस्ने ५५ वर्षिय बिसन्दु मियालाई ठक्कर दिदाँ घटनास्थलमै मृत्यु भएको थियो । ट्याक्टर, चालक स्थानिय २१ वर्षिय बिवस मुर्मु इलाका प्रहरी कार्यालय रंगेलीको नियन्त्रण रहेको छ । घटना सम्वन्धमा थप अनुसन्धान भईरहेको छ।

    • प्रकाशित मितिः माघ २१, २०८०
    • 516 पटक पढिएको
  • सुनचाँदी व्यवसायीमाथि गोली प्रहार

    काठमाण्डौ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका-१६ केराबारीस्थित चोरघोल नजिकै गएराती अज्ञात समूहको गोली प्रहारबाट बर्दघाट नगरपालिका घर भई सुस्ता गाउँपालिका-१ बरुवामा सुनचाँदी व्यवसायी गर्दै आएका गजेन्द्र विश्वकर्मा घाइते भएका छन्। उनको देब्रे पाखुरामा गोली लागेको छ।विश्वकर्मालाई धारिलो हतियारसमेत प्रहार गरेका छन्। उनको देब्रे हातको केही भाग काटिएको छ। पसल बन्द गरेर फर्केको समय भएकोले लुटेरा हुनसक्ने आशंका गरिएको छ।गजेन्द्र पसल बन्द गरेर घर फर्कने क्रममा अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ। घाइते विश्वकर्माको हाल भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको बताइएको छ।

    • प्रकाशित मितिः माघ २१, २०८०
    • 491 पटक पढिएको
  • पूर्वीनाकाबाट साढे तीन अर्बको कृषिजन्य वस्तु निर्यात

    बिर्तामोड ।  पूर्वीनाका काँकडभिट्टा हुँदै रु तीन अर्ब ६९ करोड पाँच लाख १२ हजार मूल्य बराबरको कृषि, जडीबुटी तथा काष्ठ उत्पादन निर्यात भएको छ ।कात्तिकदेखि पुस मसान्तसम्मको तीन महिनामा २५ हजार ४० मेट्रिक टन मालसामान भारत, बङ्गलादेश लगायतका मुलुकमा निर्यात भएको हो । यस अवधिमा सबैभन्दा बढी रु एक अर्ब ६६ करोड आठ लाख मूल्य बराबरको दुई हजार सात सय ६८ मेट्रिक टन चिया निर्यात भएको छ । अलैँची, अम्लिसो, प्लाइउड र अदुवासमेत उल्लेख्य मात्रामा निर्यात भएको छ ।कार्यालयको तथ्याङ्कअनुसार रु ९८ करोड ९६ लाख मूल्य बराबरको एक हजार दुई सय ३७ मेट्रिक टन अलैँची, रु ५३ करोड १२ लाख ६५ हजार मूल्य बराबरको १५ हजा

    • प्रकाशित मितिः माघ २१, २०८०
    • 252 पटक पढिएको
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार प्रमुखबाट पाण्डे हटाइए

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख डा. टोकराज पाण्डेको सरुवा भएको छ।अर्थमन्त्री डा. प्रकाशशरण महतले शुक्रबार भन्सार विभागका सेवन्तक पोखरेललाई पाण्डेको ठाउँमा पठाएका हुन् । पाण्डेलाई अर्थ मन्त्रालयमा तानिएको स्रोतले बताएको छ ।पाण्डेले ६ महिनाअघि मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको प्रमुखको जिम्मेवारी सम्हालेका थिए ।

    • प्रकाशित मितिः माघ २१, २०८०
    • 417 पटक पढिएको
  • कर्मचारीका लागि नयाँ मापदण्ड ल्याउँदै सरकार

    काठमाडौँ । सङ्घीय कार्यालयमा अड्डा जमाएर बसेका कर्मचारीलाई स्थानीय तहमा गएर अनिवार्य सेवा गर्नैपर्ने गरी सरकारले नयाँ मापदण्ड ल्याउँदै छ। नियमित रूपमा तीन वर्षसम्म सङ्घीय सरकारका कार्यालयमा बसेर सेवा गरेका कर्मचारीलाई स्थानीय तहमा सेवा गर्नैपर्ने गरी स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत खटाउनेसम्बन्धी नयाँ मापदण्ड ल्याउन लागिएको हो। यसको तयारी कार्य अन्तिम चरणमा पुगेको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले स्वीकृत गरेपछि केही दिनभित्रमै उक्त मापदण्ड कार्यान्वयनमा ल्याइने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।सङ्घीय निजामती सेवा ऐन जारी हुन ढिलाइ हुँदा सरकारल

    • प्रकाशित मितिः माघ २१, २०८०
    • 391 पटक पढिएको
  • ४३ शाखा अधिकृत उपसचिव बढुवाका लागि सिफारिस

    काठमाडौं । ४३ अधिकृतहरू उपसचिव बढुवाका लागि सिफारिस भएका छन् ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयस्थित बढुवा समितिको सचिवालयले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह र लेखा समूहका राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत) लाई राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव) मा बढुवाका लागि सिफारिस गरेको हो ।ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनबाट हुने बढुवा समितिको बिहीवार सिंहदरवारमा बसेको बैठकले ती अधिकृतहरूलाई उपसचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।

    • प्रकाशित मितिः माघ २१, २०८०
    • 485 पटक पढिएको
  • भ्रष्टाचारविरुद्धको अभियानमा सम्झौता गर्दिन; उपप्रधानमन्त्री

    काठमाण्डौ  ।  उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले चालेको सुशासनको अभियान कुनै पनि हालतमा नरोकिने बताएका छन् ।पोखरामा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले देशको समृद्धिका लागि सुशासन अनिवार्य सर्त रहेकाले वर्तमान सरकार सुशासन कायम गर्न प्रतिबद्ध रहेको स्पष्ट पारे । उनले जनतालाई पनि सरकारले छिटोछिटो काम गरेर देशमा सुशासनका लागि काम गरोस् भन्ने अपेक्षा रहे पनि सबै घटनामा तथ्य प्रमाणले पुष्टि गरेपछि मात्र अनुसन्धान प्रक्रिया अघि बढाइएको बताए ।उपप्रधानमन्त्री श्रेष्ठले भने, “सरकार विधिसम्मत जाँदा कतिपय राजनीतिक सौदाबाजीका आधारमा वा अरू कुनै अवाञ्छित चलखेलका आधारमा सरकारल

    • प्रकाशित मितिः माघ २१, २०८०
    • 329 पटक पढिएको
  • देश निर्माणमा युवाहरु समर्पित हुन पर्छ; अध्यक्ष ओली

    काठमाडौँ ।  नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले युवा तथा विद्यार्थीलाई देशप्रति समर्पित हुन आह्वान गरेका छन । एमाले काठमाडौँ जिल्ला कमिटीद्वारा आज यहाँ आयोजित ‘युवा महोत्सव’मा उनले देश निर्माणका लागि युवाको सहभागिताको आवश्यकता औँल्याउदै देशलाई प्रेम गर्न समेत आग्रह गरे । “आफनो देशलाई माया गरौँ । म भाईबहिनीहरुलाई भन्न चाहन्छु कुनै पनि देश अर्काले आएर बनाइदिन्न, आफैले बनाउनुपर्छ”, अध्यक्ष ओलीले भने ।उनले देशमा विद्यमान समस्या समाधानका लागि युवाको भूमिका महत्वपूर्ण हुने पनि उल्लेख गरे । “हाम्रा अघि समस्या छन्, युवा जनशक्ति विदेश पलायन भइरहेका छन् । यो समस्यास

    • प्रकाशित मितिः माघ २१, २०८०
    • 162 पटक पढिएको
  • सुक्खा पहिरोले कोशी राजमार्ग अवरुद्ध

    काठमाण्डौ  । सङ्खुवासभाको उत्तर-दक्षिण कोशी राजमार्गअन्तर्गतको खाँदबारी-किमाथाङ्का सडक सुक्खा सडक पहिराका कारण अवरुद्ध भएको छ । मकालु-३ हेदाङ्नास्थित नयाँबस्तीमा सुक्खा पहिरो खसेपछि उत्तर-दक्षिण कोशी अवरुद्ध भएको हो ।मकालु-३  नयाँबस्तीमा सुक्खा पहिरो खसेपछि उत्तर-दक्षिण कोशी राजमार्ग अवरुद्ध भएको उत्तर-दक्षिण सडक कार्यालयका प्रमुख इन्जिनियर सविन कोइरालाले जानकारी दिनुभयो ।शनिबार बिहान ८ बजे खसेको सुक्खा पहिरोमा परेर रामेछापका २१ वर्षीय स्काभेटर सहचालक सविन केसी घाइते भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए । घाइते केसीको उपचारका लागि जिल

    • प्रकाशित मितिः माघ २१, २०८०
    • 194 पटक पढिएको
  • लागूऔषधसहित एकै परिवारका तीन जना पक्राउ

    सिरहा । विभिन्न प्रकारका प्रतिबन्धित लागूऔषधसहित प्रहरीले एकै परिवारका तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लहान नगरपालिका ७ घर भई हाल ८ नम्बर वडामा डेरा गरी बस्ने ५५ वर्षीय राजकुमार ठाकुर र उनका छोराहरू २९ वर्षीय प्रमोद र २५ वर्षीय राकेशलाई नियन्त्रणमा लिएको हो ।विशेष सूचनाको आधारमा लागूऔषध ब्युरो जनकपुर शाखा कार्यालय गोलबजार र इलाका प्रहरी कार्यालय लहान सिरहाबाट खटिएको संयुक्त टोलीले उनीहरूको साथबाट कोडबिल सय एमएलको १५ बोतल, वीक्सडीन सय एमएलको ६५ बोतल, डाईजीफाम ६ एम्पुल, फेनारगन ७ एम्पुल र नुरफ्रेन ६ एम्पुल बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।प्रहरीले उनीहरूको

    • प्रकाशित मितिः माघ २१, २०८०
    • 174 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा