राजनीति

    Showing 9,931-9,940 of 10,379 items.
  • ओली सत्ता बचाउ अभियान : मौकामा चौका भयो तीन जोडीलाई

    बिर्तामोड / आफ्नै दल नेकपा एमाले र प्रतिपक्षको घेरामा परेका कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सत्ता टिकाउन गरेको मन्त्रिमण्डल पुनर्गठन भने केहिलाई गज्जबको अवसर प्राप्त भएको छ । सत्ता टिकाउनकै लागि विवादास्पद नागरिकता विधयेक र ढुंगा तथा गिटी अनि वालुवाको भारत निकासीको विवादास्पद निर्णय गरेका ओलीको पछिल्लो पटक मन्त्रीपरिषद पुर्नगठन भने केहि परिवारका लागि ठुलै उपहार नै भएको छ । ओलीको मन्त्रिमण्डलमा केही यस्ता पुराना अनुहार दोहोरिएका छन् , जुन क्रममा सत्ता टिकाउन उनले एकै परिवारभित्रैबाट श्रीमान–श्रीमती समेतले मन्त्री बन्ने अवसर पाएका छन् । पुर्नगठनमा मन्त्री पद गुमाएकी जुल

    • प्रकाशित मितिः जेठ २२, २०७८
    • 353 पटक पढिएको
  • बिर्तामोडका मेयरको हावादारी कुरा : यस्तो छ तथ्य जाँच !

    बिर्तामोड / झापाको बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले स्थानीय सूर्योदय टेलिभिजनमा गत जेठ १९ गते दिएको अन्तर्वार्ताका क्रममा कोरोनाका विषयमा हावादारी कुरा र झुटा दावि गरेका छन् । कोरोनाका कारण आम जनता भयवित रहेका वेला मेयर सिवाकोटीका झुटा अनि हावादारी कुराले आम सर्वसाधारणमा भ्रम पैदा गरिदिएको छ । करिब १ घण्टा लामो अन्तर्वार्ताका क्रममा उनले कोरोनाका विषयमा दिएको अभिव्यक्तिको साउथ एसिया चेकले बुँदागत रुपमा तथ्य जाँच गरेको छ । मेयर सिवाकोटीको अभिव्यक्ति तथ्य जाँच यस्तो छ :१.  मेरो कोरोनाको औषधि यही हो भन्दै उनले एउटा पोको देखाएका छन्। यसबीचमा आफै समेत सङ्क

    • प्रकाशित मितिः जेठ २२, २०७८
    • 1,126 पटक पढिएको
  • चुरे दोहन नीतिको प्रतिकार गरौँ : डा. मिश्र

    बिर्तामोड / नेपालका लागि नेपाली पार्टीले चुरे दोहन गरी तराईलाई मरुभूमी बनाउने सरकारको कुटिल सालबाट सचेत रहन आम जनतामा अपिल गरेको छ ।  नेपालका लागि नेपाली पार्टीका प्रवक्ता डा.विजय मिश्रले विज्ञप्ती जारी गरी चुरे क्षेत्र दोहन गरी तराईलाई मरुभूमी बनाउने सरकारको निर्णय प्रति सचेत रहन आग्रह गरेका हुन् । सरकारले आर्थिक बर्षका लागि जारी गरेको बजेट मार्फत नेपालको व्यापार घाटा न्युन गर्ने भन्दै सरकारले ढुङ्गा गिट्टी, बालुवा निकासी गर्ने निति ल्याएको भन्दै सो निति नेपाल अनि नेपालीको पक्षमा नरहेको सो पार्टीले जनाएको छ । सरकारको निर्णयले तराई क्षेत्र सुख्खा हुने, भूक्षय हुने र मरुभूमी बन्ने अवस

    • प्रकाशित मितिः जेठ २१, २०७८
    • 135 पटक पढिएको
  • न्यायपूर्ण एवं सभ्य समाज निर्माणका लागि सांस्कृतिक रूपान्तरणको खाँचो छः राष्ट्रपति

    काठमाडौँ / राष्ट्रपति विद्यादेवी भण्डारीले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेकी छिन् ।  विसं २०६३ जेठ २१ गते मुलुकलाई जातीय छुवाछुतमुक्त राष्ट्र घोषणा गरिएको दिनको स्मरण गर्दै हरेक वर्ष जेठ २१ गतेलाई जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसका रूपमा मनाउने गरिन्छ । नेपालको संविधान तथा अन्तर्गतका कानूनी व्यवस्थाले जातीय आधारमा हुने सबै प्रकारका विभेद, बहिष्करण, वञ्चितीकरण र हिंसालाई अपराधका रूपमा लिँदै त्यसलाई निषेध गरे पनि समाजमा विद्यमान पुरातन सोच, आर्थिक

    • प्रकाशित मितिः जेठ २१, २०७८
    • 267 पटक पढिएको
  • प्रदेशसभा सदस्यबाट पदमुक्त भएका कृष्ण थापा सर्वोच्चमा

    काठमाडौं  / गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सभा सांसद कृष्ण थापाले सर्वोच्चमा रिट दायर गरेका छन् । आफूलाई असंवैधानिक रुपमा कारबाही गरिएको भन्दै रिट दर्ता गरेका हुन् ।उनको रिटमाथि प्रारम्भिक सुनुवाइका लागि आइतबार पेसी तोकिएको सर्वोच्च अदालतका सञ्चारविज्ञ किशोर पौडेलले बताए । पार्टीको निर्णय अवज्ञा गरिएको भन्दै उनलाई सांसदबाटै हटाइएको थियो ।पार्टीले विपक्षी गठबन्धनलाई सघाउने निर्णय गरेपनि उनी स्वतन्त्र बसेका थिए। जसले सत्तारुढ नेकपा एमालेका मुख्‍यमन्त्री पृथ्वी सुब्बा गुरुङ नै मुख्यमन्त्रीमा दोहोरिएका थिए।

    • प्रकाशित मितिः जेठ २१, २०७८
    • 192 पटक पढिएको
  • जसपाका पाँच नेता मन्त्री बन्दै, को को छानिए ठाकुर पक्षबाट ?

    काठमाडौं / जनता समाजवादी पार्टीका महन्थ ठाकुरको नेतृत्वमा रहेको समूहका पाँच नेता आज मन्त्री बन्ने निश्चित भएको छ।राजेन्द्र महतोले उपप्रधानमन्त्री सहित वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी प्राप्त गर्ने स्रोतले जनाएको छ।त्यसैगरी शरतसिंह भण्डारी ‍उर्जा जलस्रोत तथा सिचाई, विमल श्रीवास्तव खानेपानी मन्त्रालय, अनिल झा शहरी विकास मन्त्री र उमाशंकर अरगरिया युवा तथा खेलकुद मन्त्री बन्ने निश्चित भएको स्रोतले जनाएको छ।‘आजै साँझसम्म उहाँहरुले सपथग्रहण गर्ने कार्यक्रम रहेको छ,’ स्रोतले भन्यो । आफूलाई खेलकुद मन्त्रालय दिएकोमा अरगरिया भने सन्तुष्ट नरहेको स्रोतको भनाइ छ। ठाकुर पक्षबाट मन्त्री बन्ने तय भ

    • प्रकाशित मितिः जेठ २१, २०७८
    • 377 पटक पढिएको
  • वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन

    काठमाडौँ / प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गरेका छन् । संवैधानिक इजलासमा प्रधानन्यायाधीश राणाका अध्यक्षतामा वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की तथा न्यायाधीश मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेका छन् ।प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा विवाद आएपछि प्रधान्यायाधीश राणाले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्ने जानकारी दिँदै यही जेठ २३ गते विवादको सुनुवाइका लागि पेशी तोकेका थिए ।नेपालको संविधानमा सर्वोच्च अदालतमा विचाराधीन कुनै मुद्दामा गम्भीर संवैधानिक व्याख्याको प्रश्न समावेश भएका देखिएमा त्यस्तो मुद्दा हेर्ने गरी प्रधानन्यायाधी

    • प्रकाशित मितिः जेठ २१, २०७८
    • 111 पटक पढिएको
  • एमाले अध्यक्ष ओलीले मागे शाहसँग ४८ घण्टे स्पष्टीकरण

    धनगढी / पार्टी निर्णय विपरीत सुदूरपश्चिम प्रदेशमा नेकपा (माओवादी केन्द्र) नेतृत्वको सरकारलाई समर्थन जारी राख्ने निर्णय गरेका सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता प्रकाशबहादुर शाहलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण सोधेका छन् ।  अध्यक्ष ओलीले शाहलाई ४८ घण्टे स्पष्टीकरण सोध्नुभएको एमालेका प्रदेश अध्यक्ष कर्ण थापाले जानकारी दिए । पार्टी स्थायी कमिटी बैठकले सुदूरपश्चिम सरकारमाथिको समर्थन फिर्ता लिने निर्णय गर्दासमेत  प्रदेश संसदीय दलले पार्टीको निर्देशन विपरीत निर्णय गरी अघि बढेको जनाई कारवाही प्रक्रिया थालेको बताइएको छ । एमाले केन्द्रीय सदस्य शाहलाई अध्यक्ष ओलीले

    • प्रकाशित मितिः जेठ २१, २०७८
    • 222 पटक पढिएको
  • हवाई इन्धनको मूल्य घटाउन मन्त्री ढकालको निर्देशन

    काठमाडौँ / संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भानुभक्त ढकालले हवाई इन्धनको मूल्य घटाउन सम्बन्धित निकायका पदाधिकारीलाई निर्देशन दिएका छन् । मन्त्री ढकालले आज मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मन्त्रालयका सचिव दिनेश भट्टराई, नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल, नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक राजन पोखरेल, नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेललगायतसँग छलफल गरेर मूल्य घटाउन निर्देशन दिएका हुन् ।अन्तर्राष्ट्रिय विमान कम्पनीले प्रयोग गर्ने हवाई इन्धनको मूल्य घटाउन विभिन्न संस्थाहरूले माग पनि गर्दै आएका थिए ।&nb

    • प्रकाशित मितिः जेठ २०, २०७८
    • 139 पटक पढिएको
  • प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

    काठमाडौं  / प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रिपरिषदको बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ६ बजे बोलाइएको हो ।प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष ओलीले आजै स्थायी समिति बैठक बोलाएका थिए । तर, आजै माधव पक्षले पनि स्थायी कमिटी बैठक राखेकाले त्यसको प्रतिक्रिया पर्खने भन्दै बैठक स्थगित गरिएको छ ।स्थायी कमिटी बैठक स्थगित गरिएसँगै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका हुन् । आजको मन्त्रीपरिषदको बैठक नियमित बैठक भनिएको छ ।

    • प्रकाशित मितिः जेठ २०, २०७८
    • 169 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.