राजनीति

    Showing 9,681-9,690 of 10,379 items.
  • पार्टी एकतालाई कसैले रोक्न सक्दैन : नेता ज्ञवाली

    काठमाडौँ  / नेकपा (एमाले)का स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले पार्टी एकतालाई कसैले चाहेर पनि रोक्न नसक्ने बताएका छन् । उनले संयुक्त कार्यदलले तयार पारेको दश बुँदे कार्यदिशा अनुसार नै पार्टी एकढिक्का भएर अघि बढ्ने बताएका हुन् । प्रेस चौतारी नेपालले आज सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले केही व्यक्तिको अहमताले पार्टीलाई कमजोर बनाउने र गठबन्धन सरकारसँग सहयात्रा गर्दै पार्टी प्रणालीलाई नै कमजोर बनाउने खेल खेलेको टिप्पणी गरेका छन् ।नेता ज्ञवालीले अस्वभाविक गठबन्धनबाट निर्माण भएको वर्तमान सरकार निर्माण हुनुमा पनि एमालेभित्रका केही ठूला नेताको मुख्य भूमिका रहेको बताएका छ

    • प्रकाशित मितिः साउन १०, २०७८
    • 108 पटक पढिएको
  • बाटो बिराएकालाई फर्केर आउन अध्यक्ष ओलीको आग्रह

    काठमाडौँ / नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बाटो बिराएकालाई फर्केर आउन आग्रह गरेका छन् ।अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) को सचिवालयको प्रथम बैठकलाई आज  भर्चुअल सम्बोधन गर्दै उनले सो आग्रह गरेका हुन् ।     “बाटो बिराएकालाई पनि फर्केर आउन आग्रह गर्छु, पार्टीको नीति र सिद्धान्तअनुसार चल्नुपर्छ”, उनले भने, “पार्टीलाई स्वार्थ र विकाउमा नलगाउ, देशको सबैभन्दा बढी जनसङ्ख्या एमालेमा छन्, परिपक्क राजनीतिक पार्टी हो, यो देशको मुख फेर्ने पार्टी हो ।” पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले पार्टीलाई नमूना बनाई सुशासन र विकासका लागि काम  गर्नुपर्नेमा जोड दिएका

    • प्रकाशित मितिः साउन १०, २०७८
    • 88 पटक पढिएको
  • एमाले कार्यदललाई सहयोग गर्न तेस्रोधार

    बिर्तामोड / नेकपा एमालेको आन्तरिक एकता कायम गर्न सक्रिय १० सदस्यीय कार्यदललाई बल प्रदान गर्न तेस्रो पुस्ता जन्मिएको छ ।एमालेको दुवै समूहमा रहेका सांसदहरुको एकता अभियान भित्रभित्रै सक्रिय भएको छ । अभियानले १० सदस्यीय कार्यदलका नेताहरुसँग आज एमालेका सांसदहरुले छलफल गर्ने भएका छन् ।एमाले विभाजन हुन नदिन र पार्टीमा सुदृढ एकता कायम गर्न गठित सांसदहरुको अनौपचारिक अभियानले कार्यदललाई सहमतिमा पुग्न दबाब दिने भएका छन् । सांसद तथा एमाले पर्वतका अध्यक्ष पदम गिरीले १० बुँदे सहमति मान्दिन भन्ने नेताहरुलाई कार्यदलले क्रस गर्न सक्छ कि सक्दैन भनेर आफूहरु प्रष्ट हुन चाहेको बताएका छन् ।अभियानमा सक्रिय एक सांसदल

    • प्रकाशित मितिः साउन १०, २०७८
    • 98 पटक पढिएको
  • पौडेल पक्षको बैठक आज कोइराला निवासमा

    काठमाडौँ / नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आज बैठक बोलाएको छ ।  मध्यान्ह १२ बजेपछिलाई महामन्त्री शशांक कोइरालाको निवासमा बैठक बोलाईएको हो । १४ औं महाधिवेशन तयारी र क्रियाशील सदस्यतामा देखिएका विवादबारे छलफलमा केन्द्रित हुने कोइरालाका स्वकीय सचिव भरत तिवारीले बताएका छन् । यस्तै साउन १२ का लागि तोकेको वडा अधिवेशन स्थगित भएपछि अब कहिले अधिवेशन गर्ने भन्नेबारे रणनीति तय गर्न छलफल गर्न लागिएको छ ।वरिष्ठ नेता पौडेल, महामन्त्री कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरू रामशरण महत, अर्जुननरसिंह केसी, मिनेन्द्र रिजाललगायतलाई बोलाइएको आजको

    • प्रकाशित मितिः साउन १०, २०७८
    • 106 पटक पढिएको
  • संविधानको रक्षा, कानूनको पालनामा जोड दिन्छौँ : महासचिव

    काठमाडौँ / नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले संविधानको रक्षा, कानूनको पालना, शान्तिपूर्वक प्रतिस्पर्धाको राजनीतिमा जोड दिने बताएका छन् । राष्ट्रिय युवा सङ्घको युथफोर्स काठमाडौँ उपत्यका कमाण्ड घोषणा तथा शपथग्रहण समारोहलाई सम्बोधन गर्दै उनले संविधानको रक्षा, कानूनको पालना र प्रतिस्पर्धाको राजनीतिलाई कमजोर बनाउनेसँग पार्टीले सम्झौता नगर्ने बताएका छन् ।उनले शान्तिपूर्व राजनीतिक प्रतिस्पर्धामा विश्वास गर्ने पार्टी भएकाले त्यसविरुद्ध जान नसकिने धारणा राखे । “शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धाको विरुद्ध कोही जान्छ भने त्यसलाई कामजोर बनाउन र संवैधानिक प्रक्रियालाई अवरोध गराउन खोज्दछन् भने हाम्रो य

    • प्रकाशित मितिः साउन ९, २०७८
    • 196 पटक पढिएको
  • महन्थ ठाकुर र विप्लवबीच भेटवार्ता

    काठमाडौँ / प्रतिबन्ध फुकुवा भएपछि खुला राजनीतिमा आएको नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्त ठाकुरलाई भेटेका छन्। शनिबार विप्लव र पार्टीका नेता खड्कबहादुर विश्वकर्म ‘प्रकाण्ड’ अध्यक्ष ठाकुरलाई भेट्न उनकै निवास पुगेका हुन् । भेटमा पछिल्लो राजनीति घटनाबारे कुरा भएको बताइएको छ ।विप्लवले पछिल्लो समय विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटघाट गरिरहेका छन् ।

    • प्रकाशित मितिः साउन ९, २०७८
    • 108 पटक पढिएको
  • कांग्रेसको वडा अधिवेशन हालका लागि स्थगित

    काठमाडौँ / देशभर १२ साउनमा तोकिएको नेपाली कांग्रेसको वडा अधिवेशन शनिबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले हालका लागि स्थगित गर्ने निर्णय गरेको छ । अधिवेशन अब कहिले गर्ने भन्ने निर्णय हुन बाँकी रहेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् । प्रवक्ता शर्माले महाधिवेशन कार्यतालिका प्रभावित भएपनि भदौ १६ देखि सुरु हुने केन्द्रीय महाधिवेशनका बारेमा कुनै निर्णय नभएको बताए । उनले भने, ‘वडा अधिवेशन स्थगन हुनुको अर्थ केन्द्रीय महाधिवेशन पनि सर्छ भन्ने होइन । अहिले केन्द्रीय महाधिवेशनको मिति यथावत नै छ ।’वडा अधिवेशन स्थगन भएसँगै कांग्रेसको महाधिवेशन कार्यतालिका प्रभावित भएको छ । कांग

    • प्रकाशित मितिः साउन ९, २०७८
    • 184 पटक पढिएको
  • अर्थतन्त्रको यर्थाथ तस्बिर सार्वजनिक गर्छौ : अर्थमन्त्री

    काठमाडौँ / अर्थमन्त्री जनार्दन शर्माले मुलुकको पछिल्लो आर्थिक अवस्थाको बारेमा छिट्टै यथार्थ तस्बिर सार्वजनिक गर्ने बताएका छन् । उनले भने “त्यसलाई श्वेतपत्र पनि भन्न सकिन्छ, तर खासमा त्यो यथार्थपत्र नै हो । हामीले त्यसबारे आवश्यक छलफल गरिरहेका छौँ ।” उनले कोरोनाका कारण अर्थतन्त्र समस्यामा परेकार त्यसलाई क्रमशः सुधार गरेर लैजानु आजको प्रमुख आवश्यकता रहेको बताए । नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँग अर्थ मन्त्रालयमा आज आयोजना गरेको छलफलमा मन्त्री शर्माले मुलुकका सामु रहेका विद्यमान समस्या समाधान गर्नेगरी सरकार अग्रसर रहेको जानकारी दिए । मन्त्री शर्माले संसद्मा पेश भएको बजेट अध्यादेशको ट

    • प्रकाशित मितिः साउन ८, २०७८
    • 187 पटक पढिएको
  • गण्डकी प्रदेशमा थप ६ मन्त्रीले लिए शपथ

    गण्डकी / गण्डकी प्रदेशमा थप ६ जना मन्त्रीले शपथ लिएका छन् । उनीहरुलाई शुक्रबार गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले सपथ गराएकी हुन् ।मन्त्री हुनेहरुमा कांग्रेसबाट विन्दुकुमार थापा आन्तरिक मामिला तथा कानुन मन्त्री, कुमार खड्का भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्री र मेषलाल श्रेष्ठले शिक्षा, संस्कृति, विज्ञान तथा सामाजिक विकासमन्त्री रहेका छन् । यस्तै पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा मणिभद्र शर्माले शपथ लिएका छन् । यसअघि विन्दुकुमार थापाको स्थानमा दोबाटे विकको नाममा थियो । तर, अन्तिम अवस्थामा आएर मन्त्रीको सूचिबाट दोबाटेको नाम काटिएको थियो ।यस्तै माओवादी केन्द्रबाट रामज

    • प्रकाशित मितिः साउन ८, २०७८
    • 86 पटक पढिएको
  • ऋण लिएर भएपनि जनतालाई खोप पुर्‍याउने प्रधानमन्त्री देउवाको प्रतिवद्धता

    काठमाडौं / प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नागरिकलाई खोप उपलब्ध गराउने प्रतिवद्धता पूरा गर्ने बताएका छन् । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा प्रधानमन्त्री देउवाले सबै नागरिकलाई खोप उपलब्ध गराउने प्रतिवद्धता  पूरा गरिछाड्ने बताएका हुन् । आफूलाई बधाई दिने सांसदहरुलाई धन्यवाद दिँदै प्रधानमन्त्री देउवाले आफ्नो प्राथमिकता खोप नै भएको बताए । उनले अघि भने, ‘हामी ऋण लिएर भए पनि, जति महंगो भए पनि किनेर जनतालाई खोप पुर्‍याउने प्रतिवद्धता पूरा गर्छौं ।’ प्रधानमन्त्रीका रुपमा आफ्नो कार्यकाल एक वर्ष ५/७ महिना मात्र रहने भन्दै उनले यो अवधिमा पनि देखिने गरी काम गर्ने बताए ।

    • प्रकाशित मितिः साउन ८, २०७८
    • 87 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.