राजनीति

    Showing 9,241-9,250 of 10,378 items.
  • राजसंस्था विनाको प्रजातन्त्र सम्भव छैन : पूर्वराजा ज्ञानेन्द्र

    बिर्तामोड / नारायणहिटी राजदरबार छाडेपछि राजनीतिक विषयमा सांकेतिक रुपमा मात्रै आफ्नो विचार प्रकट गर्दै आएका पूर्वराजा ज्ञानेन्द्र शाहले पहिलो पटक मुलुकको राजनीतिका विषयमा आफ्नो मौनता तोडेका छन् ।विजयादशमीको अवसरमा जारी शुभकामना सन्देश मार्फत उनले मुलुकको चिन्ता प्रकट गर्दै राजनीतिक उद्देश्य सहितको आफ्नो धारणा प्रकट गरेका हुन् । जारी सन्देश मार्फत उनले नेपालमा राजसंस्थाबिनाको प्रजातन्त्र टिक्न नसक्ने दावी समेत गरेका छन् ।राजसंस्था समाप्तिको स्मरण गर्दै उनले मुलुकको त्यो बेलाको परिस्थितिले आफूलाई बेग्लै जिम्मेवारी ग्रहण गर्न बाध्य बनाएको भन्दै नेपालमा प्रजातन्त्रविना राजसंस्था र राजसंस्थाबिना प्र

    • प्रकाशित मितिः असोज २६, २०७८
    • 402 पटक पढिएको
  • करछली : ओलीकै संरक्षणमा कोकाकोला माथि भएन कारवाही

    एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको पालामा भएको एनसेल स्तरकै अर्को बहुराष्ट्रिय कम्पनीको कर छलीको विषय पनि गुपचुप बनाईएको सार्वजनिक भएको छ । कोकोकोला सहितका पेय पदार्थ उत्पादन गर्दै आएको बहुराष्ट्रिय कम्पनी बोटलर्स नेपाल लिमिटेडले पनि अर्बौ रुपैया कर छलेको भएपनि सरकारी निकायको संरक्षणमा उन्मुक्ति दिने काम भएको सार्वजनिक भएको हो ।एक वर्ष अघि नै प्रधानमन्त्री कार्यालय मातहतको राजश्व अनुशन्धान विभागले कर छलेको विषयमा अनुशन्धान गरी प्रतिवेदन तयार पारेको भएपनि त्यसै थन्काएर राखिएको सार्वजनिक भएको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्रालय मातहत रहेको विभागलाई प्रधानमन्त्री कार्यालय मातहत

    • प्रकाशित मितिः असोज २६, २०७८
    • 79 पटक पढिएको
  • ‘मोतिपुर घटनाको दोषी ओली सरकार हो’

    बिर्तामोड / सत्तारुढ तीन दलका विद्यार्थी सङ्गठनले मोतीपुर औद्योगिक क्षेत्रमा भएको घटनाको दोषी तत्कालीन ओली सरकार रहेको बताएका छन् । अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, अनेरास्ववियु (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंह र समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रूपनारायण श्रेष्ठले संयुक्त विज्ञप्ति जारी गरी घटनाको दोषी तत्कालीन सरकार भएको बताएका हुन् ।  उनीहरूले घटनाको छानविन गरी दोषीलाई कारबाहीको माग गरेका छन् भने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिन र घाइतेहरूको निःशुल्क उपचार गर्न समेत सरकारको ध्यानाकर्षण गराएका छन् । तत्कालीन सरकारले गत फागुन २१ गते राज्य शक्तिको दुरुपयोग गरी

    • प्रकाशित मितिः असोज २६, २०७८
    • 173 पटक पढिएको
  • विविधतायुक्त विशेषताबीचको एकता हाम्रो मौलिक आयाम : मुख्यमन्त्री पोखरेल

    गण्डकी / गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राजनीतिक परिवर्तनसँगै परम्परागत मूल्य, मानयता, संस्कार र पर्वलाई समयानुकूल बनाउनुपर्ने बताएका छन् । विजयादशमी २०७८ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले मौलिक पर्वहरुभित्र रहेका सकारात्मक र मानवीय जीवनको प्रगति र विकासका लागि मूल्यवान संस्कार प्रवृत्तिहरूको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक विविधतायुक्त सुन्दर राष्ट्र भएको उल्लेख गर्दैै शुभकामना सन्देशमा उनले भनेका छन्, “विविधतायुक्त विशेषताबीचको एकता हाम्रो मौलिक आयाम हो ।”सबै जाति, भाषा संस्कृति र सभ्यत

    • प्रकाशित मितिः असोज २६, २०७८
    • 134 पटक पढिएको
  • सांसदहरुले पाए दसैँ बिदा, प्रतिनिधिसभा बैठक कात्तिक ९ गतेसम्मलाई स्थगित

    बिर्तामोड / हिन्दु नेपालीहरूको पर्व दशैँ शुरु भएसँगै सांसदहरुले पनि दशैँ बिदा पाएका छन् । दशैँ बिदा दिँदै प्रतिनिधिसभाको बैठक दुई साताका लागि स्थगित गरिएको छ । सभामुख अग्निप्रसाद सापकोटाले कात्तिक ९ गते मङ्गलबारसम्मका लागि बैठक स्थगित गरेका छन् भने राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले अर्को सूचना नहुँदासम्मका लागि बैठक स्थगित गरेका छन् ।सोमबारको बैठकमा राष्ट्रपति कार्यालयबाट मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाइएको थियो ।साथै मधेसी आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेस गरिएको छ भने राष्ट्रिय सभामा उत्पति भई प्रतिनिधिसभामा विचाराधीन रहेको रेल्वे विधेयक, २०६७ फिर्ता लिने प्र

    • प्रकाशित मितिः असोज २५, २०७८
    • 112 पटक पढिएको
  • प्रदेश १ प्रदेशसभा बैठकको मिति परिवर्तन

    विराटनगर / प्रदेश नं  १  प्रदेशसभाको नवौँ तथा हिउँदे अधिवेशनको तेस्रो बैठकको मिति परिवर्तन गरिएको छ । यही असोज २२ गतेदेखि सञ्चालन भएको बैठक आइतबार दोस्रो भएको थियो । आज १ बजेका लागि भनिएको बैठकको मिति परिवर्तन गरी आगामी कात्तिक ५ गते शुक्रबार दिनको १ बजे बस्ने प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।प्रदेशसभा सचिव पराजुलीद्वारा आज जारी सूचनामा उक्त बैठक विशेष कारणले प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम मिति परिवर्तन गरिएको जनाए । बैठकको मिति सभामुख प्रदीपकुमार भण्डारीको आदेशानुसार सम्पूर्ण प्रदेशसभाका  सदस्यलाई जानकारीका लागि सूचन

    • प्रकाशित मितिः असोज २५, २०७८
    • 143 पटक पढिएको
  • सुकुम्बासी समस्या दिगो रुपमा समाधान गर्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

    चितवन / जनता समाजवादी पार्टी (जसपा) का सङ्घीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुकुम्बासी समस्या दिगो रुपमा समाधान गर्नुपर्ने बताएका छन् । पत्रकारसँग आज यहाँ कुराकानी गर्दै उनले वास्तविक सुकुमबासीहरूको पहिचान गरी तिनीहरूको समस्या समाधानका लागि सरकारले काम गर्नुपर्ने बताए। उनले भने, –“सुकुम्बासी समस्या समाधानका लागि सरकारको स्पष्ट नीति नहुँदा समस्या आयो ।” आइतबार बुटवलको मोतीपुर औद्योगिक क्षेत्रमा भएको घटना गलत भएको भन्दै उनले सुकुम्बासी समस्या समाधान गर्नतर्फ सरकारले ध्यान केन्द्रित गर्नुपर्ने बताए । उनले थपे, “वास्तविक सुकुम्बासी पहिचान गरौँ, तितर वितर पार

    • प्रकाशित मितिः असोज २५, २०७८
    • 122 पटक पढिएको
  • प्रधानमन्त्री देउवाद्वारा साक्षर गण्डकी प्रदेशस्तम्भ अनावरण

    पोखरा / प्रधानमन्त्री शेरबहादुर देउवाले साक्षर गण्डकी प्रदेश स्तम्भ अनावरण गरेका छन् । गण्डकी प्रदेशको शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयद्वारा पोखरा महानगरपालिका– ९ नयाँबजारस्थित क्षेत्रीय सङ्ग्रहालय परिसरमा निर्मित स्तम्भ एक समारोहबीच प्रधानमन्त्री देउवाले आज अनावरण गरेका हुन् ।गत भदौ ३० मा बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले सबै जिल्ला साक्षर घोषणा भइसकेकाले साक्षर गण्डकी अवधारणापत्र स्वीकृत गरी साक्षर प्रदेश घोषणा गर्ने निर्णय गरेको थियो । घोषणाका लागि लक्षित समूहका ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर हुनुपर्ने प्रावधान छ । प्रदेश सरकारको अघिल्लो नीति तथा कार्यक

    • प्रकाशित मितिः असोज २४, २०७८
    • 112 पटक पढिएको
  • जसपाका प्रदेश –२ का मुख्यसचिव झाद्धारा राजीनामा

    जनपुरधाम / जनता समाजवादी पार्टी (जसपा) का प्रदेश २ का मुख्य सचिव शम्भु झाले पदबाट राजिनामा दिएका छन् । पार्टीमा काम गर्ने आफ्नो योग्यता र क्षमता नभएको भन्दै झाले पदबाट राजिनामा दिएका हुन् । जनता समाजवादी पार्टीको मुख्यसचिव भएर विगत ५ वर्ष दुई महिना सम्म काम गरेको बताउँदै झाले आफू बाँचुन्जेल अन्य कुनै पनि राजनीतिक पार्टीमा नजाने बताएका छन् । उनले आफ्नो कार्यकालका प्रदेश अध्यक्ष रेणु यादव र विजय यादवप्रति सदैव ऋणी रहिरहने समेत बताए । प्रदेश समितिलाई समायोजन गर्न पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव जनकपुरधाम आएको बेला उनले पार्टीबाट राजिनामा दिएका हुन् । पत्रकारिता पृष्ठभ

    • प्रकाशित मितिः असोज २४, २०७८
    • 126 पटक पढिएको
  • लुम्बिनीमा मन्त्रिमण्डल विस्तार हुँदै, आज सपथ

    बुटवल / लुम्बिनी प्रदेशमा नयाँ सरकार बनेको दुई महिना पुग्नै लाग्दा प्रदेश सरकारले आज पूर्णता पाउने भएको छ । प्रदेश प्रमुख अमिक शेरचनको कार्यालयका दिउँसो ३ बजे शपथका लागि तयारी भइरहेको छ ।आज मन्त्रिमण्डल विस्तार गरेर १७ सदस्यीय बनाउन लागिएको हो। जसमा मुख्यमन्त्रीसहित १३ मन्त्री र चार राज्यमन्त्री रहेका छन् । आज विस्तार हुने मन्त्रिमण्डलमा नेकपा एकीकृत समाजवादी पनि सहभागी हुँदै छ। आज कांग्रेसबाट तीन मन्त्री, दुई राज्यमन्त्री, माओवादी केन्द्रबाट दुई मन्त्री, दुई राज्यमन्त्री र नेकपा एकीकृत समाजवादीबाट एकजना मन्त्री हुँदै छन्। नेपाली कांग्रेसका प्रमुख सचेतक फकरुद्धिन खानले कांग्रेसबाट रू

    • प्रकाशित मितिः असोज २४, २०७८
    • 94 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.