काठमाडौं / महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले सरकारले सञ्चालन गर्न लागेको ‘ब्लु बस’ सेवा महिला र पुरुषबीच विभाजन सिर्जना गर्ने वा प्रचारमुखी कार्यक्रम नभई सार्वजनिक यातायातमा महिलाले भोग्दै आएका सुरक्षा जोखिमलाई तत्काल सम्बोधन गर्ने उद्देश्यसहित अघि सारिएको आवश्यक पहल भएको बताएकी छन् । राष्ट्रिय सभाको बिहीबारको बैठकमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै मन्त्री बादीले सार्वजनिक यातायातमा महिलाविरुद्ध हुने यौनजन्य दुव्र्यवहार, असुरक्षा, अत्यधिक भीडभाड तथा अन्य व्यावहारिक कठिनाइलाई मध्यनजर गर्दै ‘ब्लु बस’ सेवा सञ्चालन गर्न लागिएको जानका
काठमाडौं / गृहमन्त्री सुधन गुरुङले मानसिक स्वास्थ्यसम्बन्धी समस्या समाधानका लागि संघ, प्रदेश र स्थानीय तहका सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताएका छन्।बिहीबार राष्ट्रियसभाको बैठकमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै उनले मानसिक स्वास्थ्यलाई सरकारले प्राथमिकतामा राखेर तीनै तहका सरकारको सहकार्यमा योजना अघि बढाइरहेको जानकारी दिए। उनले नेपालले विभिन्न समयमा राजनीतिक तथा सामाजिक उतारचढाव बेहोरेको उल्लेख गर्दै त्यसको असर नागरिकको मानसिक स्वास्थ्यमा पनि परेको बताए। यस्ता चुनौतीलाई सम्बोधन गर्न सरकार योजनाबद्ध रूपमा काम गरिरहेको उनको भनाइ थियो।गृहमन्त्री गुरुङले आत्महत्या रोकथामका ला
काठमाडौं / जय नेपाल पार्टीका अध्यक्ष डा. धवलशमशेर जबराले पार्टीले आफ्ना राजनीतिक एजेन्डा शान्तिपूर्ण आन्दोलन र संसदीय अभ्यासमार्फत अघि बढाउने बताएका छन्।बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले लोकतान्त्रिक प्रक्रिया अपनाउँदै सडक आन्दोलन र संसदीय अभ्यास दुवै माध्यमबाट पार्टीको अभियान सञ्चालन गरिने जानकारी दिए। उनका अनुसार पार्टीले मुलुकको राजनीतिक स्थायित्व, राष्ट्रिय एकता र समृद्धिलाई प्रमुख प्राथमिकतामा राखेर आफ्नो कार्यक्रम अघि बढाउनेछ। जबराले नेपाल विविध जाति, जनजाति, भाषा र धर्मावलम्बीहरूको साझा देश भएकाले सबैलाई समेट्ने राजनीतिक संरचनाको आवश्यकता रहेको धारणा राखे।उनले वर्तमान राजनीतिक
काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशन विवाद फेरि सर्वोच्च अदालत पुगेको छ। पार्टीको नेतृत्व परिवर्तनलाई वैध ठहर गरेको अघिल्लो फैसला उल्ट्याउन शेरबहादुर देउवा र पूर्णबहादुर खड्का समूहले दायर गरेको पुनरावलोकन निवेदनमाथि अब सर्वोच्चको तीन सदस्यीय पूर्ण इजलासले निर्णय गर्ने भएको छ।प्रधानन्यायाधीश डा। मनोज शर्मा नेतृत्वको इजलासले पुनरावलोकनको अनुमति दिने वा नदिने निर्णय गर्नेछ। अनुमति भए मुद्दाको पुनः सुनुवाइ हुनेछ, अनुमति नपाए अघिल्लो फैसला नै अन्तिम हुनेछ। देउवा–खड्का समूहले अघिल्लो फैसला कानुनी सिद्धान्त, पूर्व नजिर र प्रमाणको मूल्यांकनविपरीत भएको दाबी गर्दै विशेष महाधिवेशन बोलाउने अधिकार क
काठमाडौं / भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले नयाँदिल्लीबाट भर्चुअल पत्रकार सम्मेलन गरेपछि भारत–बंगलादेश सम्बन्धमा नयाँ तनाव उत्पन्न हुने संकेत देखिएको छ।हसिनाले सम्मेलनमार्फत आगामी डिसेम्बरमा स्वदेश फर्किने घोषणा गर्दै गिरफ्तारी, कारावास वा मृत्युको जोखिमसमेत स्वीकार गर्न तयार रहेको बताएकी थिइन्। उनले बंगलादेश फर्केर जनताको साथमा उभिने र आफ्नो राजनीतिक अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन्। तर हसिनाले भारतीय भूमिबाट राजनीतिक अभिव्यक्ति दिएको विषयलाई लिएर बंगलादेश सरकारले असन्तुष्टि जनाएको छ।कूटनीतिक स्रोतहरूका अनुसार यस घटनाले दुई देशबीचको सम्बन
काठमाडौं । राजतन्त्र पक्षधर राजनीतिक वृत्तमा नयाँ समीकरणको संकेत देखिएको छ। प्राप्त जानकारीअनुसार डा. धवलशम्शेर राणा नेतृत्वको समूहले नयाँ दलको नाम ‘जय नेपाल पार्टी’ राख्ने निर्णय गरेको छ। स्रोतका अनुसार बुधबार नेता मुकुन्दश्याम गिरीको अध्यक्षतामा बसेको बैठकले आगामी २८ साउनमा निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको हो।आन्तरिक तयारीअनुसार पार्टीको सभापतिमा डा. धवलशम्शेर राणा रहनेछन् भने व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई सर्वोच्च नेता को भूमिकामा राख्ने समझदारी बनेको बताइएको छ। सचिवालय प्रमुख सगुनसुन्दर लावतीले यसबारे जानकारी दिएको स्रोतले जनाएको छ।राजनीतिक विश्लेषकहरूका अनुसार यदि यो
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा हुने पार्टीको केन्द्रीय महाधिवेशनलाई व्यवस्थित, भव्य र प्रभावकारी बनाउन विभिन्न समितिहरू गठन गर्ने निर्णय गरेको छ ।राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार बैठकले आसन्न महाधिवेशनको तयारीसँगै प्रदेश सरकारबारे पार्टीको धारणा समेत स्पष्ट गरेको छ ।बैठकले वर्तमान अवस्थामा राप्रपा कुनै पनि प्रदेश सरकार गठनसम्बन्धी सत्ता राजनीतिको गणितीय चलखेलमा सहभागी नहुने र त्यसप्रति लालायित पनि नरहेको निष्कर्ष निकालेको छ । प्रदेश सरकारहरू नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाबीचको सहमति
काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले पार्टीभित्रको एकता र संगठन सुदृढीकरणमा जोड दिएका छन् । ‘देश र कांग्रेस जोड्ने अभियान’ अन्तर्गत आयोजित एकता, सद्भाव र विमर्श कार्यक्रममा बोल्दै महरले कांग्रेसलाई एकताबद्ध, सशक्त र जनमुखी पार्टी बनाउनुपर्ने बताएका हुन् ।उनले कांग्रेसका लाखौँ नेता–कार्यकर्ताले वडा सदस्यदेखि प्रधानमन्त्रीसम्मको जिम्मेवारी लिने सपना बोकेर पार्टीमा योगदान गरिरहेको उल्लेख गर्दै सबैको साझा उद्देश्य जनताको सेवा र पार्टीको उद्देश्य पूरा गर्नु रहेको बताए ।‘सबैलाई मन्त्री वा प्रधानमन्त्री बन्ने चाहना मात्रै छैन । वडा सदस्य भएर पनि आफ्नो समाजमा सम्मान कमाउँदै जनताको समृद्धिमा
काठमाडौं । वर्षौंदेखि ‘विकास’को नाममा चल्दै आएको सांसदको बजेट राजनीति अन्ततः सर्वोच्च अदालतको संवैधानिक संवैधानिक इजलासले सदाका लागि रोक लगाईदिएको छ ।जनताको करबाट उठेको बजेटलाई आफ्नो निर्वाचन क्षेत्रमा बाँड्ने, योजना छान्ने र कार्यान्वयनमा समेत प्रभाव जमाउने अभ्यासलाई सर्वोच्च अदालतले संविधानविपरीत मात्रै भनेन, त्यसलाई 'स्वार्थको द्वन्द्व' को स्पष्ट उदाहरणसमेत ठहर गरेको छ। सांसदले गर्ने काम कानुन बनाउने र सरकारको निगरानी गर्ने हो, बजेटको मालिक बन्ने होइन भन्ने सन्देश अदालतले आफ्नो पूर्ण फैसलामार्फत दिएको छ।संवैधानिक इजलासले सांसद आफैंले राष्ट्रिय योजना आयोग, प्रदेश योजना आयोग वा सम्
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले नेपालको न्यायपालिका र सङ्क्रमणकालीन न्यायबारे टिप्पणी गरेका अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरूमाथि कडा असन्तुष्टि जनाएकी छन्। सरकारले कुनै समन्वय नै नगरी सार्वजनिक गरिएका धारणा तथ्यहीन, भ्रमपूर्ण र नेपालको सार्वभौमिकतामाथिको हस्तक्षेप भएको उनको आरोप छ।संसद्को कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा बोल्दै मन्त्री गौतमले न्यायाधीशमाथि महाअभियोग लगाउने तयारी भइरहेको भन्ने अन्तर्राष्ट्रिय संस्थाहरूको दाबीलाई ’कपोलकल्पित’ भन्दै त्यसको प्रमाण सार्वजनिक गर्न चुनौती दिइन्। सरकारसँग कुनै तथ्य वा छलफल नगरी यस्ता निष्कर्ष निकाल्नु
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.