राजनीति

    Showing 8,961-8,970 of 9,662 items.
  • आज मन्त्रिपरिषद् बैठक बस्दै

    काठमाडौं / आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा  बस्न लागेको हो । आजको बैठकमा समसामयिक विषयवस्तु र दैनिक प्रशासनिक काम कारबाहीबारे छलफलसहित आवश्यक निर्णय हुने सरकारका प्रवक्ता तथा कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । 

    • प्रकाशित मितिः साउन ११, २०७८
    • 147 पटक पढिएको
  • महन्थ ठाकुरको रिटमा सर्वोच्चद्धारा अन्तरिम आदेश दिन अस्वीकार

    काठमाडौँ / जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश कुमार रेग्मीको इजलासले यस विषयमा दुबै पक्षलाई साउन १५ गते छलफलका लागि बोलाउने फैसला गरेको छ । आजको इजलासले निर्वाचन आयोगको निर्णयको सक्कल प्रति पनि मगाएको छ । जसपाको आधिकरिकता विवाद निरुपण गर्न निर्वाचन आयोगले साउन ११ गते सबै कार्यकारिणी समिति सदस्यलाई उपस्थित हुन आदेश दिएको छ । उक्त निर्णयविरुद्ध ठाकुर सर्वोच्च पुगेका हुन् ।

    • प्रकाशित मितिः साउन १०, २०७८
    • 94 पटक पढिएको
  • स्वास्थ्य राज्यमन्त्रीमा सांसद श्रेष्ठ नियुक्त

    काठमाडौँ / राष्ट्रपति विद्यादेवी भण्डारीले सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीमा नियुक्त गरेकि छन् । नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम उनले प्रधानमन्त्री शेरबहादुर देउवाका सिफारिसमा नेपाली कांग्रेसका सांसद श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेकि हुन् । राष्ट्रपतिले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीसँगै रहनेगरी गत असार २९ गते गठित मौजुदा मन्त्रिपरिषद्मा प्रतिनिधिसभा सदस्य श्रेष्ठलाई सो मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोक्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । 

    • प्रकाशित मितिः साउन १०, २०७८
    • 110 पटक पढिएको
  • पार्टी एकतालाई कसैले रोक्न सक्दैन : नेता ज्ञवाली

    काठमाडौँ  / नेकपा (एमाले)का स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले पार्टी एकतालाई कसैले चाहेर पनि रोक्न नसक्ने बताएका छन् । उनले संयुक्त कार्यदलले तयार पारेको दश बुँदे कार्यदिशा अनुसार नै पार्टी एकढिक्का भएर अघि बढ्ने बताएका हुन् । प्रेस चौतारी नेपालले आज सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले केही व्यक्तिको अहमताले पार्टीलाई कमजोर बनाउने र गठबन्धन सरकारसँग सहयात्रा गर्दै पार्टी प्रणालीलाई नै कमजोर बनाउने खेल खेलेको टिप्पणी गरेका छन् ।नेता ज्ञवालीले अस्वभाविक गठबन्धनबाट निर्माण भएको वर्तमान सरकार निर्माण हुनुमा पनि एमालेभित्रका केही ठूला नेताको मुख्य भूमिका रहेको बताएका छ

    • प्रकाशित मितिः साउन १०, २०७८
    • 105 पटक पढिएको
  • बाटो बिराएकालाई फर्केर आउन अध्यक्ष ओलीको आग्रह

    काठमाडौँ / नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बाटो बिराएकालाई फर्केर आउन आग्रह गरेका छन् ।अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) को सचिवालयको प्रथम बैठकलाई आज  भर्चुअल सम्बोधन गर्दै उनले सो आग्रह गरेका हुन् ।     “बाटो बिराएकालाई पनि फर्केर आउन आग्रह गर्छु, पार्टीको नीति र सिद्धान्तअनुसार चल्नुपर्छ”, उनले भने, “पार्टीलाई स्वार्थ र विकाउमा नलगाउ, देशको सबैभन्दा बढी जनसङ्ख्या एमालेमा छन्, परिपक्क राजनीतिक पार्टी हो, यो देशको मुख फेर्ने पार्टी हो ।” पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले पार्टीलाई नमूना बनाई सुशासन र विकासका लागि काम  गर्नुपर्नेमा जोड दिएका

    • प्रकाशित मितिः साउन १०, २०७८
    • 85 पटक पढिएको
  • एमाले कार्यदललाई सहयोग गर्न तेस्रोधार

    बिर्तामोड / नेकपा एमालेको आन्तरिक एकता कायम गर्न सक्रिय १० सदस्यीय कार्यदललाई बल प्रदान गर्न तेस्रो पुस्ता जन्मिएको छ ।एमालेको दुवै समूहमा रहेका सांसदहरुको एकता अभियान भित्रभित्रै सक्रिय भएको छ । अभियानले १० सदस्यीय कार्यदलका नेताहरुसँग आज एमालेका सांसदहरुले छलफल गर्ने भएका छन् ।एमाले विभाजन हुन नदिन र पार्टीमा सुदृढ एकता कायम गर्न गठित सांसदहरुको अनौपचारिक अभियानले कार्यदललाई सहमतिमा पुग्न दबाब दिने भएका छन् । सांसद तथा एमाले पर्वतका अध्यक्ष पदम गिरीले १० बुँदे सहमति मान्दिन भन्ने नेताहरुलाई कार्यदलले क्रस गर्न सक्छ कि सक्दैन भनेर आफूहरु प्रष्ट हुन चाहेको बताएका छन् ।अभियानमा सक्रिय एक सांसदल

    • प्रकाशित मितिः साउन १०, २०७८
    • 95 पटक पढिएको
  • पौडेल पक्षको बैठक आज कोइराला निवासमा

    काठमाडौँ / नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आज बैठक बोलाएको छ ।  मध्यान्ह १२ बजेपछिलाई महामन्त्री शशांक कोइरालाको निवासमा बैठक बोलाईएको हो । १४ औं महाधिवेशन तयारी र क्रियाशील सदस्यतामा देखिएका विवादबारे छलफलमा केन्द्रित हुने कोइरालाका स्वकीय सचिव भरत तिवारीले बताएका छन् । यस्तै साउन १२ का लागि तोकेको वडा अधिवेशन स्थगित भएपछि अब कहिले अधिवेशन गर्ने भन्नेबारे रणनीति तय गर्न छलफल गर्न लागिएको छ ।वरिष्ठ नेता पौडेल, महामन्त्री कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरू रामशरण महत, अर्जुननरसिंह केसी, मिनेन्द्र रिजाललगायतलाई बोलाइएको आजको

    • प्रकाशित मितिः साउन १०, २०७८
    • 102 पटक पढिएको
  • संविधानको रक्षा, कानूनको पालनामा जोड दिन्छौँ : महासचिव

    काठमाडौँ / नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले संविधानको रक्षा, कानूनको पालना, शान्तिपूर्वक प्रतिस्पर्धाको राजनीतिमा जोड दिने बताएका छन् । राष्ट्रिय युवा सङ्घको युथफोर्स काठमाडौँ उपत्यका कमाण्ड घोषणा तथा शपथग्रहण समारोहलाई सम्बोधन गर्दै उनले संविधानको रक्षा, कानूनको पालना र प्रतिस्पर्धाको राजनीतिलाई कमजोर बनाउनेसँग पार्टीले सम्झौता नगर्ने बताएका छन् ।उनले शान्तिपूर्व राजनीतिक प्रतिस्पर्धामा विश्वास गर्ने पार्टी भएकाले त्यसविरुद्ध जान नसकिने धारणा राखे । “शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धाको विरुद्ध कोही जान्छ भने त्यसलाई कामजोर बनाउन र संवैधानिक प्रक्रियालाई अवरोध गराउन खोज्दछन् भने हाम्रो य

    • प्रकाशित मितिः साउन ९, २०७८
    • 193 पटक पढिएको
  • महन्थ ठाकुर र विप्लवबीच भेटवार्ता

    काठमाडौँ / प्रतिबन्ध फुकुवा भएपछि खुला राजनीतिमा आएको नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्त ठाकुरलाई भेटेका छन्। शनिबार विप्लव र पार्टीका नेता खड्कबहादुर विश्वकर्म ‘प्रकाण्ड’ अध्यक्ष ठाकुरलाई भेट्न उनकै निवास पुगेका हुन् । भेटमा पछिल्लो राजनीति घटनाबारे कुरा भएको बताइएको छ ।विप्लवले पछिल्लो समय विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटघाट गरिरहेका छन् ।

    • प्रकाशित मितिः साउन ९, २०७८
    • 104 पटक पढिएको
  • कांग्रेसको वडा अधिवेशन हालका लागि स्थगित

    काठमाडौँ / देशभर १२ साउनमा तोकिएको नेपाली कांग्रेसको वडा अधिवेशन शनिबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले हालका लागि स्थगित गर्ने निर्णय गरेको छ । अधिवेशन अब कहिले गर्ने भन्ने निर्णय हुन बाँकी रहेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् । प्रवक्ता शर्माले महाधिवेशन कार्यतालिका प्रभावित भएपनि भदौ १६ देखि सुरु हुने केन्द्रीय महाधिवेशनका बारेमा कुनै निर्णय नभएको बताए । उनले भने, ‘वडा अधिवेशन स्थगन हुनुको अर्थ केन्द्रीय महाधिवेशन पनि सर्छ भन्ने होइन । अहिले केन्द्रीय महाधिवेशनको मिति यथावत नै छ ।’वडा अधिवेशन स्थगन भएसँगै कांग्रेसको महाधिवेशन कार्यतालिका प्रभावित भएको छ । कांग

    • प्रकाशित मितिः साउन ९, २०७८
    • 173 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.