राजनीति

    Showing 7,571-7,580 of 10,368 items.
  • संघीय चुनावबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए आयोगका पदाधिकारी

    काठमाडौँ / प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख निर्वाचन आयुक्त तथा निर्वाचन आयोगका पदाधिकारीहरूलाई बालुवाटार बोलाएका छन् ।प्रदेशसभा र प्रतिनिधिसभाको आगामी चुनावका बारेमा छलफल गर्न प्रधानमन्त्री देउवाले आज अपराह्न ४ बजे आयोगका पदाधिकारीहरूलाई आफ्नो निवास बालुवाटार बोलाएका हुन् ।आयोगका अनुसार उनीहरूबीच प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव कहिले र कसरी गर्ने भन्ने विषयमा छलफल हुनेछ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ३० कात्तिकको मिति प्रस्ताव गर्ने निष्कर्षमा आयोग पुगेको छ ।त्योभन्दा ढिलो गरे हिमाली भेगमा निर्वाचन गराउन कठिन हुने आयोगको भनाइ छ । त्यसैगरी असार मसान्तभित्र सरकारबाट निर्वाचनक

    • प्रकाशित मितिः असार २१, २०७९
    • 102 पटक पढिएको
  • प्रदेश १ की नवनियुक्त प्रदेशसभा सदस्य बस्नेतले लिइन् सपथ

    विराटनगर /  नेकपा एमालेबाट प्रदेश नं १ मा समानुपातिकतर्फ निर्वाचित हिमादेवी बस्नेतले पद तथा गोपनीयताको सपथ लिएकी छन्। आज सभामुख प्रदीपकुमार भण्डारीले बस्नेतलाई शपथ खुवाएका हुन् । प्रदेश सांसदको कार्यकाल चार महिना बाँकी रहँदा बस्नेत प्रदेश –१ सांसदमा नियुक्त भएकी हुन् । एमाले सांसद गुलेफुन खातुन सरकारी कागजात र दस्तखत किर्ते मुद्दामा दोषी  ठहर भएपछि रिक्त रहेको सो स्थानमा निर्वाचन आयोगले समानुपातिक कोटाबाट सांसद पदमा बस्नेतलाई नियुक्त गरेको हो । 

    • प्रकाशित मितिः असार २१, २०७९
    • 113 पटक पढिएको
  • माओवादी केन्द्रको बैठक स्थगित

    काठमाडौं  / नेकपा माओवादीको केन्द्रको जारी केन्द्रीय समितिको बैठक स्थगित भएको छ । आज बिहान ११ बजे बस्ने भनिएको बैठक स्थगित गरिएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।महराका अनुसार आज स्थगित भएको बैठक भोलि (बुधवार) १ बजे बस्नेछ । आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यसूची थियो ।

    • प्रकाशित मितिः असार २१, २०७९
    • 114 पटक पढिएको
  • जसपाका नवनियुक्त मन्त्रीले लिए सपथ, आजबाटै सम्हाले कार्यभार

    काठमाडौं  / जनता समाजवादी पार्टी (जसपा)का नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा नवनियुक्त मन्त्रीहरूले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका हुन्।प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार बिहान जसपाका तीन मन्त्री परिवर्तन गर्दै भौतिक पूर्वाधार मन्त्रीमा इस्तियाक राई, कृषि मन्त्रीमा मृगेन्द्र यादव र वन मन्त्री प्रदीप यादवलाई जिम्मेवारी दिएका थिए । सपथ लगत्तै उनीहरूले सोमबारै मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन् ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठबाहेक जसपाले मन्त्रीहरू

    • प्रकाशित मितिः असार २०, २०७९
    • 118 पटक पढिएको
  • एसपीपी अगाडि बढाउन निर्देशन दिएको प्रमाण पेस गर्न अध्यक्ष ओलीको चुनौती

    काठमाडौं  / नेकपा (एमाले) का अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) आफू प्रधानमन्त्री भएकाबेला नपठाइएको बताएका छन् । प्रतिनिधिसभाको सोमबार बसेको बैठकको विशेष समयमा बोल्दै अध्यक्ष ओलीले आफूले पठाएको कुनै प्रमाण भए पेश गर्न सत्ता गठबन्धनका नेताहरूलाई चुनौति समेत दिएका छन् ।  यसअघि आफू प्रधानमन्त्री भएकाबेला त्यो सहमति भएको भन्ने आरोप सत्तापक्ष दलका नेताहरूले निरन्तर लगाएपछि आफूले सो विषय बोल्नुपरेको अध्यक्ष ओलीले बताए ।आर्थिक वर्ष २०७९/८० बजेटले जनतालाई मार्का पारेको चर्चा गर्दै ओलीले बजेट तयारी प्रक्रिया नै मूल्यमान्यता विपरित रहेको दावी

    • प्रकाशित मितिः असार २०, २०७९
    • 99 पटक पढिएको
  • जसपाद्धारा सांसद यादवसहित दुई जना पार्टीबाट निष्कासन

    काठमाडौँ / जनता समाजवादी पार्टी (जसपा) ले मधेश प्रदेशका सांसद कौशलकुमार यादवसहित दुई जनालाई पार्टीबाट निष्कासन गरेको छ।गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा अन्तरघातको आरोप लागेका यादवसहित संघीय शिक्षक फोरमका महोत्तरी जिल्ला अध्यक्ष कौशलकुमार यादवलाई निष्कासन गरेको हो। महोत्तरी जिल्ला कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले उनीहरूलाई साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको पार्टीका जिल्ला अध्यक्ष रामप्रकाश यादवले जानकारी दिए । यादव महोत्तरी क्षेत्र नम्बर ४ को (क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।

    • प्रकाशित मितिः असार २०, २०७९
    • 135 पटक पढिएको
  • मन्त्रिपरिषद् हेरफेर : जसपाका तीन मन्त्री फिर्ता, नयाँ मन्त्रीको शपथ ग्रहण आजै

    काठमाडौँ / जनता समाजवादी पार्टी नेपाल (जसपा) का तीन मन्त्री हेरफेर भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा जसपाबाट मन्त्री भएका पुराना चारमध्ये तीन जनालाई फिर्ता पठाइ नयाँ तीन मन्त्री थपेर मन्त्रिपरिषद् हेरफेर र कार्यविभाजन गरेकी हुन्जसपाले भौतिक पूर्वाधार मन्त्रीमा रेनु यादवलाई फिर्ता बोलाएर मोहम्मद इस्तियाक राईलाई पठाएको छ। त्यस्तै कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवलाई फिर्ता बोलाएर मृगेन्द्रकुमार सिंह यादव नियुक्त भएका छन्।त्यस्तै वनमन्त्री रहेका रामसहाय प्रसाद यादवलाई फिर्ता बोलाएर प्रदीप यादवलाई उक्त मन्त्रालयको जिम्मेवारी द

    • प्रकाशित मितिः असार २०, २०७९
    • 113 पटक पढिएको
  • माओवादी केन्द्रको केन्द्रीय समिति बैठक जारी

    काठमाडौं / नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक जारी रहेको छ। आइतबारदेखि काठमाडौंको कमलादीमा सुरु भएको बैठकले सोमबार पनि निरन्तरता पाएको हो। आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको १० पाने राजनीतिक प्रतिवेदनमा खुला छलफल भइरहेको छ । बैठकका लागि अध्यक्ष दाहालले विभिन्न आठ वटा अजेन्डा प्रस्तुत गरेका थिए। याे पनि –माओवादीले टुंग्यायो ३७३ केन्द्रीय सदस्य (सूचीसहित)

    • प्रकाशित मितिः असार २०, २०७९
    • 94 पटक पढिएको
  • संसदमा सम्बोधन गर्दै एमाले अध्यक्ष ओली

    काठमाडौँ  / प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने भएका छन् ।प्रमुख सचेतक विशाल भट्टराईका अनुसार ओलीले अमेरिकाद्वारा प्रस्तावित स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता लगायत विषयमा धारणा राख्न सभामुखसँग समय लिएका हुन् ।एसपीपी सम्झौता आफ्ना पालामा भएको भनेर सत्तापक्षले छरेको भ्रमलाई अध्यक्ष ओलीले स्पष्ट पार्ने सचेतक भट्टराईको भनाइ छ ।यस्तै अर्थ मन्त्रालयबाट बजेटका सूचना चुहाइएको सिसिटिभी फुटेज मेटाइएको विषय र अन्य समसामयिक राजनीतिक परिस्थितिका बारेमा अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको भट्टराईले जानकारी दिए।प्रतिनिधिसभाको बै

    • प्रकाशित मितिः असार २०, २०७९
    • 108 पटक पढिएको
  • सातै प्रदेशमा प्रशिक्षण कार्यक्रम गर्दै एमाले

    काठमाडौं / नेकपा एमालेले सातै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । त्यसका लागि कमाण्डरहरु समेत तोकिएको छ । आइतबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले प्रशिक्षणका लागि सातै प्रदेशमा कमान्डर तोकेको हो । एमाले प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङका अनुसार प्रदेश १ मा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, मधेस प्रदेशमा उपाध्यक्ष सुरेन्द्र पाण्डे, बागमती प्रदेशमा विष्णु पौडेल, गण्डकी प्रदेशमा अष्टलक्ष्मी शाक्य, लुम्बिनी प्रदेशमा सुवास चन्द्र नेम्वाङ, कर्णालीमा रामबहादुर थापा र सुदूरपश्चिममा युवराज ज्ञवालीलाई संयोजनको जिम्मेवारी तोकेको हो । त्यस्तै एमालेले स्थानीय निर्वाचन

    • प्रकाशित मितिः असार २०, २०७९
    • 90 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.