विराटनगर / नेपाली कांग्रेस मोरङका पूर्वसभापति अशोक कोइरालाको गए राति १ बजे निधन भएको छ । उहाँको निधन विराटनगरस्थित न्यूरो अस्पतालमा निमोनियाको उपचारका क्रममा भएको कांग्रेस निर्वाचन क्षेत्र ४ मोरङका सचिव सन्तनु रेग्मीले जानकारी दिएका छन्।कांग्रेसका प्रखर नेता कोइराला २०४६ सालको राजनीतिक परिवर्तनपछि विराटनगर उपमहानगरपालिकाको प्रमुखमा विजयी भएका थिए भने संविधानसभाको दोस्रो निर्वाचनमा मोरङको निर्वाचन क्षेत्र नं ४ बाट निर्वाचित भएका थिए । पचहत्तर वर्षीय कोइरालाका एक छोरा, एक छोरी र श्रीमती छन् । उनको आजै दिउँसो १ बजे शवयात्रा निकाल्ने कांग्रेसको पार्टी कार्यालय पुगेर एक घण्टा श्रद्धाञ्जलि व्यक
काठमाडौँ / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभामा तीन प्रस्ताव दर्ता गराएको छ । कांग्रेस सांसदले मंगलबार सङ्घीय संसद् सचिवालयमा दुई जरुरी सार्वजनिक महत्वका र एक सङ्कल्प प्रस्ताव दर्ता गराएका हुन् । महिला तथा बालवालिकामाथि भएका हिंसा न्यूनीकरण गर्न जरुरी सार्वजनिक महत्वका विषयमा गृहमन्त्रीको ध्यानाकर्षण गराउन प्रस्ताव दर्ता गराइएको छ । सरकारलाई महिलामाथिको हिंसा सम्बोधन गर्न न्यूनीकरण गर्न सदनले सरकारलाई मार्गनिर्देशन गर्न अपरिहार्य भएको जनाउँदै ध्यानाकर्षण प्रस्ताव पेश गरिएको हो । गृह मन्त्रालयसँग सम्बन्धित उक्त प्रस्ताव कांग्रेस सांसद डा डिला सङ्ग्रौला,
बिर्तामोड / नेपाली कांग्रेसका युवानेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ । नर्भिक इन्टरनेशनल हस्पिटलका प्रमुख कर्पोरेट कम्युनिकेशन एण्ड पिआर डिपार्टमेन्ट सोमनाथ बाँस्तोलाले आज विज्ञप्ति जारी गरी मस्तिष्काघात भई उपचार गराइरहनुभएका जोशीको अवस्था गम्भीर रहेको जानकारी दिए । उनका अनुसार जोशीलाई हाल भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको छ । केही सञ्चारमाध्यमले जोशीका बारेमा भ्रामक समाचार सम्प्रेषण गरेपछि अस्पतालले विज्ञप्ति निकालेर उहाँको अवस्थाबारे जानकारी गराएको हो ।विज्ञप्तिमा केही दिनको उपचारपछि उहाँको अवस्थामा सुधार आएको तर अहिले भने अवस्था गम्भीर भएको जनाइएको छ ।
बिर्तामोड / प्रतिनिधिसभाको मंगलबारको बैठकले सभामुखका अनुपस्थितिमा अध्यक्षता गर्ने सदस्यको नाम मनोनयन गरेको छ । सभामुखका अनुपस्थितिमा डा डिला सङ्ग्रौला, मानबहादुर विक, राधाकुमारी ज्ञवाली, रेखा शर्मा, रेणुकुमारी यादव, लालबाबु पण्डित र सोमप्रसाद पाण्डेयको नाम प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्य मनोनयन गरिएको हो ।
बिर्तामोड / प्रतिनिधिसभाको आजको बैैठकले तत्कालीन संविधानसभा सदस्य दिनेशचन्द्र यादवका निधनमा शोक प्रस्ताव पारित गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले पूर्व खानेपानी तथा सरसफाइ राज्यमन्त्री यादवका निधनमा प्रस्तुत गर्नुभएको शोक प्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको हो । बैठकमा यादवप्रति श्रद्धाञ्जलि अर्पण गर्दै एक मिनेट मौनधारण गरिएको थियो । उहाँको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको छ । उहाँ विसं २०७० को संविधानसभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का तर्फबाट बाँके क्षेत्र नं २ बाट निर्वाचित हुनुहुन्
बिर्तामोड / जिल्ला प्रशासन कार्यालयले भ्रष्टाचार न्यूनीकरण गर्न सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग पु¥याउन आह्वान गरेको छ । आपसि सहकार्य र समन्वयबाट मात्र भ्रष्टाचार न्यूनीकरण हुने कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले जिल्लाका सरोकार पक्षसँग सोमबार परिचयात्मक तथा छलफल आयोजना गरी सो आग्रह गरेका हुन् । उनले आमनागरिकले महसुस गर्ने गरी जिल्लामा शान्तिसुरक्षाको प्रबन्ध मिलाउने र जिल्लाको समग्र विकासका लागि सबै क्षेत्रसँग समन्वय र छलफल गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । छलफल कार्यक्रममा सहभागी स्थानीय तहका प्रमुख, राजनीतिक दलका प्रतिन
काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । प्रतिनिधि सभा बैठक मंगलबार दिउँसो १ बजे बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने भएको हो।आज बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय भएका छन्। सोमबार कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो। यसअघि सरकारले विभिन्न अध्यादेश पेश गर्न लागेपछि प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध गरेपछि केहीबेर स्थगित गरिएको बैठक आजका लागि राखिएको थियो ।प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्ने निर्णयलाई सर्वोच्चले बदर गरिदिएपछि पुनर्स्थापित संसदको यो तेस्रो पटक बस्ने बैठक हो। सरकारले अध्यादेश पेश गर्नेलगायत विजनेश नदिएकोले आज लामो समय प्रतिनिधि सभा बैठक
बिर्तामोड / राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम निर्देशक समितिको बैठकले उक्त कार्यक्रमका लागि प्राप्त आवेदनलाई छनोट गरी तत्काल कार्यान्वयन गर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा सोमबार भएको बैठकले अत्यावश्यक र प्राथमिकताका आधारमा बजेट बाँडफाँट गर्न निर्देशन दिएको हो । सो कार्यक्रमका लागि आह्वान गरिएको नयाँ सूचनाअनुसार आवेदन दिने विद्यालयको सङ्ख्या पाँच हजार ३९३ पुगेको छ । शिक्षा विकास तथा मानव स्रोत केन्द्रले आवेदन माग गरेअनुसार ६७७ स्थानीय तहबाट निर्णय भएका आवेदन प्राप्त भएको जनाएकोे छ । अझै ७६ स्थानीय तहले निवेदन दिन बाँकी छ । सो
बिर्तामोड / उपभोक्ता अधिकारका बारेमा सशक्त कानून भए पनि त्यसको कार्यान्वयन भने फितलो भएको पोखरामा आयोजित एक कार्यक्रमा सहभागीले बताएका छन् । विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा उपभोक्ता मञ्च गण्डकीद्वारा सोमबार पोखरामा आयोजित सरोकारवालासँगको अन्तक्र्रिया कार्यक्रममा सहभागीले नीति, नियम र कानून भए पनि व्यवहारमा नदेखिँदा उपभोक्ता ठगिने प्रवृत्ति बढिरहेको गुनासो गरेका हुन् ।कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा महेश्वर ढकालले उपभोक्ता अधिकारका लागि सबैले आ–आफ्नो स्थानबाट प्रयास गरे सफल हुने जनाउँदै स्थानीय सरकारको भूमिका अझ बढी हुने बताएका छन् । उनले राष्ट्रबाट के प
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.