राजनीति

    Showing 7,441-7,450 of 10,368 items.
  • कांग्रेस नेता निधि दिल्ली प्रस्थान

    काठमाडौं / कांग्रेस नेता विमलेन्द्र निधि दिल्ली प्रस्थान गरेका छन् ।उनी भदौ १५ गते स्वदेश फर्किने छन् । साउनमा भएको भारत भ्रमणका क्रममा निधिले अयोध्यामा निर्माण हुने राम मन्दिरमा रामको धनुष राख्ने प्रस्ताव गरेका थिए ।यो प्रस्ताव राममन्दिर पुनर्निर्माण समितिले विदेश मन्त्रालयमा पठाएकाले छलफलका लागि उनी भारत गएको बुझिएको छ ।निधिले जनकपुर र अयोध्याबीच धार्मिक, सांस्कृतिक र कूटनीतिक सम्बन्ध विस्तारका लागि पहल गरिरहेको छन् ।

    • प्रकाशित मितिः भदौ ९, २०७९
    • 104 पटक पढिएको
  • एकीकृत समाजवादीद्वारा ताप्लेजुङमा उम्मेदवार सिफारिस

    ताप्लेजुङ / मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आफ्नो उम्मेदवारको टुङ्गो लगाएको छ ।एकीकृत समाजवादीका जिल्ला अध्यक्ष छिरिङ लामाका अनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ हर्क यक्सो, कल्पना तुम्बाहाम्फे र मुकुन्द भट्टराईको नाम सिफारिस गरिएको छ । यस्तै प्रतिनिधिसभाको समानुपातिकतर्फ अम्बिका राजभण्डारी, डम्बरबहादुर तुम्बाहाम्फे र त्रिलोचन गुरागाइँलाई सिफारिस गर्ने निर्णय भएको अध्यक्ष लामाले बताए ।यस्तै प्रदेशसभा (क) को प्रत्यक्षतर्फ शम्भु गौतम, सुनिता मादेन र डालकुमार गुरुङ तथा प्रदेशसभा (ख)को प्रत्यक्षतर्फ खेमबहादुर वनेम, मञ्जु प

    • प्रकाशित मितिः भदौ ९, २०७९
    • 165 पटक पढिएको
  • समाजवादीका प्रदेश अध्यक्षद्वारा पार्टी परित्याग

    कञ्चनपुर / नेकपा एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेश अध्यक्ष विक्रमबहादुर शाहीले पार्टी परित्यागको घोषणा गरेका छन् । शाही समाजवादीका प्रभावशाली नेता हुन् । यसअघि एमालेको केन्द्रीय सदस्य रहेका शाही पार्टी विभाजनपछि समाजवादी तर्फ लागेका थिए । प्रधानमन्त्री शेरबहादुर देउवासँग यसअघि निर्वाचन लडेका शाही तत्कालीन एमालेभित्र लाभको पद प्राप्त नगर्ने नेतामध्ये एक हुन् । उनले विगत ५–६ महिनादेखि पार्टी काम छाडेर निष्क्रिय रहेको भन्दै आजबाट कुनै दलसँग आवद्ध नरहेको घोषणा गरेका छन् ।सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले भनेका छन्, ‘ २०५४ सालमा वामदेवले “फुट्बाट पनि शक्ति प्राप्त हुन्छ “ भन्

    • प्रकाशित मितिः भदौ ९, २०७९
    • 146 पटक पढिएको
  • समाजवादी युवा संघको अध्यक्षमा हेमन्त राई

    काठमाडौँ / जनता समाजवादी पार्टी (जसपा)को भातृ संगठन समाजवादी युवा संघ नेपालको केन्द्रीय अध्यक्षमा हेमन्त राई चयन भएका छन् ।जनकपुरमा हालै सम्पन्न समाजवादी युवा संघको प्रथम राष्ट्रिय भेलापछि त्यसैको संयोजनमा बसेको केन्द्रीय समिति बैठकले राईको नेतृत्वमा २५ पदाधिकारीसहित ६१ सदस्यीय नयाँ समिति गठन गरेको हो ।विभिन्न सामाजिक संस्थामा आबद्ध राई हाल आदिवासी जनजाति युवा महासङ्घको अध्यक्ष, किरात राई यायोक्खाका केन्द्रीय सचिव तथा शैक्षिक विभाग प्रमुख र एसिया प्यासिफिक युथ प्लाटफर्ममा उपाध्यक्ष छन् ।त्यस्तै वरिष्ठ उपाध्यक्षमा संजिव कुमार यादव, निरज प्रधान र जितेन्द्र महरा चयन भएका छन् । उपाध्यक्षमा क्रमश अ

    • प्रकाशित मितिः भदौ ८, २०७९
    • 163 पटक पढिएको
  • एमाले अध्यक्ष ओली र अमेरिकासहित ४ देशका राजदूतबीच भेटवार्ता

    काठमाडौँ  / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग अमेरिकासहित ४ देशमा राजदूतले भेटवार्ता गरेका छन् ।बुधबार बिहान एमाले पार्टी कार्यालय पुगेर अमेरिका, स्वीट्जरल्याण्ड, अष्ट्रेलिया र बेलायतका राजदूतहरूले अध्यक्ष ओलीसँग भेटवार्ता गरेका हुन् । उनीहरूबीच सङ्क्रमणकालीन न्याय सम्बन्धी विषयमा छलफल भएको बताइएको छ । सङ्क्रमणकालीन न्याय सम्बन्धी विषयलाई निष्कर्षमा पुर्‍याउने उद्देश्यले सरकारले विधेयक ल्याउन लागेपछि पश्चिमा देशका राजदूतहरूले सक्रियता बढाएका हुन् ।अमेरिकासहित पश्चिमा मुलुक नेपालको शान्ति प्रक्रिया टुंग्याउने नाममा गम्भीर मानव अधिकार हननमा संलग्नहरूलाई आममाफी दिन नहुने पक्षमा दे

    • प्रकाशित मितिः भदौ ८, २०७९
    • 151 पटक पढिएको
  • कांग्रेस नेता सिटौलालाई कोरोना संक्रमण

    झापा / नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्यमा समस्या आएपछि मंगलबार राति हेम्स अस्पताल धुम्बाराहीमा स्वास्थ्य परीक्षण गर्दा उनलाई संक्रमण पुष्टि भएको हो ।नेता सिटौलाका स्वकीय सचिव प्रेम भट्टराईका अनुसार उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको र चिकित्सकको परामर्शअनुसार ‘होम आइसोलेसन’मा बसेका छन् ।उनी हिजो गठबन्धन बैठकमा एकैछिन सहभागी भएका थिए । उनको स्वास्थ्यमा समस्या देखेपछि नेताहरूले पनि कोरोना परीक्षण गराउन सुझाएका थिए ।कांग्रेसका पूर्व महामन्त्री सिटौला आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा ५ दलीय गठबन्धनको सिट ब

    • प्रकाशित मितिः भदौ ८, २०७९
    • 167 पटक पढिएको
  • प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    काठमाडौँ / प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।प्रधानमन्त्री देउवालाई भेट्न एमाले अध्यक्ष ओली बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन् ।दुई शीर्ष नेताबीच समसामयिक राजनीतिका विषयमा छलफल भएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।नागरिकता विद्येयक, सत्यनिरूपण बिद्येयक लगायतका विषयमा सहमति कायम हुन नसकिरहेको र सत्ता गठबन्धनमा सिट बाँडफाँडका लागि सकस परिरहेका बेला देउवा–ओलीबीच भेटवार्ता भएको हो । आजै साँझ सत्ता गठबन्धनका शीर्ष नेताहरूको पनि बैठक बस्दैछ ।

    • प्रकाशित मितिः भदौ ८, २०७९
    • 170 पटक पढिएको
  • ‘जनताको साथमा कांग्रेस’ अभियान १० भदौबाट

    काठमाडौँ / आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गर्ने भएको छ । कांग्रेसले १० भदौबाट अभियान सुरु गर्न लागेको हो । त्यसका लागि कांग्रेसले ७७ जिल्लामै केन्द्रीय प्रतिनिधि तोकिसकेको छ । तर, मंगलबारसम्म कांग्रेसले सर्कुलर जारी गरेको छैन ।पार्टी नेता एवं सांसद प्रदीप गिरिको निधनका कारण शोकमा रहेकाले कांग्रेसले अभियान केही दिन पछि सारेको हो । कांग्रेसले केन्द्रीय सदस्य जीतजंग बस्नेतलाई काठमाडौं, अम्बिका बस्नेतलाई भक्तपुर, नानु बास्तोलालाई ललितपुर, शंकर भण्डारीलाई लमजुङ, देवेन्द्रराज कँडेललाई गुल्मी जिल्लामा प्रतिनिधिका रूपमा ख

    • प्रकाशित मितिः भदौ ७, २०७९
    • 158 पटक पढिएको
  • सत्ता गठबन्धनको बैठक आज बस्दै, सिट बाँडफाँटको टुंगो लाग्ने सम्भावना

    झापा / पाँच दलीय सत्ता गठबन्धनको बैठक आज पुन बस्ने भएको छ ।प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सीट बाँडफाँट कार्यदलले जिम्मेवारी पूरा गर्न नसकेपछि गठबन्धनका शीर्ष नेतासहितको बैठक आज अपरान्ह ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा पुनः बस्ने भएको हो ।सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आजको बैठकले सीट बाँडफाँटका विषयमा ठोस निष्कर्षमा पुग्ने सम्भावना रहेको बताए ।सीट बाँडफाँटका लागि कांग्रेस नेता कृष्ण प्रसाद सिटौलाको संयोजकत्वमा गठित कार्यदलले मापदण्डमा छलफल गरे पनि ठोस प्रस्ताव तयार पार्न सकेको छैन । शीर्ष तहबाट बाँडफाँटको 

    • प्रकाशित मितिः भदौ ७, २०७९
    • 164 पटक पढिएको
  • आज पनि टुंग्याउन सकेन माओवादी केन्द्रले पदाधिकारी, अर्को बैठक भोलि बस्ने

    झापा / नेकपा माओवादी केन्द्रले पदाधिकारी टुंगो लगाउन भन्दै बोलाएको स्थायी कमिटी बैठक विना निष्कर्ष सकिएको छ ।आज बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा छलफल भएको तर पदाधिकारी अझै टुंगो नलागेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।‘पदाधिकारीको विषय, कार्यक्रमको विषयमा विस्तृत र गम्भीर छलफल भयो । तर, पदाधिकारीको विषय अहिलेसम्म मूर्तरूपले टुंगिएन,’ महराले भने, ‘भोलि १ बजे फेरि बस्ने गरी आज टुंगिएको छ । छलफल लगभग टुंगिएको छ । खाली अन्तिम निष्कर्ष मात्रै बाँकी हो ।’माओवादीले गत पुसमा महाधिवेशन गरेपनि अहिलेसम्म पदाधिकारी चयन गर्न सकिरहेको छैन।

    • प्रकाशित मितिः भदौ ३, २०७९
    • 145 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.