राजनीति

    Showing 7,351-7,360 of 10,368 items.
  • सिट बाँडफाँडका लागी सत्ता गठबन्धनको बैठक आज पनि बस्ने

    काठमाडौं / सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले सिट बाँडफाँडलाई अन्तिम रूप दिने नेताहरूले दाबी गरेका छन् । आजको बैठकले दलहरूले पाउने सिट संख्या टुङ्ग्याउने गठबन्धनका एक नेताले बताए ।साथै दोहोरो दाबी रहेका केही क्षेत्रबारे पनि आजको बैठकले निर्णय लिने बताइएको छ । एकीकृत समाजवादीले आफूले पाउनुपर्ने सिट संख्या बढाइनुपर्ने भन्दै असन्तुष्टि जनाइरहेको छ ।

    • प्रकाशित मितिः असोज १४, २०७९
    • 101 पटक पढिएको
  • इतर समूहलाई ३० प्रतिशत टिकट दिन देउवा तयार

    झापा / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समानुपातिक उम्मेदवारको सूची संशोधन गर्न तयार भएका छन् ।कांग्रेसको संस्थापनइतर समूहले चर्को विरोध गरेपछि सभापति समेत रहेका देउवाले समानुपातिकको सूची सच्याउन तयार भएका हुन् ।समानुपातिक उम्मेदवार सूची संशोधन गर्न अहिले देउवासहित पार्टीका शीर्ष नेताहरू बिहान १० बजेदेखि बालुवाटारमा छलफलमा जुटेका बताइएको छ । शेखर–गगन समूहले लगातार दबाब बढाउँदै लगेपछि चुनावमा सम्भावित जोखिम टार्न देउवा इतर समूहलाई ३० प्रतिशत दिन तयार भएका छन् ।निर्वाचन आयोगले दलहरुलाई असोज १६ भित्र समानुपातिक उम्मेदवार सूची संशोधन गर्न समय दिएको छ । कांग्रेसका नेता शेखर कोइराला र म

    • प्रकाशित मितिः असोज १३, २०७९
    • 128 पटक पढिएको
  • सिट बाँडफाट : जसपाले पायो १३ सिट

    झापा /  सत्ता गठबन्धनमा आवद्ध दल जनता समाजवादी पार्टी (जसपा)ले १३ सिट पाउने भएको छ । बुधबार अबेर रातिसम्म बसेको सत्ता गठबन्धनको बैठकमा जसपाले १३ सिट पाउने करिब सहमति भएको हो ।सहमतिअनुसार जसपाले सुनसरी १, सप्तरी, १, सिरहा ४, महोत्तरी ४, सर्लाही १, रौतहट ३, बारा २, बारा ३, पर्सा १ र २, काठमाडौँ ७, बाँके र सप्तरी २ पाउने भएको छ ।जसपाले धनुषा ३ र महोत्तरी ३ मा पनि दाबी गरेको छ । तर, त्यहाँ कांग्रेसको पनि दावी रहेकाले सहमति हुन सकेको छैन । यस्तै रुपन्देही १ मा जसपासँगै माओवादीको पनि दाबी रहेकाले सहमति हुन नसकेको हो ।

    • प्रकाशित मितिः असोज १३, २०७९
    • 132 पटक पढिएको
  • बाबुरामको भागसहित माओवादीले पायो ५३ निर्वाचन क्षेत्र

    झापा / सत्ता गठबन्धनको प्रमुखमध्येको एक घटक नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा निर्वाचनमा बाबुराम भट्टराई नेतृत्वको नेसपासहित जोडेर ५३ सिट पाउने करिब सहमति भएको छ। गठबन्धनको बुधबार बसेको बैठकले सिट फाँडफाँटबारे सहमति जुटाउँदै माओवादीले लड्ने अधिकांश निर्वाचन क्षेत्रमा सहमति जुटाएको हो।ताप्लेजुङ, झापा २, ५, भोजपुर, मोरङ ४, ५, सोलुखुम्बु, उदयपुर २, सिरहा ३, धनुषा १, महोत्तरी १, सर्लाही ३, सिन्धुली १, नुवाकोट १, काठमाडौं २, काठमाडौं ९, काभ्रे १, सिन्धुपाल्चोक १, चितवन ३, गोरखा २, लमजुङ कास्की १ वा ३, बागलुङ २, कपिलवस्तु १, रुकुम पूर्व, रोल्पा, दाङ २, बाँके १, बर्दिया २, नवलपरासी पश्चिम १,ज

    • प्रकाशित मितिः असोज १३, २०७९
    • 120 पटक पढिएको
  • उम्मेदवार टुंगो लगाउन एमालेको सचिवालय बैठक बस्दै

    काठमाडौँ  / नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन एमालेले बैठक बोलाएको हो ।बैठक आज (बिहीबार) दिउँसो ३ बजेका लागि बोलाइएको एमाले उपमहासचिव विष्णु रिमालले जानकारी दिए । निर्वाचन आयोगले प्रत्यक्षतर्फ उम्मेदवारी मनोनयनका लागि तोकेको असोज २३ गतेको समय नजिकिँदै गर्दा एमालेले बैठक बोलाएको हो ।बैठकमा तल्ला तहहरूबाट सिफारिस भएर आएका नामहरुबाट छलफल गरि टुङ्गोमा पुग्ने एमाले तयारी छ । त्यस्तै विभिन्न दलहरूसँग चुनावी तालमेल गर्नेबारे छलफल हुने जनाइएको छ ।

    • प्रकाशित मितिः असोज १३, २०७९
    • 188 पटक पढिएको
  • विवेकशीलका ६ प्रदेश संयोजकले दिए पदबाट राजीनामा

    झापा / विवेकशील साझाका ६ जना प्रदेश संयोजकले पदबाट राजीनामा दिएका छन् । १ का इन्चार्ज प्रकाशचन्द्र परियार बाहेक सबै प्रदेश संयोजकले पदबाट राजीनामा दिएका हुन् । राजीनामा दिनेमा सुदूरपश्चिमका दिनेश भण्डारी, कर्णालीका कर्णबहादुर शाही (इन्चार्ज), लुम्बिनीका अनुपमान सैंजू, गण्डकीका सुशीला केसी अधिकारी, बाग्मतीका उज्ज्वलकृष्ण श्रेष्ठ र मधेसका धनपति महतो रहेका छन् ।परियारलाई भने हालै पार्टीले प्रवक्ताको जिम्मेवारी दिएका कारण पनि उनी विवेकशील साझामै रहने बताइएको छ । विवेकशील साझाका केन्द्रीय सदस्य नारायण कोइराला, कर्णबहादुर शाही, हरि गौतम, पूर्ण शाही, धर्म शाक्य, मुरली मिश्र माधव भण्डारी, शा

    • प्रकाशित मितिः असोज १२, २०७९
    • 141 पटक पढिएको
  • राप्रपा र रवीन्द्र मिश्र समुहबीच एकता घोषणा

    काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र रवीन्द्र मिश्र समुहबीच एकता घोषणा भएको छ । भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा एकता घोषणा भएको हो ।घोषणापत्रमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र मिश्रले हस्ताक्षर गरे । उक्त घोषण अनुसार मिश्र राप्रपाको वरिष्ठ उपाध्यक्ष हुनेछन् भने मिश्रसँगै आएका अरु नेताहरूको कार्यसम्पादन समिति, पदाधिकारी र केन्द्रीय समितिमा समायोजन एक हप्ताभित्रमा लिङ्देन र मिश्रले टुंग्याउनेछन् । 

    • प्रकाशित मितिः असोज १२, २०७९
    • 106 पटक पढिएको
  • शेखर समूहद्वारा कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना

    काठमाडौँ / नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा डा. शेखर कोइराला समूहले धर्ना दिएको छ । बुधबार दिउँसो १ बजेदेखि कोइराला समूहका नेता कार्यकर्ता धर्नामा बसेका हुन् ।सभापति शेरबहादुर देउवाले समानुपातिक बन्दसूचीमा आफ्नो पक्षलाई सम्मानजनक स्थान नदिएको, सरसल्लाह विनै सूची बनाएको, एकलौटी र एकपक्षीय ढंगले चलेको भन्दै कोइराला समूह संस्थापन पक्षविरुद्ध आन्दोलित भएको हो ।कोइराला समूहले १४ असोजसम्म समानुपातिक बन्दसूची सच्याउन अल्टिमेटम दिएको छ । सो दबाबपछि संस्थापन पक्ष कोइराला समूहलाई सम्मानजनक स्थान दिन तयार देखिएको छ । एक दुई दिनभित्रै सूची सच्याउने कांग्रेसको तयारी छ । कांग्रेसले निर्वाच

    • प्रकाशित मितिः असोज १२, २०७९
    • 111 पटक पढिएको
  • आजदेखि निर्वाचन आचारसंहिता लागू

    झापा / निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गरेको छ ।आयोगले आचारसंहिता कार्यान्वयनको सम्पूर्ण व्यवस्था मिलाउन तीनवटै तहका सरकार, विभिन्न व्यक्ति, निकाय र अधिकारीलाई निर्देशन दिएको छ । आयोगले नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संवैधानिक निकाय र पदाधिकारी, नेपाल सरकार वा प्रदेश सरकारका निकाय र ती निकायका पदाधिकारी, स्थानीय कार्यपालिका र सोका सदस्य, सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारीलाई आचारसंहिता कार्यान्वयन गर्न/गराउन निर्देशन दिएको हो ।सुरक्षा निकाय, सुरक्षाकर

    • प्रकाशित मितिः असोज १२, २०७९
    • 101 पटक पढिएको
  • अमेरिकी सहायक विदेशमन्त्री एलिजाबेथ काठमाडौँमा

    काठमाडौँ / अमेरिकी सहायक विदेशमन्त्री एलिजावेथ केनेडी ट्रुडो काठमाण्डु आइपुगेकी छन् । विश्वव्यापी सार्वजनिक मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री ट्रुडो आज बिहान काठमाण्डु आइपुगेकी हुन् ।ट्रुडोले नेपालमा रहँदा अमेरिकाबारे चिनले फैलाएको मिथ्या सूचना र लोकतन्त्रमा सञ्चारको भूमिकाबारे विभिन्न क्षेत्रका व्यक्तिसँग अन्तक्र्रिया गर्ने कार्यक्रम रहेको अमेरिकी विदेश मन्त्रालयले जानकारी दिएको छ ।अमेरिकाले चीनले नेपालमा अमेरिकी परियोजनाविरुद्ध भ्रमपूर्ण सूचना फैलाएको आरोप लगाइरहेको छ । अमेरिकी वरिष्ठ कूटनीतिज्ञ ट्रुडोले चीनका तर्फबाट अमेरिका र अमेरिकी मान्यताविरुद्ध फैलाइएका मिथ्या सूचनाको प्रतिवाद क

    • प्रकाशित मितिः असोज १२, २०७९
    • 97 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.