झापा / सत्ता गठबन्धनको प्रमुखमध्येको एक घटक नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा निर्वाचनमा बाबुराम भट्टराई नेतृत्वको नेसपासहित जोडेर ५३ सिट पाउने करिब सहमति भएको छ। 

गठबन्धनको बुधबार बसेको बैठकले सिट फाँडफाँटबारे सहमति जुटाउँदै माओवादीले लड्ने अधिकांश निर्वाचन क्षेत्रमा सहमति जुटाएको हो।

OM Sai Pathibhara Hospital

ताप्लेजुङ, झापा २, ५, भोजपुर, मोरङ ४, ५, सोलुखुम्बु, उदयपुर २, सिरहा ३, धनुषा १, महोत्तरी १, सर्लाही ३, सिन्धुली १, नुवाकोट १, काठमाडौं २, काठमाडौं ९, काभ्रे १, सिन्धुपाल्चोक १, चितवन ३, गोरखा २, लमजुङ कास्की १ वा ३, बागलुङ २, कपिलवस्तु १, रुकुम पूर्व, रोल्पा, दाङ २, बाँके १, बर्दिया २, नवलपरासी पश्चिम १,जुम्ला, कालीकोट, जाजरकोट, हुम्ला, रुकुम पश्चिम, अछाम १, कैलाली २ र ३ बैतडी, कञ्चनपुर १ मा माओवादीले टिकट पाउने करिब करिब सहमति जुटेको छ ।

यी मध्ये केही निर्वाचन क्षेत्रमा भने अन्य दलको पनि दाबी रहेको र सहमतिको अन्तिम प्रयास भइरहेको बताइएको छ।