काठमाडौं / सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले सिट बाँडफाँडलाई अन्तिम रूप दिने नेताहरूले दाबी गरेका छन् । आजको बैठकले दलहरूले पाउने सिट संख्या टुङ्ग्याउने गठबन्धनका एक नेताले बताए ।

साथै दोहोरो दाबी रहेका केही क्षेत्रबारे पनि आजको बैठकले निर्णय लिने बताइएको छ । एकीकृत समाजवादीले आफूले पाउनुपर्ने सिट संख्या बढाइनुपर्ने भन्दै असन्तुष्टि जनाइरहेको छ ।