काठमाडौँ  / नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन एमालेले बैठक बोलाएको हो ।

बैठक आज (बिहीबार) दिउँसो ३ बजेका लागि बोलाइएको एमाले उपमहासचिव विष्णु रिमालले जानकारी दिए । निर्वाचन आयोगले प्रत्यक्षतर्फ उम्मेदवारी मनोनयनका लागि तोकेको असोज २३ गतेको समय नजिकिँदै गर्दा एमालेले बैठक बोलाएको हो ।

OM Sai Pathibhara Hospital

बैठकमा तल्ला तहहरूबाट सिफारिस भएर आएका नामहरुबाट छलफल गरि टुङ्गोमा पुग्ने एमाले तयारी छ । त्यस्तै विभिन्न दलहरूसँग चुनावी तालमेल गर्नेबारे छलफल हुने जनाइएको छ ।