झापा /  सत्ता गठबन्धनमा आवद्ध दल जनता समाजवादी पार्टी (जसपा)ले १३ सिट पाउने भएको छ । बुधबार अबेर रातिसम्म बसेको सत्ता गठबन्धनको बैठकमा जसपाले १३ सिट पाउने करिब सहमति भएको हो ।

सहमतिअनुसार जसपाले सुनसरी १, सप्तरी, १, सिरहा ४, महोत्तरी ४, सर्लाही १, रौतहट ३, बारा २, बारा ३, पर्सा १ र २, काठमाडौँ ७, बाँके र सप्तरी २ पाउने भएको छ ।

OM Sai Pathibhara Hospital

जसपाले धनुषा ३ र महोत्तरी ३ मा पनि दाबी गरेको छ । तर, त्यहाँ कांग्रेसको पनि दावी रहेकाले सहमति हुन सकेको छैन । यस्तै रुपन्देही १ मा जसपासँगै माओवादीको पनि दाबी रहेकाले सहमति हुन नसकेको हो ।