झापा / विवेकशील साझाका ६ जना प्रदेश संयोजकले पदबाट राजीनामा दिएका छन् । १ का इन्चार्ज प्रकाशचन्द्र परियार बाहेक सबै प्रदेश संयोजकले पदबाट राजीनामा दिएका हुन् । 

राजीनामा दिनेमा सुदूरपश्चिमका दिनेश भण्डारी, कर्णालीका कर्णबहादुर शाही (इन्चार्ज), लुम्बिनीका अनुपमान सैंजू, गण्डकीका सुशीला केसी अधिकारी, बाग्मतीका उज्ज्वलकृष्ण श्रेष्ठ र मधेसका धनपति महतो रहेका छन् ।

OM Sai Pathibhara Hospital

परियारलाई भने हालै पार्टीले प्रवक्ताको जिम्मेवारी दिएका कारण पनि उनी विवेकशील साझामै रहने बताइएको छ । 

विवेकशील साझाका केन्द्रीय सदस्य नारायण कोइराला, कर्णबहादुर शाही, हरि गौतम, पूर्ण शाही, धर्म शाक्य, मुरली मिश्र माधव भण्डारी, शान्ता गिरी, सुरेन्द्र शाह, डम्बर खत्री लगायत भने रविन्द्र मिश्रसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन् । 

बुधबार दिउँसो १ बजे काठमाण्डुको राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा एकता घोषणापत्रमा हस्ताक्षर गर्दै मिश्र राप्रपा प्रवेश गरेका हुन् ।