राजनीति

    Showing 7,271-7,280 of 7,653 items.
  • प्रतिनिधिसभा मध्यराति फेरि विघटित : संकटकाल लगाउने तयारी

    बिर्तामोड / प्रधानमन्त्री केपी ओलीले मध्यरात प्रतिनिधिसभा विघटनको सिफारिस गरेका थिए । शीतल निवासबाट सँविधानको धारा ७६ उपधारा ५ बमोजिम नयाँ सरकार गठनका निम्ति दुबै पक्षको दावी खारेज गरिएको बक्तव्य आएलगत्तै बालुवाटारमा बसेको क्याबिनेट बैठकले संसद विघटनको निर्णय गरेको थियो । संसद विघटन अघि बालुवाटारमा प्रधान सेनापती पुर्णचन्द्र थापा सहित सुरक्षा अंगका प्रमुख र केही सरकारी अधिकारीलाई बोलाईएको थियो । सो वैठक सकिए लगत्तै सरकारले “मध्यावधि चुनावको निम्ति प्रस्तावित नयाँ मिति कात्तिक २६ र मंसिर ३ गते ” तय गरेको थियो । प्रधानमन्त्रीले सिफारीस गरे लगत्तै रास्ट्रपतिले मध्यराती  पौने १२ बिज

    • प्रकाशित मितिः जेठ ८, २०७८
    • 341 पटक पढिएको
  • राष्ट्रपतिको ओली मोह निर्वस्त्र भए सरह : नेता नैनसिंह महर

    बिर्तामोड / नेपाली काँग्रेसका युवा नेता नैनसिंह महरले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको दिवालियापनले संविधान ध्वस्त पार्ने निश्चित भएको बताएका छन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सरकार बनाउने अधिकार संवैधानिक, कानूनी, नैतिक र राजनितिक कुनैपनि आधारमा नरहेको बताएका छन् । यस्तो अवस्थामा राष्ट्रपति भण्डारीले अब पनि  केपी ओली मोह देखाउनु निर्वस्त्र हुनु सरह भएको महरले बताए । उनले भने, : अब पनि केपी ओली मोह देखाउनु निर्वस्त्र हुनु सरह हो ।

    • प्रकाशित मितिः जेठ ७, २०७८
    • 1,587 पटक पढिएको
  • ओलीद्धारा माधव नेपालसहित २६ सांसदलाई निस्कासन

    बिर्तामोड / नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता  केपी शर्मा ओलीले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका एमालेका बरिष्ठ नेता माधव नेपालसहित २६ जना सांसदलाई साधारण सदस्य समेत  नरहने गरी कारबाही गरेका छन् ।उनीहरुले दलीय अनुशासन उल्लंघन गरेकाले कारबाही गरिएको ओली निकट स्रोतले जानकारी दिएको छ । संसदीय दलका नेता ओलीले माधव नेपाल सहित २६ जना सांसद कारबाहीमा परेको जानकारी राष्ट्रपति कार्यालय पनि पठाएको छ ।

    • प्रकाशित मितिः जेठ ७, २०७८
    • 582 पटक पढिएको
  • योगेश भट्टराई र जय कुमार राईद्वारा माधव नेपाल समूह छाडेको घोषणा

    बिर्तामोड / नेकपा एमालेका नेता योगेश भट्टराई र जयकुमार राईले माधव नेपाल समुहको साथ छाडेका छन् । सरकार फेरवदलको खेल चलिरहेका बेला माधव समुहका नेता भट्टराई र राईले आफुहरु देउवालाई प्रधानमन्त्री बनाउने पक्षमा नरहेको जनाएका हुन् । नेता भट्टराईले आफुले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर नगरेको समेत बताएका छन् । माधव नेपाल पक्षका २८ जनामध्ये २६ जनाकोमात्र हस्ताक्षर पेश भएकोमा भट्टराई र जयकुमार राईको छैन ।

    • प्रकाशित मितिः जेठ ७, २०७८
    • 5,162 पटक पढिएको
  • अपडेट: माधव नेपाल समुहका सांसदलाई कारवाही गर्ने व्यहोराको पत्र राष्ट्रपति कार्यालय पुग्यो

    काठमाडौं / नेकपा एमालेले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने २६ जना सांसदलाई दलको साधारण सदस्य पनि नरहने गरी कारबाही गर्ने पत्र राष्ट्रपति कार्यालयलाई पठाएको छ ।देउवालाई समर्थन गरेर आफ्नो दलका सांसदहरुले दलीय अनुशासन उल्लंघन गरेकाले कारबाही गर्ने जानकारी राष्ट्रपति कार्यालयमा पठाएको हो । शुक्रबार संविधानको धारा ७६९५० अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमालेको माधव नेपाल समुहका सांसद सहित १४९ सांसदको हस्ताक्षर राष्ट्रपति कार्यालयमा बुझाएका थिए । जसमा नेकपा एमालेको माधवकुमार नेपाल पक्षका २६ सांसदले पनि हस्ताक्षर गरेका छन् ।देउवाले बुझाएको सुचिमा समावेश सांस

    • प्रकाशित मितिः जेठ ७, २०७८
    • 2,662 पटक पढिएको
  • अपडेट : देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिद्धारा अस्विकार

    काठमाडौं / शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन दाबी गर्दै १४९ जना सांसदको पत्र राष्ट्रपति कार्यालयमा दर्ता भएको छ । एमाले नेता माधव कुमार नेपाल समेतका नेताहरुले राष्ट्रपतिलाई भेटेर बहुमत हस्ताक्षर सहितको दाबी प्रस्तुत गरेका थिए ।राष्ट्रपतिले संविधान र कानून हेरेर विज्ञसित सल्लाह गरेपछि निर्णय लिने बताएको शीतलनिवास पुगेका एक नेताले जानकारी गराएका छन् । ति नेताले प्रधानमन्त्री केपी शर्मा ओलीका हरेक निर्णय हतारमा गर्ने राष्ट्रपति भण्डारीले तत्काल निर्णय गर्न अस्विकार गरेर गैर संवैधानिक कदम चाल्न खोजेको हुन सक्ने बताएका छन् । ओलीको दाबी कमजोरप्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफूसँग एमालेक

    • प्रकाशित मितिः जेठ ७, २०७८
    • 17,013 पटक पढिएको
  • प्रधानमन्त्री ओलीबाट १५३ सदस्यसहित दाबी

    काठमाडौँ / नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नयाँ प्रधानमन्त्रीमा आफ्नो पार्टी एमाले र जनता समाजवादीका गरी १५३ प्रतिनिधिसभा सदस्यको समर्थन रहेको आधारसहित राष्ट्रपतिसमक्ष दाबी गरेका छन् ।वर्तमान प्रधानमन्त्री ओलीले एमालेका १२१ र जसपाका ३२ गरी १५३ जना सांसदको समर्थन आफूलाई रहेको पत्रसहित नेपालको संविधानको धारा ७६९५० वमोजिम प्रधानमन्त्री पदको लागि दाबी गरेको उनका मुख्य सल्लाहकार विष्णु रिमालले जानकारी दिएका छन् । सो दाबीपत्रमा जसपाको तर्फबाट अध्यक्ष महन्थ ठाकुर तथा संसदीय दलका नेता राजेन्द्र महत्तो र एमालेका अध्यक्ष एवं दलका नेता ओलीले हस्ताक्षर गरेका छन् ।राष्ट्रपति विद्यादेवी भण्डारीले

    • प्रकाशित मितिः जेठ ७, २०७८
    • 177 पटक पढिएको
  • सात मन्त्रालयको कार्यभार प्रम ओलीलाई

    काठमाडौँ / राष्ट्पति विद्यादेवी भण्डारीले सात मन्त्रालयको थप कार्यभार अर्को व्यवस्था नभएसम्मका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले सम्हाल्नेगरी तोकेका छन् ।सर्वोच्च अदालतले बिहीबार रिट निवेदनको अन्तिम टु्ङ्गो नलागेसम्म गृहमन्त्री रामबहादुर थापा, ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, शहरी विकासमन्त्री प्रभु साह, खानेपानीमन्त्री मणिचन्द्र थापा, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरी र युवा तथा खेलकूदमन्त्री दावा लामा तामाङलाई मन्त्रीको हैसियतमा कुनै कामकारवाही नगर्नू र गर्न नदिनू भनी अन्तरिम आदेश दिएको थियो । प्रध

    • प्रकाशित मितिः जेठ ७, २०७८
    • 104 पटक पढिएको
  • सभापति देउवा प्रधानमन्त्री नियुक्त

    काठमाडौँ / नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएका छन् ।काङ्ग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव र एमालेको माधव नेपाल समुहको समर्थनमा देउवा प्रधानमन्त्री नियुक्त भएका हुन ।देउवालाई प्रधानमन्त्री बनाउन कांग्रेसका ६१, माओवादी केन्द्रका ४९ (एक स्वतन्त्रसहित), माधव नेपाल समूहका २७ र जसपाका १२ सांसदले हस्ताक्षर गरेका छन् ।राष्ट्रपति विद्यादेवी भण्डारीले ७६ (५) अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्न संसदको बहुमत प्राप्त गर्ने आधार प्रस्तुत गर्न साँझ ५ बजेसम्मको समय दिएकी छन् । समयअगावै देउवाले प्रधानमन्त्रीमा दाबी प्रस्तुत गरेका थिए ।

    • प्रकाशित मितिः जेठ ७, २०७८
    • 349 पटक पढिएको
  • राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध १३ वटा रिट सर्वोच्चमा

    काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीको कदम बिरुद्ध १३ वटा रिट सर्वोच्चमा पुगेको छ ।विश्वासको मत प्राप्त हुने दह्रो आधार नदेखिएको भन्दै प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ९५० बमोजिम बैकल्पिक सरकार बनाउनका लागी दावी गर्न आग्रह गरेकी छिन् ।कानुन व्यवसायीहरुले सो कदम असंवैधानिक भनेका छन् । सो कदम सच्याउनुपर्ने माग गर्दै अधिवक्ताहरूले सर्वोच्चमा रिट लिएर गएका हुन् ।रिट हाल्नेमा अधिवक्ता वीरभद्र जोशी र सन्तोष भण्डारी सहित छन् । सर्वोच्च प्रशासनले समाचार तयार गर्दासम्म रिट दर्ता गरिसकेको छैन ।

    • प्रकाशित मितिः जेठ ७, २०७८
    • 88 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा