काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबी लामिछानेले आज बाचा पत्र’ सार्वजनिक गर्दै संसदमा जान तम्तयार रहेको बताएका छन् ।  बाचा पत्र’ सार्वजनिकका क्रममा उनले जनताका सामान्य भन्दा सामान्य माग र चाहनालाई बाचापत्रमा समेटेको रबीले बताए ।

आफु देश दौडामा निस्किएको बेला जनताले पिउने पानी, बत्ती, पढ्न र उपचार जस्ता सामान्य कुरा माग गरेको बताए । यी कुरा जनताका अधिकार भएको भन्दै अहिले नेताहरूले तिनै कुरा दिन्छौं भनेर चुनावमा आश्वासन बाँडेको बताए ।

OM Sai Pathibhara Hospital

उनले छोटो समयमा ६२ जिल्लामा पार्टीलाई विस्तार गर्न सफल भएको दाबीसमेत गरे । जसले देशका बेथिती अन्त्य गर्न सक्छ उसैमा आफ्नो पार्टीलाई बिलिन गरिदिने पनि उनले बताए ।