बिर्तामोड / मोरङ क्षेत्र नम्बर -३ मा संयुक्त लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेद्वार डाक्टर सुनिल शर्माले मंसिर पछि बन्ने गठबन्धन सरकारले आगामी २ वर्षभित्र सुकम्वासी भुमिहिनहरुलाई  पहिलो चरणको धनीपुर्जा वितरण गरिसक्ने बताएका छन् ।  

मोरङ क्षेत्रनम्बर -३ को थपरेमा आयोजित कोणसभालाई सम्बोधन गर्दै संयुक्त लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका उम्मेद्वार शर्माले आफूहरू आश्वासन दिने मात्र नभइ काम गर्ने बताए । आफूले यस अघिको निर्वाचन जित्न नसकेपनि आफूले सकेजति र सक्नेजति काम गरेको भन्दै सांसद भएर संसद् भवनमा गएपछि जनताले गुनासो गर्न नपाउने गरि काम गर्ने शर्माको भनाइ रहेको छ ।

OM Sai Pathibhara Hospital

शर्माले मोरङ क्षेत्र नम्बर ३ सहित देशभर गठबन्धनको जित निश्चित भइसकेका कारण मङ्सिरमा नयाँ सरकार बने लगत्तै जनतामाझ गरेका बाचा पुरा गर्ने सरकार, संसद् र गठबन्धन आवद्ध दलहरू एक भएर लाग्ने बताए ।