काठमाडौं / निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनावी प्रचारका लागि सर्त राखेर डडेल्धुरा जाने अनुमति दिएको छ । निर्वाचन आयोगले उनलाई सरकारी स्रोत साधन प्रयोग नगर्ने शर्तमा चुनावी प्रचारप्रसारको अनुमति दिइएको हो ।

देउवा चुनावी अभियानका लागि कात्तिक १७ देखि २० सम्मको चार दिने कार्यक्रम लिएर गृहजिल्ला डडेल्धुरा जाने तयारीमा थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अनुमतिका लागि आयोगमा पत्र पठाएको थियो । आयोगले सरकारी खर्चमा प्रचारप्रसारका लागि यात्रा नगर्न र नगराउन निर्देशन दिँदै अनुमति दिएको छ ।

OM Sai Pathibhara Hospital

निर्वाचन आचारसंहिता भन्दा बाहिर नजाने गरी उनलाई प्रचारप्रसारमा जानका लागि अनुमति दिइएको आयोगका सहायक प्रवक्तासमेत रहेका उपन्यायाधिवक्ता गुरुराज वाग्लेले जानकारी दिए ।