राजनीति

    Showing 7,231-7,240 of 9,637 items.
  • सातै प्रदेशमा खुला सभा गर्दै कांग्रेस

    काठमाडौं / नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समितिले पार्टीले आयोजना गर्ने खुला सभाबारे जानकारी दिने भएको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार आज (आइतबार) दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी समितिले यही २१ वैशाखदेखि २७ बैशाखसम्म आयोजना गर्ने खुला सभाबारे जानकारी दिने भएको हो । समितिले सातै प्रदेशमा खुला सभा आयोजना गर्ने भएको छ । समितिले २१ गते प्रदेश १ को मोरङ, २२ गते मधेस प्रदेशको धनुषा, २३ गते बाग्मती प्रदेशको काठमाडौं, २४ गते गण्डकी प्रदेशको कास्की, २५ गते लुम्बिनी प्रदेशको रूपन्देही, २६ गते कर्णाली प्रदेशको सुर्

    • प्रकाशित मितिः वैशाख १८, २०७९
    • 91 पटक पढिएको
  • झापाका स्वतन्त्र उम्मेदवारले पाए चुनाव चिन्ह गुलाफको फुलदेखि धारासम्म

    बिर्तामोड / वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि झापाका १५ वटा पालिकाबाट स्वतन्त्र उम्मेद्वारी दिएका उम्मेदवारहरूले चुनाव चिन्ह पाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय झापाले जिल्लाका स्वतन्त्र उम्मेदवारहरूलाई चुनाव चिन्ह उपलब्ध गराएको हो ।मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी गणेश पाण्डेका अनुसार स्वतन्त्र उम्मेदवारहरूलाई जेब्रा, खरायो, भुँइकटहर, गुलाफको फुल, पुतली, दुई भुँइकटहर, मुडा, खानेपानीको धारा, ब्याडमिन्टनको कर्क, लौरो, हाँस, कैंची, दुईवटा गुलाफको फुल, दुई हाँस र आँप चुनाव चिन्ह उपलब्ध गराएको बताएका छन् । भद्रपुरमा ४, झापा ९, कनकाई १०, गौरीगञ्ज १३, कम

    • प्रकाशित मितिः वैशाख १८, २०७९
    • 99 पटक पढिएको
  • आयोगले सार्वजनिक गर्‍यो नमूना मतपत्र

    काठमाडौं / निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्लागत नमूना मतपत्र सार्वजनिक गरेको छ। वैशाख ३० गते हुने निर्वाचनका लागि आयोगले शनिबार नमूना मतपत्र सार्वजनिक गरेको हो।आयोगले उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर, ललितपुर र विराटनगर, वीरगञ्ज र भरतपुरको नमूना मतपत्र भने सार्वजनिक गरेको छैन। ६ ओटा महानगरपालिका र भक्तपुरमा अन्तिम नामावली प्रकाशन गरेपछि मात्र छपाइ गरेर ढुवानी गर्ने आयोगले यसअघि नै जानकारी दिएको छ।

    • प्रकाशित मितिः वैशाख १७, २०७९
    • 121 पटक पढिएको
  • स्थानीय तह निर्वाचन : आठ हजार जनाले लिए उम्मेद्वारी फिर्ता

    झापा  / वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गराएका मध्ये आठ हजार जनाले उम्मेद्वारी फिर्ता लिएका छन् । एक लाख ५३ हजार मनोनयन दर्ता गराएकोमा करिब आठ हजार जनाले उम्मेद्वारी फिर्ता लिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।पौडेलले भने, –‘उम्मेदवारी फिर्ता लिनेको संख्या करिव ८ हजार छ । एक लाख ५३ हजार उम्मेदवारी परेको थियो भने त्यसमा करिव ८ हजार जति उम्मेदवारले फिर्ता लिएका छन् । त्यसमा करिव एक लाख ४५ हजार उम्मेदवार कायम हुने देखिन्छ ।’ 

    • प्रकाशित मितिः वैशाख १७, २०७९
    • 106 पटक पढिएको
  • पोखराका ‘बागी’ मेयर उम्मेदवारलाई लालटिन चिह्न

    पोखरा / वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि कास्कीको पोखरा महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका विमलबहादुर कार्कीलाई निर्वाचन आयोगले लालटिन चिन्ह दिएको छ । कांग्रेस नेतासमेत रहेका कार्कीले गठबन्धनको विराध गर्दै स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।  उम्मेदवारी फिर्ता लिन अनुरोध गर्दा पनि फिर्ता नलिएको भन्दै उनलाई कांग्रेसले साधारण सदस्य नरहने गरी कारबाही गरेको छ । गठबन्धनको विरोधमा कांग्रेसकै अन्य दुई नेताले पनि उम्मेदवारी दिएका थिए । नन्दप्रसाद तिवारी र ऋषिराम सापकोटाले भने शुक्रबार नै उम्मेदवारी फिर्ता लिएका छन् ।यस्तै अटेरी अभियानको सुरुवात गर्ने पोखराका अटेर

    • प्रकाशित मितिः वैशाख १७, २०७९
    • 107 पटक पढिएको
  • बालेन शाहले पाए चुनाव चिन्ह ‘लौरो’

    काठमाडौं / काठमाडौं महानगरको मेयरका स्वतन्त्र उम्मेदवार चर्चित र्यापर समेत रहेका बालेन शाहले लौरो चिन्ह पाएका छन् । निर्वाचन आयोगले शनिबार दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरूलाई चुनाव चिन्ह दिँदा उनले भने लौरो चिन्ह पाएका हुन् ।अन्य स्वतन्त्र उम्मेदवारहरूलाई पनि फरक-फरक चुनाव चिन्ह दिइएको निर्वाचन आयोगले जनाएको छ । त्यस्तै , आयोगले दलहरूलाई भने आआफ्नै चुनाव चिन्ह दिएको छ ।

    • प्रकाशित मितिः वैशाख १७, २०७९
    • 101 पटक पढिएको
  • विराटनगरमा मेयरमा र उपमेयरका उम्मेदवारसहित २३ जनाले लिए उम्मेदवारी फिर्ता

    विराटनगर  / आसन्न स्थानीय निर्वाचनका लागि विराटनगर महानगरपालिकामा विभिन्न पदमा उम्मेदवारी दिएका २३ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा विराटनगरको ९७ पदका लागि कुल ७४४ जनाले मनोनयन दर्ता गराउँदा शुक्रबार २३ जनाले उम्मेदवारी फिर्र्ता लिएका हुन । जसमा मेयर ३, उपमेयर २, वडाध्यक्ष ७ र वडा सदस्य पदका ११ जनाले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार मेयर तर्फ राष्ट्रिय जनमोर्चाका टङ्क प्रसाद गौतम, नेपाल परिवार दलका महेश निरौला र स्वतन्त्र रुपमा उठेकी केमुना ओडारी (मैनाली) ले उम्मेदवारी फिर्ता लिएक

    • प्रकाशित मितिः वैशाख १७, २०७९
    • 109 पटक पढिएको
  • वडाध्यक्ष उम्मेदवारको मृत्यु भएपछि निर्वाचन कार्यक्रम स्थगित

    बिर्तामोड / कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका वडाध्यक्षका उम्मेदवारको मृत्यु भएपछि निर्वाचन कार्यक्रम स्थगित भएको छ । शुक्रबार राति ११ बजे वडाध्यक्षका उम्मेदवार ओमप्रकाश तिवारीको मृत्यु पछि निर्वाचन कार्यक्रम स्थगित भएको हो ।नेकपा एमालेबाट वडाध्यक्षका उम्मेदवार रहेका ४१ वर्षीय तिवारीको मृत्यु हुँदा निर्वाचन कार्यक्रम स्थगित भएको नगरपालिकाका निर्वाचन अधिकृत महेश पाण्डेले जानकारी दिएका छन् ।आयोगले सम्बन्धित वडाको सम्बन्धित पदको र त्यही पार्टीको मात्रै नयाँ उम्मेदवार खडा गर्नेछ । आयोगले शनिबार सबै दल तथा उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गर्ने तालिका रहेको छ । त्यो कार्यक्रम बुद्धभूमि नग

    • प्रकाशित मितिः वैशाख १७, २०७९
    • 198 पटक पढिएको
  • आफूले प्रयोग गर्ने सामाजिक सञ्जालको खाता विवरण बुझाउन आयोगको निर्देशन

    बिर्तामोड / निर्वाचन आयोगले उम्मेदवारलाई २४ घण्टाभित्र आफूले प्रयोग गर्ने सामाजिक सञ्जालको विवरण बुझाउन निर्देशन दिएको छ । अन्तिम नामावली प्रकाशन भएको २४ घण्टाभित्र उम्मेदवारले विवरण बुझाउन आयोगले निर्देशन दिएको हो ।आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले प्रचार प्रसारका लागि प्रयोगमा ल्याएको सामाजिक सञ्जालको खाता विवरण निर्वाचन आयोगमा बुझाउनुपर्ने उल्लेख गरेका छन् ।उम्मेदवारले प्रयोगमा ल्याएको खाताको विवरण सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा बुझाउन निर्देशन दिएको उनले बताएका छन् । कुनै राजनीतिक दल वा उम्मेदवारले आयोगमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयको स्वीकृति नलिई सामाजिक सञ

    • प्रकाशित मितिः वैशाख १७, २०७९
    • 100 पटक पढिएको
  • अर्जुनधारा नगरबाट २० जनाले लिए लिए उम्मेदवारी फिर्ता

    बिर्तामोड / आसन्न स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता गराएका मध्ये अर्जुनधारा नगरपालिकाबाट २० जनाले उम्मेदवारी फिर्ता लिएका छन् । नेकपा एकीकृत समाजवादीका तर्फबाट नगर प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिएका रमा खवास र प्रेम सागर साप्कोटासहित २० जनाले उम्मेदवारी फिर्ता लिएका मुख्य निर्वाचन अधिकृतको कार्यालय झापाले जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय झापाका अनुसार वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका नेकपा एसका उमानाथ लम्साल, अर्जुन मेचे, कृष्ण बहादुर लोहार, कृष्ण प्रसाद ओली र स्वतन्त्रबाट उम्मेद्वारी दिएका योगप्रसाद आचार्य र ठाकुर प्रसाद सुवेदीले पनि मनोनयन फिर्ता लिएका छन् ।&n

    • प्रकाशित मितिः वैशाख १७, २०७९
    • 103 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.