बिर्तामोड  / सामाजिक सञ्जाल ‘फेसबुक’ मा हालेको पोस्टमा जथाभावी कमेन्ट नगर्न र आम मतदाताहरूमा मिथ्या सूचना नफैलाउन डम्बर गिरीले सबैलाई आग्रह छन् । 

कांग्रेस र राप्रपाका कार्यकर्ताहरूले सामाजिक सञ्जाल ‘फेसबुक’मा हालेको पोष्टहरुमा जथाभावी कमेन्ट गर्ने, पम्प्लेटमा कोरिदिनेझन्डाहरू उखालेर फाल्दिने गरेको भन्दै यस्तो अनैतिक काम नगर्न गिरीले खबरदारी गरेका हुन् । 

सामाजिक सञ्जालमा राप्रपा र कांग्रेसका कार्यकर्ताहरूले कसैलाई हराउन  पैसा खाएर उठेको भन्दै गलत प्रचार गर्ने उनको आरोप छ । चुनाव हार्ने भएपछि नेताहरूले नै कार्यकर्तालाई यस्तो अनैतिक गतिविधि गर्न लगाएको उनको भनाइ छ ।

आसन्न निर्वाचनमा पार्टीले टिकट नदिएपछि गिरीले केही एमाले छाडेर झापा क्षेत्र नम्बर –३ बाट स्वतन्त्र उम्मेद्वारी दिएका छन् । झापा –३ मा बाम लोकतान्त्रीक गठबन्धनबाट कांग्रेसका कृष्ण प्रसाद सिटौला उम्मेद्वार छन् भने यस क्षेत्रमा राप्रपा र एमालेले पनि चुनावी तालमेल गरेको छ । राप्रपाका तर्फबाट राजेन्द्र लिङ्देन चुनावी मैदानमा उत्रिएका छन् । 

राप्रपा र कांग्रेसका केही नेताहरूले उम्मेदवारी फिर्ता लिन भन्दै लोभ लालच देखाएको बताउँदै उनले फेसबुकमा लेखेका छन्, ‘म उहाँहरूको गुडिया होइन, कसैको चरित्र हत्या गरेर राजनीति नगर्न र स्वतन्त्र उममेदवार हो भन्दै हेपेर गलत प्रचारप्रसार नगर्न  म अनुरोध गर्न चाहन्छु ।’

उमेरको हिसाबले कृष्णप्रसाद सिटौला र राजेन्द्र प्रसाद लिङ्गदेन आफ्नो पिता सम्मान भएको र उनीहरूलाई यस पटक सबै मिले र सम्मान साथ बिदाइ गर्ने समेत बताएका छन् । 

सिटौला र लिङ्देनबाट क्षेत्र विकास र देश विकासमा आशा मरिसकेको बताउँदै उनले भनेका छन् ‘हिजो उबेलामा निर्वाचित हुँदा र अवसर पाउँदा केही नगर्ने अहिले के आसा राख्ने, राप्रपा पनि पटकपटक सरकारमा टासिएर बसेको पार्टी हो, त्यति बेला मा. राजेन्द्र लिङ्गदेन ज्यु पनि उहाँको पार्टी भित्र कार्यकारी, शक्तिशाली नेता हुनुहुन्थ्यो के पहल भयो, मा. कृष्णप्रसाद सिटौला ज्यु उप–प्रधानमन्त्री, गृहमन्त्री हुँदै पटकपटक मन्त्री बन्नु भयो, त्यो बेलामा केही नभएको अब हुने कुरामा पत्यान सकिन्छ ।’