झापा  / निर्वाचन प्रयोजनका लागि राजनीतिक दल तथा उम्मेदवारले अनलाइन सञ्चारमाध्यमबाट पनि विज्ञापन गर्न पाउने भएका छन् ।

निर्वाचन आयोगले मंसिर ४ मा हुने संघ र प्रदेशसभा सदस्य निर्वाचनका लागि अनलाइन सञ्चारमाध्यमबाट पनि विज्ञापन प्रकाशन तथा प्रसारण गर्न पाउने निर्णय गरेको हो ।

OM Sai Pathibhara Hospital

निर्वाचन आचारसंहिता, २०७९ को दफा १५ मा राजनीतिक दल वा उम्मेदवारसमेतले पालना गर्नु पर्ने सञ्चार माध्यमको प्रयोग सम्बन्धी आचरण अन्तर्गत राजनीतिक दल वा उम्मेदवारले टेलिभिजन, रेडियो तथा पत्रपत्रिकाको माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्न सक्ने व्यवस्था छ ।

तर, अनलाइन सञ्चार माध्यमबाट प्रचारप्रसार गर्ने सम्बन्धमा स्पष्ट उल्लेख नभएकोले सो सम्बन्धमा स्पष्ट गरी आयोगले राजनीतिक दल वा उम्मेदवारले निर्वाचन आचारसंहिता, २०७९ को अधीनमा रही प्रेस काउन्सिलमा सूचिकृत भएका अनलाइन सञ्चार माध्यममा निर्वाचन प्रचारप्रसार गर्न पाउने निर्णय गरेको हो ।