राजनीति

    Showing 7,041-7,050 of 10,368 items.
  • संसदीय दलको निर्वाचन: देउवाविरुद्ध गगनले उम्मेदवारी दिने

    काठमाडौं / नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध महामन्त्री गगन थापाले उम्मेदवारी दिने भएका छन् ।कांग्रेस संसदीय दलको निर्वाचनका लागि आज दिउँसो २ बजेदेखि ३ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । बुधबार बिहान ८ बजेदेखि निर्वाचन हुनेछ ।थापाले निर्वाचन अगाडि नै आफूलाई भावी प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरेका हुन् । निर्वाचन लगत्तै उनले संसदीय दलको निर्वाचनको तयारी थालेका छन् । तर कोइरालाले पनि दलको नेताको आकांक्षा देखाउँदै आफूलाई सघाउन थापालाई आग्रह गरेपछि उनीहरूबीच समझदारी जुट्न सकेको छैन्।संसदीय दलको नेता पार्टीको तर्फबाट प्रधानमन्त्री बन्ने भएकाले कांग्रेस ने

    • प्रकाशित मितिः पुस ५, २०७९
    • 111 पटक पढिएको
  • सिके राउतको जनमत पार्टीले छान्यो समानुपातिक उम्मेदवारको नाम

    काठमाडौं / प्रतिनिधि सभा सदस्यमा ६ सिट जितेको जनमत पार्टीले संसदीय दलका नेतासहितका पदाधिकारी चयन गरेको छ ।बैठकले दलको उपनेतामा अब्दुल खान, प्रमुख सचेतकमा अनिता साह, सचेतकमा विनिता सिंह दनुवारलाई चयन गरेको जनमत पार्टीका केन्द्रिय सचिवालय प्रमुख राजेश मण्डलले जानकारी दिएका हुन् ।यस्तै बैठकले सचिवमा गोमा लाभ सापकोटा र कोषाध्यक्षमा सोनु मुर्मुलाई चयन गरेको छ । अन्य दलले यसअघि संसदीय दलको सचिव र कोषाध्यक्ष चयन गर्ने परम्परा नभए पनि जनमत पार्टीले यी पदमा पनि चयन गरेको हो ।संसद्‌मा १० सिट नपुगेका कारण जनमत पार्टीका प्रमुख सचेतक तथा सचेतक ले संसद् सचिवालयबाट थप सुविधा पाउने छैनन् । तर जनमत पार्टी

    • प्रकाशित मितिः पुस ४, २०७९
    • 117 पटक पढिएको
  • सांसदलाई सपथ गराउने गृहकार्यमा संघीय संसद् सचिवालय

     काठमाडौँ / सङ्घीय संसद् सचिवालय प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यलाई सपथ दिलाउन गृहकार्यमा जुटेको छ।निर्वाचितमध्ये ज्येष्ठ सदस्यलाई राष्ट्रपतिबाट सपथ दिलाएपछि अरु सदस्यलाई पद तथा गोपनीयताको शपथ दिलाइनेछ। ज्येष्ठ सदस्य पहिचानका लागि सचिवालयले यसअघि नै विवरण खुलाइ पठाइदिन निर्वाचन आयोगलाई पत्राचार गरिसकेको छ।राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस १० गतेभित्र प्रधानमन्त्रीका लागि दाबी पेश गर्न ७ दिनको समय दिएर आह्वान गरिसकेकी छन्।हाल नवनिर्वाचित सदस्यमध्ये चित्रबहादुर केसी, महन्थ ठाकुर, महेन्द्रप्रसाद यादव र पशुपति शमशेर जबराको उमेर यकिन गर्नुपर्ने देखिएको छ।कुनै सदस्यले मातृभाषामा सपथ लिन

    • प्रकाशित मितिः पुस ४, २०७९
    • 121 पटक पढिएको
  • संसदीय दलको नेता छान्न पुस ६ मा चुनाव गर्ने कांग्रेसको तयारी

     काठमाडौँ/ नेपाली कांग्रेसले पुस ६ गते बुधबार संसदीय दलको चुनाव गर्ने गरी तयारी थालेको छ।निर्वाचन समितिका संयोजकसमेत रहेका सहमहामन्त्री भीष्मराज आङ्दम्बेले बुधबार चुनाव गर्ने गरी तयारी भइरहेको जानकारी दिएका छन्।बुधबार संसदीय दलको नेता चयनका लागि निर्वाचन गर्ने तयारी भइरहेको छ। बुधबार बिहान ८ बजेदेखि सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा निर्वाचन गर्ने गरी तयारी गरिएको हो।संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा र नेता शेखर कोइराला उम्मेदवार हुने सम्भावना छ। तर कोइराला र थापा १४ औं महाधिवेशनमा एकै समूहमा रहेकोले उनीहरूबीच सहमति गरी एक जना उम्मेदवार हुनुपर्

    • प्रकाशित मितिः पुस ४, २०७९
    • 105 पटक पढिएको
  • नेकपा एस ले दियो नयाँ सांसदलाई बधाई र शुभकामना

    काठमाडौं / नेकपा एकीकृत समाजवादीबाट निर्वाचित सांसदहरूलाई सो पार्टीले बधाई तथा शुभकामना दिएको छ ।पार्टी केन्द्रीय कार्यालय आलोक नगरमा आयोजित कार्यक्रममा प्रतिनिधि र प्रदेश सभा सदस्यमा निर्वाचित सांसदहरूलाई बधाई तथा शुभकामना आदान प्रदान गरिएको हो।एकीकृत समाजवादीबाट प्रतिनिधि सभामा अध्यक्ष माधवकुमार नेपालसहित १० जना सांसद छन् । 

    • प्रकाशित मितिः पुस ४, २०७९
    • 123 पटक पढिएको
  • रेशम चौधरीको रिहाइ माग गर्दै माइतीघरमा धर्ना

    काठमाडौं  / पूर्व सांसद रेशम चौधरीको रिहाइको माग गर्दै नागरिक उन्मुक्ति पार्टीका कार्यकर्ता काठमाडौंको माइतीघर मण्डलमा धर्नामा बसेका छन् । उनीहरूले चौधरीसँगै थरुहट बन्दीलाई रिहाइ गर्न माग गरेका छन्।थरुहट आन्दोलनका क्रममा भएको टीकापुर घटनामा दोषी ठहर गर्दै जिल्ला र उच्च अदालतले चौधरीलाई जेल सजाय सुनाएका थिए । उनी काठमाडौंको डिल्लीबजार कारागारमा जेल सजाय भोगिरहेका छन् ।उनलाई रिहाइ गर्ने उद्देश्यले सरकारले राष्ट्रपति समक्ष अध्यादेश पठाएको थियो। तर, राष्ट्रपतिबाट जारी भएको छैन । यही सन्दर्भलाई लिएर उन्मुक्ति पार्टीका कार्यकर्ताले माइतीघर मण्डलमा धर्ना दिएका हुन् ।

    • प्रकाशित मितिः पुस १, २०७९
    • 99 पटक पढिएको
  • आफ्नो विरोध गर्ने कार्यपालिका सदस्यहरूलाई राजीनामा दिन हर्क साम्पाङको निर्देशन

    धरान / धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले आफूले भनेको नमान्ने कार्यपालिका सदस्यहरूलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने बताएका छन् । कार्यपालिका बैठक नियमित रूपमा बस्न नसकेपछि उनले आज पत्रकार सम्मेलन गर्दै भनेको नमान्ने कार्यपालिका सदस्यलाई राजीनामा दिन सुझाव दिएका हुन् । एक महिनादेखि धरानमा कार्यपालिका बैठक बसेको छैन । बैठकमा बहु साँस्कृतिक पार्क बनाउने विषयमा कार्यपालिका सदस्य अनुप देवानले राय राख्दा मेयर साम्पाङले देवानलाई बाहिर जान भनेका थिए । कार्यपालिका सदस्यलाई बोल्न नै नदिई बाहिर जानु भनेपछि त्यसपछि बैठक बसेको छैन । मेयर र उपमेयरबाहेक अरु कार्यपालिका सदस्य

    • प्रकाशित मितिः पुस १, २०७९
    • 107 पटक पढिएको
  • आज पुस एक लोकतन्त्रमाथि ‘कू’ भएको स्मृतिमा कालो दिवस मनाइँदै

    काठमाडौँ/ प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आज देशभर कालो दिवसका रूपमा मनाइँदैछ ।विसं २०१७ पुस १ गते पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालालगायतका नेतालाई सेनाको बलमा बन्दी बनाई तत्कालीन राजा महेन्द्रले पञ्चायती शासन व्यवस्थाको सुरुवात गरेका थिए । नेपाल तरुण दलको कार्यक्रममा सहभागी भइरहेका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपीलगायतका नेतालाई त्यहीँबाट गिरफ्तार गरी तीन महिना सिंहदरबार र त्यसपछि सुन्दरीजलमा बन्दी बनाइएको थियो । सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको आवासमा पर्खालले घेरी बीपीलगायतका नेतालाई बन्दी ब

    • प्रकाशित मितिः पुस १, २०७९
    • 101 पटक पढिएको
  • मलाई धाँधली गरेरै हराइयो : झलनाथ खनाल

    इलाम/ इलाम –१ बाट पराजित भएका नेपाल कम्युनिस्ट नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका नेता झलनाथ खनालले धाँधली गरेर आफूलाई हराइएको बताएका छन् ।पुनः मतदान गराउनुपर्ने माग राखी सर्वोच्च अदालतमा निवेदन दिएका खनालले आफ्नो निकटतम प्रतिस्पर्धीसँग मिलेर निर्वाचन अधिकृत र अरु कर्मचारीले आफूलाई पराजित गराएको दाबी गरेका हुन् ।खनालले ५९ हजार ३७९ मत खसेकोमा गन्ने बेलामा ५९ हजार ७०५ मत पाइएकोले धाँधली भएको पुष्टि हुने दाबी गरेका छन् । उनले स्वच्छ, निष्पक्ष र स्वतन्त्र निर्वाचन हुन नसकेको दाबी गरेका छन् । विश्वसनीय र भयरहित निर्वाचन नभएकाले फेरि निर्वाचन हुनुपर्ने उनको माग छ ।पूर्वप्रधानमन्त्री

    • प्रकाशित मितिः मंसिर २९, २०७९
    • 131 पटक पढिएको
  • पार्टीका सबै सांसदहरूलाई पुस ५ गते एमालेले किन बाेलायाे ?

    काठमाडौँ  / नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित सांसदहरूको भेला बोलाएको छ ।एमाले नेता तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार पुस ५ गते काठमाण्डुको कमलादीमा भेला आयोजना गरिएको हो । उनले प्रतिनिधि सभासहित सातै प्रदेशका सांसदहरूलाई भेलामा सहभागिताका लागि पत्राचार गरिएको जानकारी दिए । भेलामा सहभागीहरूलाई पार्टीका शीर्ष नेताहरूले प्रशिक्षण दिने जनाइएको छ ।नेकपा एमालेबाट प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ४४ र समानुपातिकतर्फ ३४ गरी ७८ जना निर्वाचित भएका छन् भने प्रदेश सभामा दुवै निर्वाचन प्रणालीबाट १६१ जना निर्वाचित भएका छन् ।

    • प्रकाशित मितिः मंसिर २९, २०७९
    • 77 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.