काठमाडौं  / पूर्व सांसद रेशम चौधरीको रिहाइको माग गर्दै नागरिक उन्मुक्ति पार्टीका कार्यकर्ता काठमाडौंको माइतीघर मण्डलमा धर्नामा बसेका छन् । उनीहरूले चौधरीसँगै थरुहट बन्दीलाई रिहाइ गर्न माग गरेका छन्।

थरुहट आन्दोलनका क्रममा भएको टीकापुर घटनामा दोषी ठहर गर्दै जिल्ला र उच्च अदालतले चौधरीलाई जेल सजाय सुनाएका थिए । उनी काठमाडौंको डिल्लीबजार कारागारमा जेल सजाय भोगिरहेका छन् ।

OM Sai Pathibhara Hospital

उनलाई रिहाइ गर्ने उद्देश्यले सरकारले राष्ट्रपति समक्ष अध्यादेश पठाएको थियो। तर, राष्ट्रपतिबाट जारी भएको छैन । यही सन्दर्भलाई लिएर उन्मुक्ति पार्टीका कार्यकर्ताले माइतीघर मण्डलमा धर्ना दिएका हुन् ।