इलाम/ इलाम –१ बाट पराजित भएका नेपाल कम्युनिस्ट नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका नेता झलनाथ खनालले धाँधली गरेर आफूलाई हराइएको बताएका छन् ।

पुनः मतदान गराउनुपर्ने माग राखी सर्वोच्च अदालतमा निवेदन दिएका खनालले आफ्नो निकटतम प्रतिस्पर्धीसँग मिलेर निर्वाचन अधिकृत र अरु कर्मचारीले आफूलाई पराजित गराएको दाबी गरेका हुन् ।

OM Sai Pathibhara Hospital

खनालले ५९ हजार ३७९ मत खसेकोमा गन्ने बेलामा ५९ हजार ७०५ मत पाइएकोले धाँधली भएको पुष्टि हुने दाबी गरेका छन् ।

उनले स्वच्छ, निष्पक्ष र स्वतन्त्र निर्वाचन हुन नसकेको दाबी गरेका छन् । विश्वसनीय र भयरहित निर्वाचन नभएकाले फेरि निर्वाचन हुनुपर्ने उनको माग छ ।

पूर्वप्रधानमन्त्री समेत रहेका खनालले विभिन्न १० तरिकाले आफूलाई पराजित गरिएको दाबी गरेका छन् । निर्वाचन सामग्री प्रयोगमा बाधा व्यवधान भएको, मतपत्रको दुरुपयोग भएको, नगद वा जिन्सी लाभ लिई मतदान गर्न प्रेरित गरिएको, मतदाता नै नभएकालाई मतदान गर्न दिइएको, पटक पटक मतदान भएको उनको आरोप छ ।