काठमाडौं / प्रतिनिधि सभा सदस्यमा ६ सिट जितेको जनमत पार्टीले संसदीय दलका नेतासहितका पदाधिकारी चयन गरेको छ ।

बैठकले दलको उपनेतामा अब्दुल खान, प्रमुख सचेतकमा अनिता साह, सचेतकमा विनिता सिंह दनुवारलाई चयन गरेको जनमत पार्टीका केन्द्रिय सचिवालय प्रमुख राजेश मण्डलले जानकारी दिएका हुन् ।

OM Sai Pathibhara Hospital

यस्तै बैठकले सचिवमा गोमा लाभ सापकोटा र कोषाध्यक्षमा सोनु मुर्मुलाई चयन गरेको छ । अन्य दलले यसअघि संसदीय दलको सचिव र कोषाध्यक्ष चयन गर्ने परम्परा नभए पनि जनमत पार्टीले यी पदमा पनि चयन गरेको हो ।

संसद्‌मा १० सिट नपुगेका कारण जनमत पार्टीका प्रमुख सचेतक तथा सचेतक ले संसद् सचिवालयबाट थप सुविधा पाउने छैनन् । तर जनमत पार्टीले सिंहदरबारमा दलको कार्यालय र कार्यालय सञ्चालनका लागि आवश्यक खर्च र कर्मचारी भने पाउने छ ।

जनमत पार्टीको बैठकले नै दलको नेतामा अध्यक्ष डा. सिके राउतलाई चयन गरेको हो ।