राजनीति

    Showing 7,001-7,010 of 10,368 items.
  • सत्ता साझेदार दलको बैठक बस्दै, मन्त्रिपरिषद् विस्तारको तयारी

    काठमाडौं / मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न सत्ता साझेदार दलहरूको बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे बस्ने तय भएको छ ।बैठकमा मन्त्रिपरिषद् विस्तार लगायतका विषयमा छलफल हुने प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।यही पुस १० गते प्रधानमन्त्री नियुक्त भएका माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो । संविधानमा २५ सदस्यीय मन्त्रिपरिषद् गठन गर्न सक्ने व्यवस्था छ ।प्रधानमन्त्री दाहाल संसद्‌मा विश्वासको मत लिएसँगै गठबन्धन मन्त्रिपरिषद् विस्तारको गृहकार्यमा व्यस्त भएका थिए। हिजो मात्रै मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न प्रधानमन्त्री दाहाल   एमाले अध्यक्ष क

    • प्रकाशित मितिः पुस २८, २०७९
    • 135 पटक पढिएको
  • प्रदेश १ मा सभामुखको निर्वाचन आज

    विराटनगर / प्रदेश १ को सभामुखको निर्वाचन आज हुँदैछ । सभामुखमा माओवादी केन्द्रका सांसद बाबुराम गौतमको एकल उम्मेदवारी छ ।एकल उम्मेदवारी परेका कारण उनी निर्विरोध निर्वाचित हुनेछन् । प्रदेश सभा सचिवालयका अनुसार सभामुखको निर्वाचनका लागि आज बिहान ११ बजे प्रदेश सभा बैठक बस्दैछ ।माओवादी उम्मेदवार गौतमलाई सत्ता पक्ष र प्रतिपक्षी दलको पनि समर्थन छ ।माओवादी केन्द्रका  केन्द्रीय सदस्य गौतम ओखलढुङ्गाको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । ५० वर्षीय गौतम माओवादी जनयुद्ध लडेर आएका व्यक्ति हुन् ।

    • प्रकाशित मितिः पुस २८, २०७९
    • 140 पटक पढिएको
  • केपी ओलि र प्रचण्ड भेट सरकारलाई पूर्णता दिने विषयमा गृहकार्य

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख सत्तारूढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सरकारलाई पूर्णता दिने विषयमा गृहकार्य सुरु भएको छ । गत १० पुसमा प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका थिए । प्रचण्डको नेतृत्वमा आठ सदस्यीय मन्त्रिपरिषद् गठन भए पनि चारजना मन्त्रीले जिम्मेवारी पाउन नसक्दा उनीहरू कामविहीन हुँदैआएका छन् । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत प्राप्त गर्नासाथ मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति सत्तारूढ दलबीचमा भएको थियो । सरकार गठन भए पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन नसक्दा सरकारका महत्वपूर्ण कामकारबाही प्रभावित हुँदैआएका छन् । सरकारको कामकारबाही प्रभावकारी बनाउन प्रध

    • प्रकाशित मितिः पुस २८, २०७९
    • 324 पटक पढिएको
  • प्रदेश १ का मुख्यमन्त्री कार्कीले पुस २९ गते विश्वासको मत लिने

    विराटनगर / प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पुस २९ गते विश्वासको मत लिने भएका छन् ।आइतबार ६० जना सांसदको समर्थनमा मुख्यमन्त्री भएका उनले पुस २९ गते विश्वासको मत लिने भएका हुन् । विश्वासको मत लिने प्रयोजनका लागि मुख्यमन्त्रीले संसद सचिवालयलाई जानकारी गराइएको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।नेपालको संविधान २०७२ को धारा १६८ (४) तथा प्रदेश सभा नियमावलीको नियम १२८ (१०)र (२) बमोजिम मिति २०७९ पुस २९ गते ११ बजे विश्वासको मत प्राप्त गर्ने प्रयोजनका लागि सूचना दिएको मुख्यमन्त्रीका सहयोगी रवि खनालले जानकारी दिएका छन् ।

    • प्रकाशित मितिः पुस २७, २०७९
    • 147 पटक पढिएको
  • लोसपाले पनि प्रचण्डलाई विश्वासको मत दिने

    काठमाडौं / लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने भएको छ ।लोसपाका सांसद शरत सिंह भण्डारीका अनुसार विश्वासको मत लिएर प्रतिपक्षमा बस्ने निर्णय अध्यक्ष महन्थ ठाकुरले बताएका हुन् ।यसअघि लोसपाको संसदीय दलको बैठकले अध्यक्ष ठाकुरलाई विश्वासको मतबारे निर्णय गर्ने अधिकार थियो । ‘अध्यक्षले विश्वासको मत दिने तर, प्रतिपक्षमा बस्ने निर्णय लिएका छन्।प्रचण्डले आज प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन् । त्यस अगावै लोसपाले आफ्नो निर्णय सुनाएको हो ।

    • प्रकाशित मितिः पुस २६, २०७९
    • 111 पटक पढिएको
  • प्रदेश १ प्रदेश सभाको बैठक आज

    विराटनगर / प्रदेश १ प्रदेश सभाको दोस्रो बैठक आज बस्दैछ ।प्रदेश सभाको आजको बैठकले सभामुखको निर्वाचित मिति तोक्ने छ । आइतबार बसेको सर्वदलीय बैठकले पुस २८ गते सभामुखको निर्वाचन गर्ने सहमति गरेको थियो ।उपसभामुखको निर्वाचन पुस ३० गते हुनेछ । आजको प्रदेश सभा बैठकले मिति तोक्नेछ । सभामुखको निर्वाचन कार्यतालिका आज नै सार्वजनिक गरी मनोनयन पनि आज नै गर्ने तयारी छ ।सत्तारुढ गठबन्धनबीच भागबन्डा गर्दा प्रदेश १ को मुख्यमन्त्री नेकपा एमाले र सभामुख नेकपा माओवादी केन्द्रको भागमा परेको छ ।एमालेबाट संसदीय दलका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री नियुक्त भएका छन् । सभामुखको उम्मेदवार छनोट गर्न माओवादी केन्द्रला

    • प्रकाशित मितिः पुस २६, २०७९
    • 109 पटक पढिएको
  • प्रदेश १ मा को को बन्दैछन् मन्त्री, माओवादी केन्द्रमा अन्योल

    विराटनगर / प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन् ।प्रदेश प्रमुखको कार्यालयका अनुसार आज दिउँसो २ बजे  शपथ ग्रहण गर्नेछन् ।  सपथग्रहण लगतै मुख्यमन्त्री कार्कीले आजै सानो आकारको मन्त्रिमण्डल विस्तार गर्ने तयारी छ । एमालेबाट २, माओवादी केन्द्र र राप्रपाबाट १–१ जना मन्त्री बनाउने उनको तयारी छ ।नेकपा एमालेले बुद्धिकुमार राजभण्डारी र तिलकुमार मेन्याङ्बोलाई मन्त्री बनाउने सम्भावना छ । पूर्व संघीय सांसद मेन्याङ्बो संसदीय दलको नेताको आकांक्षी थिए । तर कार्कीले उनलाई मन्त्री बनाउने आश्वासन दिएपछि दाबीबाट पछि हटेका थिए । राजभण्डारी २०७४ सालमा निर्व

    • प्रकाशित मितिः पुस २५, २०७९
    • 124 पटक पढिएको
  • उपप्रधानमन्त्री तथा गृहमन्त्रीले आफ्नो सवारी क्रममा रहने अगुवापछुवा सुरक्षाकर्मीसहितको गाडी हटाए

    गृहमन्त्री लामिछानेले आफूमात्र उच्च सुरक्षा घेरामा हिँडडुल गरेर नागरिक अपेक्षा पूरा नहुने बताउँदै आफ्नो अगुवापछुवामा हुने सुरक्षा टोली हटाएका हुन् ।गृहमन्त्रीको सुरक्षा प्रहरी निरीक्षकको नेतृत्वमा हुने टोलीलाई पनि घटाएर उनले प्रहरी नायब निरीक्षक (सई) को नेतृत्वको सुरक्षाकर्मी राख्दै आएका छन् ।‘उपप्रधानमन्त्री तथा गृहमन्त्रीको सवारी क्रममा रहने अगुवापछुवा सुरक्षाकर्मीसहितको गाडी हटाएर मैले आजैबाट अगाडि एउटा मात्र गाडी सुरक्षामा राख्ने निर्णय गरेको छु । भैपरि आउँदाको परिस्थितिलाई अपवाद मानिदिनुहोला,’ शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले स्पष्ट पारेका छन् ।

    • प्रकाशित मितिः पुस २३, २०७९
    • 200 पटक पढिएको
  • पेट्रोलियम पदार्थको मूल्य घटाउन प्रधानमन्त्री दाहालको निर्देशन

    काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका छन् ।अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोहीबमोजिम मूल्य समायोजन गरी मूल्य घटाउन प्रधानमन्त्री प्रचण्डले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवलाई निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिएका हुन् ।प्रधानमन्त्री प्रचण्डले आम जनतालाई राहतको अनुभूति हुने गरी पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य कटौती गर्न निर्देशन दिएको उनले बताएका छन् ।

    • प्रकाशित मितिः पुस २१, २०७९
    • 173 पटक पढिएको
  • राष्ट्रियसभाको उपनिर्वाचन २५ माघमा

    काठमाडौं / राष्ट्रियसभाको उपनिर्वाचन २५ माघमा हुने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले २५ माघमा राष्ट्रियसभा उपनिर्वाचन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन्।५९ सदस्यीय राष्ट्रिय सभामा एमालेबाट निर्वाचित सदस्य खिमलाल भट्टराईले राजीनामा दिएपछि एक सिट खाली रहेको छ । भट्टराई प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिन गत मङ्सिरमा पदबाट राजनीतिमा दिएका थिए ।संविधान अनुसार पद रिक्त रहेको ३५ दिनभित्र उपनिर्वाचन गर्नुपर्नेछ ।

    • प्रकाशित मितिः पुस २१, २०७९
    • 124 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.