राजनीति

    Showing 7,001-7,010 of 7,647 items.
  • दलहरुबीच बृहत्तर राष्ट्रिय एकताको खाँचो छ : सभामुख सापकोटा

    काठमाडौँ / सभामुख अग्निप्रसाद सापकोटाले समग्र बदलिँदो परिस्थितिलाई विश्लेषण गर्दै हरेक हिसाबले दलहरुबीच बृहत्तर राष्ट्रिय एकताको खाँचो औँल्याएका छन् ।सङ्घीय संसद् आइतबारदेखि शुरु हुने अधिवेशनको व्यवस्थापन तयारीको निरीक्षणपछि सञ्चारकर्मीको जिज्ञासामा उनले पुनःस्थापित संसद् धेरै हिसाबले ऐतिहासिक, बहुआयामिक र दूरगामी महत्वको रहेकाले दलहरुबीच एकता अपरिहार्य रहेको बताए ।  सभामुख सापकोटाले भने, “बृहत् राष्ट्रिय एकताको शक्तिशाली सन्देश दिने थलो प्रतिनिसभा हो, यो अहिलेको आवश्यकता हो, यहाँबाट यो सन्देश दिनुपर्छ भन्ने मेरो मत छ, दलहरुसँग समन्वय गर्नेमा इमान्दारी र निष्ठाका साथ प्रयत्न गर्

    • प्रकाशित मितिः साउन १, २०७८
    • 68 पटक पढिएको
  • पार्टी एकता गर्न गठित कार्यदल खारेज

    काठमाडौँ  / एमाले स्थायी कमिटी बैठकले पार्टी एकता गर्न गठित १० सदस्यीय कार्यदल खारेज गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज (शुक्रबार) बसेको स्थायी समितिको बैठकले १० बुँदे सहमति अनुमोदन गर्दै कार्यदल खारेज गरेको हो । बैठकले देउवा नेतृत्वको सरकारको विपक्षमा उभिन आफ्ना सांसदहरूलाई निर्देशन दिएको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । त्यस्तै अध्यक्ष केपी ओली नेतृत्वको सरकारले ऐतिहासिक काम गरेको भन्दै बैठकले धन्यवाद व्यक्त गरेको छ ।

    • प्रकाशित मितिः साउन १, २०७८
    • 281 पटक पढिएको
  • एमालेको बैठकबाट नेपाल समूहका नेता बाहिरिए

    काठमाडौँ /  नेकपा एमालेको स्थायी कमिटीको बैठकबाट वरिष्ठ नेता झलनाथ खनाल – माधवकुमार नेपाल पक्षका नेताहरू बाहिरिएका छन् । पार्टीको स्थायी कमिटी बैठक रोक्न माग गर्दा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले बैठक रोक्न नमाने पछि नेपाल पक्षका नेताहरू बैठकस्थलबाट बाहिरिएका हुन् । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका कार्यदलमा रहेका नेताहरूले गृहकार्य गरेर मात्रै स्थायी कमिटीको बैठक राख्न आग्रह गरेका थिए ।     ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा आयोजित बैठकका बीचमा पार्टीका उपाध्यक्ष डा भीमबहादुर रावलसहितका नेताहरू प्रवेश गरी सहमतिमा मात्रै बैठक र

    • प्रकाशित मितिः साउन १, २०७८
    • 94 पटक पढिएको
  • आफु सक्रिय र रचनात्मक प्रतिपक्षमा रहने : ओली

    काठमाडौँ / नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अदालतको परमादेशबाट नयाँ सरकार गठन भएको जनाउँदै अब आफूहरु सक्रिय एवं रचनात्मक प्रतिपक्षमा रहने बताएका छन् ।पार्टी स्थायी कमिटीको बैठकको अध्यक्षता गर्दै अध्यक्ष ओलीले राष्ट्रियता, लोकतन्त्र, राष्ट्रिय छवि निर्माण, विकास निर्माण र समृद्धिका लागि पार्टी निरन्तर सक्रिय रहने जनाएका छन् । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आयोजित बैठकमा अध्यक्ष ओलीले आफूहरु कुनै आवेग र उत्तेजनामा नआउने पनि स्पष्ट पारेका छन् ।उनले सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनःस्थापना हुने फैसलाप्रति असहमति रहने तर कार्यान्वयनमा जान अघि बढ्ने जनाएका छन्

    • प्रकाशित मितिः साउन १, २०७८
    • 91 पटक पढिएको
  • प्रधानमन्त्री देउवाले गरे बालुवाटार प्रवेश

    बिर्तामोड  / प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री निवास बालुवाटारमा प्रवेश गरेका छन् । गत मंगलबार प्रधानमन्त्रीमा नियुक्ति भएका देउवा आज (शुक्रबार) बिहान १०ः०० बजे प्रधानमन्त्री निवास बालुवाटार प्रवेश गरेका हुन् । गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएपनि निजी निवास बूढानीलकण्ठमै बस्दै आएका थिए । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेसँगै बुधबार निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार छोडेका थिए ।

    • प्रकाशित मितिः साउन १, २०७८
    • 155 पटक पढिएको
  • प्रतिनिधिसभा बैठक साउन ३ मा बोलाउन राष्ट्रपति समक्ष सिफारिस

    काठमाडौँ  / सरकारले आगामी साउन ३ गते प्रतिनिधिसभा बैठक बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आज (विहीबार) बसेको मन्त्रिपरिषद् बैठकले साउन ३ गते प्रतिनिधिसभा बैठक बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको म्याद १ वर्ष थप गर्ने निर्णय गरेको छ । यस्तै दुबै आयोगका पदाधिकारीको म्याद पनि एक वर्ष थप गरिएको बैठकपछि गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिए ।गत जेठ ७ गते तत्कालीन मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा भंग गरी मध्यावधि निर्वाचन घोषणा गरे

    • प्रकाशित मितिः असार ३१, २०७८
    • 125 पटक पढिएको
  • नेपाल र अमेरिकाबीचको मित्रता थप सुदृढ गरिने छः प्रम देउवा

    काठमाडौँ / प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नयाँ कार्यकालमा नेपाल र संयुक्त राज्य अमेरिका बीचको मित्रता र साझेदारीलाई थप सुदृढ गरिने बताएका छन् ।निजी निवास बूढानीलकण्ठमा नेपालका लागि अमेरिकाका राजदूत र्याँन्डी बेरीसँगको भेटमा प्रधानमन्त्री देउवाले सो कुरा बताएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।मंगलबार पद तथा गोपनीयताको शपथ लिनुभएका प्रधानमन्त्री देउवालाई राजदूत बेरीले सोही दिन सामाजिक सञ्जाल मार्फत बधाई दिएका थिए ।  

    • प्रकाशित मितिः असार ३१, २०७८
    • 96 पटक पढिएको
  • मन्त्री बनाइदिन मैले कसैलाई आग्रह गरेको छैन : आले

    डोटी / निवर्तमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आफूले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मन्त्री बनाउन आग्रह नगरेको स्पष्ट गरेका छन् । विभिन्न सञ्चारमाध्यममा  प्रकाशित समाचारको खण्डन गर्दै उनले ठूलै पद दिए पनि आफूले कुनै हालतमा नेकपा (एमाले) र अध्यक्ष केपी शर्मा ओलीका साथ नछाड्ने दृढता व्यक्त गरे ।उनले आफूले मन्त्री बन्नका लागि कसैलाई भेट्न नगएको बताउँदै भने, “मैले शेरबहादुर देउवालाई भेटेको छैन, भ्रामक समाचारको खेती गर्न बन्द गरौँ, गलत अफवाह नफैलाऔँ ।” पूर्वमन्त्री तथा एमाले नेता आले एक हप्तादेखि ढाडको नशा च्यापिएर ब्लु लोटस अस्पतालमा उपचार गराइरहेका छन् । एमाले एक

    • प्रकाशित मितिः असार ३१, २०७८
    • 261 पटक पढिएको
  • एमाले बहिर्गमनको कारण दलकै नेता

    वाग्मती / वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले एमालेको सत्ता बहिर्गमनको कारण दलकै नेताहरु भएको विचार व्यक्त गरेका छन्।हेटौँडा–१४ मयूरधापमा पार्टी प्रवेश कार्यक्रममा मुख्यमन्त्री पौडेलले समृद्ध नेपाल सुखी नेपाली निर्माणको महाभियानमा लागिरहेको इतिहासकै सफल केपी शर्मा ओली नेतृत्वको सरकारलाई सत्ताबाट बाहिर बनाउन सफलता हात पारेकाहरुको खुशी एक महिनामै दुःखमा परिणत हुने जिकिर गरेका छन् । कार्यक्रममा एमाले वाग्मती प्रदेश सङ्गठन विभाग प्रमुख अनन्त पौडेलले देशमा एकाएक कानूनी राजको अन्त्य भएको विचार व्यक्त गरेका छन् । वाग्मती प्रदेशसभा सदस्य जेनेली श्रेष्ठले नेपाली जनताले एमालेलाई विकास

    • प्रकाशित मितिः असार ३१, २०७८
    • 97 पटक पढिएको
  • मोटरसाइकल दुर्घटनाबाट वडा सदस्यको मृत्यु

    इलाम / माङसेबुङ गाँउपालिका -४ मार्चेबुङ बस्ने ३६ वर्षीय धन बहादुर राईको मोटरसाइकल दुर्घटनाबाट मृत्यु भएको छ । हिजो दिउसो ४ बजे मार्चेबुङ वडा नम्बर -४ का वडा सदस्य समेत रहेका राई कार्यालयबाट मे ८ प  ६०४ नम्बरको मोटरसाइकलमा घर तर्फ आउँदै गर्दा रतुवा पुल नजिक मोटरसाइकल आफै अनियन्त्रित भई सेतेभिरबाट अन्दाजी १०० मिटर तल झरी दुर्घटना हुँदा उनी गम्भिर घाईते भएका थिए । टाउकोमा चोट लागी गम्भीर घाईते भएका वडा सदस्य राईको बि एण्ड सी अस्पताल बिर्तामोडमा उपचारको क्रममा राती पौने १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

    • प्रकाशित मितिः असार ३१, २०७८
    • 178 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा