विराटनगर / प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पुस २९ गते विश्वासको मत लिने भएका छन् ।

आइतबार ६० जना सांसदको समर्थनमा मुख्यमन्त्री भएका उनले पुस २९ गते विश्वासको मत लिने भएका हुन् ।

OM Sai Pathibhara Hospital

विश्वासको मत लिने प्रयोजनका लागि मुख्यमन्त्रीले संसद सचिवालयलाई जानकारी गराइएको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

नेपालको संविधान २०७२ को धारा १६८ (४) तथा प्रदेश सभा नियमावलीको नियम १२८ (१०)र (२) बमोजिम मिति २०७९ पुस २९ गते ११ बजे विश्वासको मत प्राप्त गर्ने प्रयोजनका लागि सूचना दिएको मुख्यमन्त्रीका सहयोगी रवि खनालले जानकारी दिएका छन् ।