काठमाडौं / मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न सत्ता साझेदार दलहरूको बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे बस्ने तय भएको छ ।

बैठकमा मन्त्रिपरिषद् विस्तार लगायतका विषयमा छलफल हुने प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

OM Sai Pathibhara Hospital

यही पुस १० गते प्रधानमन्त्री नियुक्त भएका माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो । संविधानमा २५ सदस्यीय मन्त्रिपरिषद् गठन गर्न सक्ने व्यवस्था छ ।

प्रधानमन्त्री दाहाल संसद्‌मा विश्वासको मत लिएसँगै गठबन्धन मन्त्रिपरिषद् विस्तारको गृहकार्यमा व्यस्त भएका थिए। हिजो मात्रै मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न प्रधानमन्त्री दाहाल   एमाले अध्यक्ष केपी शर्मा ओलीसँग उनकै निवास बालकोट पुगेर छलफलमा जुटेका थिए।