विराटनगर / प्रदेश १ को सभामुखको निर्वाचन आज हुँदैछ । सभामुखमा माओवादी केन्द्रका सांसद बाबुराम गौतमको एकल उम्मेदवारी छ ।

एकल उम्मेदवारी परेका कारण उनी निर्विरोध निर्वाचित हुनेछन् । प्रदेश सभा सचिवालयका अनुसार सभामुखको निर्वाचनका लागि आज बिहान ११ बजे प्रदेश सभा बैठक बस्दैछ ।

OM Sai Pathibhara Hospital

माओवादी उम्मेदवार गौतमलाई सत्ता पक्ष र प्रतिपक्षी दलको पनि समर्थन छ ।

माओवादी केन्द्रका  केन्द्रीय सदस्य गौतम ओखलढुङ्गाको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । ५० वर्षीय गौतम माओवादी जनयुद्ध लडेर आएका व्यक्ति हुन् ।