राजनीति

    Showing 6,981-6,990 of 10,368 items.
  • प्रदेश मन्त्रालय घटाउने योजनामा सरकार

    झापा / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेश मन्त्रालयको संख्या घटाउन र खर्चभार  कटौती  गर्न आफूले प्रस्ताव गरिसकेको र सोही अनुसार केही प्रदेशहरूमा मन्त्रालयको संख्या घटाइएको बताएका छन् ।प्रदेशहरू आफैँमा स्वायत्त तह हुन्। उनीहरूले कसरी काम गर्ने भन्ने कुरा संविधानमा नै प्रष्ट छ। त्यसमा केन्द्रले अनावश्यक हस्तक्षेप गर्नुहुँदैन, हामीले गर्दैनौ पनि ’उनले भने, ‘तर, प्रदेशका संरचना भद्दा हुँदा प्रशासनिक खर्च बढेको, वित्तीय सुशासन कायम हुन नसकेको जन गुनासोबारे हामी सचेत छौं। यसलाई पारदर्शी र मितव्ययी बनाउन जरूरी छ।’प्रदेशमा मन्त्रालयको संख्या घटाउने विषयमा एमाले

    • प्रकाशित मितिः माघ ९, २०७९
    • 155 पटक पढिएको
  • माओवादी केन्द्रले बाेलायाे स्थायी र केन्द्रीय समिति बैठक

    नेकपा माओवादी केन्द्रले १५ माघमा केन्द्रीय समिति बैठक बोलाएको छ ।  पछिल्लो राजनीतिक परिस्थीति तथा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकीकरणका बारेमा छलफल गर्नका लागि केन्द्रिय समिति बैठक बोलाईएको हो । सो पार्टीका महासचिव देवप्रसाद गुरुङका अनुसार सो अघि ११ माघमा स्थायी कमिटी बैठक बस्नेछ । दुवै पार्टीका कार्यदलले तयार पारेका प्रतिवेदन माथी प्रारम्भिक छलफल गरी केन्द्रिय समितिवाट अनुमोदन गरिनेछ । जसका लागि शनिवार दुवै पार्टीको कार्यदलको बैठक भएको थियो । दुवै पक्ष पार्टी एकीकरण गर्न मञ्जुर भएका छन् ।

    • प्रकाशित मितिः माघ ८, २०७९
    • 110 पटक पढिएको
  • उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर

    आज भएको उपसभामुखको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगर प्रतिनिधिसभाको उपसभामुखमा निर्वाचित हुनु भएको छ।शनिबार बसेको प्रतिनिधिसभाको बैठकमा सत्तारुढ दलहरुको साझा उम्मेदवार रहनु भएकी रानामगरलाई प्रतिनिधिसभाको उपसभामुख पदमा निर्वाचित हुनु भएको हो । उहाँलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६६ मत प्राप्त भएको थियो भने उहाँका प्रतिस्पर्धी मुक्ताकुमारी यादवले ९७ मत प्राप्त गर्नु भएको थियो। सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा बहाल रहेका सांसदहरुको बहुमत प्राप्त गरेकाले रानामगर प्रतिनिधिसभाको उपसभामुख पदमा निर्वाचित भएको घोषणा गर्नु भएको छ।

    • प्रकाशित मितिः माघ ७, २०७९
    • 222 पटक पढिएको
  • सभामुखले आकस्मिक बोलाए सर्वदलीय बैठक

    सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सर्वदलीय बैठक आज शनिबार ११ बजेका लागि बोलाउनुभएको छ ।संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार उक्त बैठक नयाँबानेश्वरस्थित संसद् भवनमा बस्नेछ । सभामुख घिमिरेले आफू सभामुखमा निर्वाचित भएपछि बोलाउनुभएको यो पहिले सर्वदलीय बैठक हो । उहाँ यही माघ ५ गते प्रतिनिधिसभाबाट एक सय ६७ मत प्राप्त गरी सभामुखमा निर्वाचित हुनुभएको थियो ।

    • प्रकाशित मितिः माघ ७, २०७९
    • 165 पटक पढिएको
  • नवौँ प्रतिनिधिसभाको सभामुखका रुपमा घिमिरे निर्वाचित

    काठमाडौं / प्रतिनिधिसभाको सभामुखमा एमाले सांसद देवराज घिमिरे नेपालको संसदीय इतिहासमा नवौँ सभामुखका रुपमा निर्वाचित भएका हुन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा मत विभाजन मार्फत भएको मतदान प्रक्रियामा घिमिरेलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा बहुमत पुगेकाले सभामुख पदमा निर्वाचित भएको संसद्का ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले घोषणा गरेका हुन् । सत्ता गठबन्धनका तर्फबाट सभामुख पदमा उम्मेदवार बनेका घिमिरेलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६७ मत परेको छ । त्यसैगरी हुन्न भन्ने पक्षमा सय मत परेको छ भने मत दिन्न पक्षमा १ मत परेको छ । २६८ जना सांसद मतदानमा सहभागी भएका थिए

    • प्रकाशित मितिः माघ ५, २०७९
    • 145 पटक पढिएको
  • आज सभामुखको निर्वचन

    काठमाडौँ / संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको सभामुखका लागि आज निर्वाचन हुँदैछ।सभामुखका लागि सत्ता गठबन्धनबाट नेकपा एमालेका सांसद देवराज घिमिरेले उम्मेदवारी दिएका छन् भने नेपाली काङ्ग्रेससहितका केही दलले काँग्रेस सांसद ईश्वरीदेवी न्यौपानेलाई अघि सारेको छ।एमालेका घिमिरेको प्रस्तावकमा सुवासचन्द्र नेम्वाङ, समर्थकमा हितराज पाण्डे, राजेन्द्रप्रसाद लिङदेन र रवि लामिछाने छन् भने काङ्ग्रेसकी न्यौपानेको प्रस्तावकमा विश्वप्रकाश शर्मा र समर्थकमा प्रकाश ज्वाला छन्।

    • प्रकाशित मितिः माघ ५, २०७९
    • 162 पटक पढिएको
  • कांग्रेसको सभामुखमा ईश्वरी न्यौपानेले उम्मेदवारी दिने

    काठमाडौँ / नेपाली कांग्रेसले सभामुख पदका लागि महिलालाई उम्मेदवार बनाउने तयारी गरेको छ । बुधबार बिहान बसेको पार्टीको पदाधिकारी बैठकमा महिलालाई सभामुख पदका लागि उम्मेदवार बनाउने विषयमा छलफल गरेको हो।नेपाली कांग्रेसबाट सभामुखमा ईश्वरी न्यौपानेले उम्मेदवारी दिने भएकी छन् ।सभामुखमा उम्मेदवारीका विषयमा कांग्रेसले प्रतिपक्षमा रहेका दलहरूसँग छलफल गरिरहेको छ ।न्यौपानेले आफूलाई संसदीय दलको कार्यालयमा बोलाइएको बताएकी छन्। छलफल सकिएपछि उम्मेदवारी दर्ता गर्ने तयारी छ ।

    • प्रकाशित मितिः माघ ४, २०७९
    • 170 पटक पढिएको
  • माओवादी झापाको बैठक, जनताका समस्यामा हातेमालो गर्ने

    बाहुनडाँगी/ नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति झापाको तेस्रो विस्तारित बैठक मंगलबार झापाको बाहुनडाँगीमा सम्पन्न भएको छ ।बैठकमा सहभागी नेताहरुले संगठनलाई थप सुदृढ बनाउन एकताका साथ अघि बढ्ने उद्घोष गरेका छन् । माओवादी केन्द्रका महासचिव देव गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा उनले पार्टीप्रति जनताको उत्साह र चाहना बढेकाले त्यही अनुसारको काम गर्नुपर्ने बताए ।माओवादी केन्द्र जिल्ला समन्वय समिति झापाका संयोजक राजु आचार्य (अग्नि)को अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सचिव राम कार्की, केन्द्रीय सदस्य झलकसिंह दर्लामी लगायतले विचार राखेका थिए ।गत स्थानीय चुनावमा निर्वाचित भएका पा

    • प्रकाशित मितिः माघ ४, २०७९
    • 129 पटक पढिएको
  • देवराज घिमिरेलाई एमालेले बनायो सभामुखको उम्मेदवार

    काठमाडौं / नेकपा एमालेले झापाका देवराज घिमिरेलाई सभामुखको उम्मेदवार बनाएको छ ।झापा –२ बाट प्रतिनिधि सभा सदस्यमा घिमिरे निर्वाचित सांसद हुन् । एमालेमा उनको नाम सर्वसम्मत भएको छ । सभामुखका लागि आज १ बजेदेखि ४ बजेसम्म मनोनयनको समय तोकिएको छ ।संवैधानिक व्यवस्था अनुसार संघीय संसद् बैठक सुरु भएको १५ दिनभित्र प्रतिनिधि सभा सदस्यहरूमध्येबाट सभामुख चयन गर्नुपर्ने हुन्छ । उक्त समय घर्किन लागेपछि प्रतिनिधि सभामा सभामुख चयन गर्ने तयारी गरिएको हो ।सत्ता गठबन्धनमा सभामुख नेकपा एमालेको भागमा परेको छ । गठबन्धनका तर्फबाट एमालेका देवराज घिमिरेले उम्मेदवारी दर्ता गराउनेछन् ।सभामुखको निर्वाचन बिहीबार हुने प्

    • प्रकाशित मितिः माघ ४, २०७९
    • 214 पटक पढिएको
  • उपप्रधानमन्त्री तथा ऊर्जामन्त्रीमा राजेन्द्र लिङ्देन

    काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री नियुक्त भएका छन् । राष्ट्रपति कार्यालय, शीतलनिवासमा उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पद तथा गोपनीयताको शपथ लिएका हुन् ।यससँगै प्रचण्ड सरकारमा चार उपप्रधानमन्त्री भएका छन् ।

    • प्रकाशित मितिः माघ ३, २०७९
    • 207 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.