काठमाडौँ / संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको सभामुखका लागि आज निर्वाचन हुँदैछ।

सभामुखका लागि सत्ता गठबन्धनबाट नेकपा एमालेका सांसद देवराज घिमिरेले उम्मेदवारी दिएका छन् भने नेपाली काङ्ग्रेससहितका केही दलले काँग्रेस सांसद ईश्वरीदेवी न्यौपानेलाई अघि सारेको छ।

OM Sai Pathibhara Hospital

एमालेका घिमिरेको प्रस्तावकमा सुवासचन्द्र नेम्वाङ, समर्थकमा हितराज पाण्डे, राजेन्द्रप्रसाद लिङदेन र रवि लामिछाने छन् भने काङ्ग्रेसकी न्यौपानेको प्रस्तावकमा विश्वप्रकाश शर्मा र समर्थकमा प्रकाश ज्वाला छन्।