आज भएको उपसभामुखको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगर प्रतिनिधिसभाको उपसभामुखमा निर्वाचित हुनु भएको छ।

शनिबार बसेको प्रतिनिधिसभाको बैठकमा सत्तारुढ दलहरुको साझा उम्मेदवार रहनु भएकी रानामगरलाई प्रतिनिधिसभाको उपसभामुख पदमा निर्वाचित हुनु भएको हो । उहाँलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६६ मत प्राप्त भएको थियो भने उहाँका प्रतिस्पर्धी मुक्ताकुमारी यादवले ९७ मत प्राप्त गर्नु भएको थियो। सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा बहाल रहेका सांसदहरुको बहुमत प्राप्त गरेकाले रानामगर प्रतिनिधिसभाको उपसभामुख पदमा निर्वाचित भएको घोषणा गर्नु भएको छ।