काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री नियुक्त भएका छन् । राष्ट्रपति कार्यालय, शीतलनिवासमा उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

यससँगै प्रचण्ड सरकारमा चार उपप्रधानमन्त्री भएका छन् ।