काठमाडौँ / नेपाली कांग्रेसले सभामुख पदका लागि महिलालाई उम्मेदवार बनाउने तयारी गरेको छ । बुधबार बिहान बसेको पार्टीको पदाधिकारी बैठकमा महिलालाई सभामुख पदका लागि उम्मेदवार बनाउने विषयमा छलफल गरेको हो।

नेपाली कांग्रेसबाट सभामुखमा ईश्वरी न्यौपानेले उम्मेदवारी दिने भएकी छन् ।

OM Sai Pathibhara Hospital

सभामुखमा उम्मेदवारीका विषयमा कांग्रेसले प्रतिपक्षमा रहेका दलहरूसँग छलफल गरिरहेको छ ।

न्यौपानेले आफूलाई संसदीय दलको कार्यालयमा बोलाइएको बताएकी छन्। छलफल सकिएपछि उम्मेदवारी दर्ता गर्ने तयारी छ ।