काठमाडौं / नेकपा एमालेले झापाका देवराज घिमिरेलाई सभामुखको उम्मेदवार बनाएको छ ।

झापा –२ बाट प्रतिनिधि सभा सदस्यमा घिमिरे निर्वाचित सांसद हुन् । एमालेमा उनको नाम सर्वसम्मत भएको छ । 

OM Sai Pathibhara Hospital

सभामुखका लागि आज १ बजेदेखि ४ बजेसम्म मनोनयनको समय तोकिएको छ ।

संवैधानिक व्यवस्था अनुसार संघीय संसद् बैठक सुरु भएको १५ दिनभित्र प्रतिनिधि सभा सदस्यहरूमध्येबाट सभामुख चयन गर्नुपर्ने हुन्छ । उक्त समय घर्किन लागेपछि प्रतिनिधि सभामा सभामुख चयन गर्ने तयारी गरिएको हो ।

सत्ता गठबन्धनमा सभामुख नेकपा एमालेको भागमा परेको छ । गठबन्धनका तर्फबाट एमालेका देवराज घिमिरेले उम्मेदवारी दर्ता गराउनेछन् ।

सभामुखको निर्वाचन बिहीबार हुने प्रतिनिधि सभा बैठकमा हुनेछ । प्रतिनिधि सभा बैठक बिहीबार बिहान ११ बजेका लागि बोलाइएको छ ।