राजनीति

    Showing 6,961-6,970 of 9,634 items.
  • ओली अहिले रन्थनिएका छन्, जसरी बोले पनि सुनिदिउँ : थापा

    काठमाडौं  / नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले अध्यक्ष ओली अहिले रन्थनिएकोले उनका कुरालाई गम्भीरतापूर्वक लिनु आवश्यक नभएको टिप्पणी गरेका छन् ।सरकारको नीति तथा कार्यक्रममाथि केपी शर्मा ओलीले संसद्को रोष्ट्रममा उभिएर गन्थन प्रस्तुत गरेको बताउँदै थापाले यस्तो बेलामा जसरी बोले पनि त्यसको जवाफ दिइरहन नपर्ने बताए ।थापाले भने, – ‘कुण्ठामा केवल सहानुभूति हुन्छ । त्यसैले यो बेलामा साथीहरूले भन्नुभयो घण्टौँ बसेर बोल्ने ? यतिखेर रन्थनिएको बेलामा बसेर, उठेर, सुतेर जसरी बोल्न दिए पनि हुन्छ । पलेटी कसेर बोले पनि हुन्छ । एक खुट्टामा टेकेर बोले पनि हुन्छ । अहिले हामीले सुनिदिनुपर्छ ।’

    • प्रकाशित मितिः जेठ १४, २०७९
    • 101 पटक पढिएको
  • बिनाअध्ययन लोकप्रियताको लागि कर छुट गर्दा देशमा थप संकट निम्तिन्छ : मन्त्री आङ्वो

    झापा / प्रदेश –१ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोले विना अध्ययन क्षणिक लोकप्रियताको लागि कर छुट गर्दा देशलाई थप संकट आउने बताएका छन् । मन्त्री आङ्वोले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै यस्तो बताएका हुन् । उनले आयातित वस्तुको कर घटाएर खपत बढाउने भन्ने कुरा अर्थसम्बन्धी अनविज्ञता र क्षणिक लोकप्रियताको उपज भएको उल्लेख गरेका छन् ।उनले फेसबुकमा लेखेका छन्, –‘आयातित वस्तुमा कर घटाएर खपत बढाउने, बिनाअध्ययन क्षणिक लोकप्रियताको निम्ति राजश्वको विभिन्न क्षेत्रमा छुटको घोषणा गर्ने, सामाजिक सुरक्षा एवं अनुत्पादक क्षेत्रमा हुने लगानीको प्रतिस्पर्धाले अर्थतन्त्रमा थप संकट

    • प्रकाशित मितिः जेठ १४, २०७९
    • 121 पटक पढिएको
  • चुनाबको बिरोदमा प्रदर्सन

             बाजुराको बुढीगंगा नगरपालिकाका १० ओटै वडामा फेरि चुनाव गर्ने निर्णयको बाजुरामा चर्को विरोध भएको छ। बिहीबार निर्वाचन आयोग नेपालले बुढीगंगामा फेरि चुनाव गर्ने निर्णय गरेको थियो।सो निर्णयको विरोधमा सदरमुकाम मार्तडी र बुढीगंगा नगरपालिकाका डाव, फालासैन, ताप्रिसेरा लगायतका आधा दर्जन स्थानमा विरोध जुलुस, चक्काजाम र प्रदर्शन भएका छन्। प्रदर्शनकारीहरूले वैशाख ३० गते भएको मतदानको मत गणनाको माग राख्दै सरकार, जिल्ला प्रशासन, प्रहरी र निर्वाचन आयोगको विरोध गरेका छन्।                       बुढीगंगाका २,३, ५ र ९ नम्ब

    • प्रकाशित मितिः जेठ १३, २०७९
    • 151 पटक पढिएको
  • भरतपुर महानगरकी मेयर दाहाल सवार गाडी दुर्घटना

    चितवन / चितवनको भरतपुर महानगरपालिकाकी नवनिर्वाचित मेयर रेनु दाहाल सवार गाडी दुर्घटनामा परेको छ । ललितपुर प्रहरी स्रोतका अनुसार उनी सवार किया कम्पनीको गाडी शुक्रबार दिउँसो ललितपुरको जावलाखेलस्थित स्टाफ कलेज नजिकै दुर्घटना भएको हो । दाहाल सवार गाडी गुडिरहेको बेला अचानक टायर पन्चर भएपछि पोलमा ठोक्किएको प्रहरीले जनाएको छ । गाडी पोलमा ठोक्किँदा दाहालको टाउकोमा चोट लागेको थियो । घाइते दाहाललाई उपचारका लागि ललितपुरको सुमेरु अस्पतालमा लगिएको थियो । उनको टाउकोमा टाँका लगाइएको र प्रहरीको भनाइ छ । उनको अवस्थामा भने खतरामुक्त रहेको प्रहरी स्रोतका भनाइ छ । 

    • प्रकाशित मितिः जेठ १३, २०७९
    • 137 पटक पढिएको
  • उद्योग मन्त्रीले ओलीविरुद्ध अभिव्यक्ति दिएपछि संसद्मा तनाव

    काठमाडौँ / प्रतिनिधिसभाको बैठकमा एमालेका सांसदहरूको विरोध प्रदर्शन गरेका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र बडूले प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीविरुद्ध रोष्टमबाट अभिव्यक्ति दिएपछि एमालेका सांसदहरुले विरोध प्रदर्शन गरेका हुन् । बिहीबार बसेको बैठकमा एमाले अध्यक्ष केपी ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रम चास्नीमा नडुबाएको जेरीजस्तो भनेर दिएको अभिव्यक्तिलाई शुक्रबारको बैठकमा मन्त्री बडूले भ्रष्टाचारको चास्नीमा डुबेकाले अरुलाई पनि सोही देखेको बताएपछि एमालेका सांसदले सो अभिव्यक्ति रेकर्डबाट हटाउन माग राखेर विरोध जनाएका हुन् । एमालेका सांसदहरू आ–आफ्नो स्था

    • प्रकाशित मितिः जेठ १३, २०७९
    • 139 पटक पढिएको
  • अबको ५ वर्षमा काठमाडौँलाई विश्वकै सुन्दर सहर बनाउने बालेनको घोषणा

    काठमाडौँ / काठमाडौँ महानगरपालिकाको नवनिर्वाचित मेयर बालेन शाहले काठमाडौँलाई अबको ५ वर्षमा विश्वकै सुन्दर सहर बनाउने घोषणा गरेका छन् । उनले काठमाडौँलाई एउटै परिवार ठानेर काम गर्ने प्रतिवद्धता जनाए । नवनिर्वाचित मेयर शाहले विजयलाई नयाँ कार्यको थालनीको रुपमा लिएको बताए । उनले अबको ५ वर्ष आफ्ना कार्ययोजनालाई पूर्ण गर्ने बताए ।नवनिर्वाचित मेयर शाहले भने, ‘शुरुवातको रुपमा लिएका छौं । यो हाम्रो विजय मात्र नभइ कार्यको सुरुवात हो । अबको ५ वर्षमा कार्ययोजनालाई पूर्ण रुपमा कार्य सम्पन्न गर्नेछौँ । काठमाडौँलाई परिवारको रुपमा लिएका छौँ । विश्वकै सुन्दर सहर बनाउनका लागि सहकार्य गर्नेछौँ ।’

    • प्रकाशित मितिः जेठ १३, २०७९
    • 100 पटक पढिएको
  • काठमाडौं महानगरको मेयरमा बालेन र उपमेयरमा सुनिता विजयी

     काठमाडौं / काठमाडौं महानगरपालिकाको मेयरमा बालेन्द्र साह (बालेन) निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहलाई २३ हजार ४२६ मत र एमालेका केशव स्थापितलाई २३ हजार ६५० मतान्तरले पराजित गर्दै स्वतन्त्र उम्मेदवार साह काठमाडौँ महानगरको मेयरमा निर्वाचित भएका हुन् । साहले ६१ हजार ७६७ मत ल्याउँदा काङ्ग्रेसकी सिंहले ३८ हजार ३४१ र एमालेका स्थापितले ३८ हजार ११७ मत ल्याए ।त्यस्तै उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल निर्वाचित भइन् । उनले ६८ हजार ६१२ मत ल्याउँदा निकटतम प्रतिद्वन्दी नेकपा समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ८०६ मत ल्याए ।

    • प्रकाशित मितिः जेठ १३, २०७९
    • 227 पटक पढिएको
  • राष्ट्रियसभाका विभिन्न विषयगत समितिमा सदस्य मनोनयन

    बिर्तामोड / राष्ट्रियसभाको बिहीबार बसेको बैठकले राष्ट्रियसभा अन्तर्गतका विभिन्न विषयगत समितिमा सदस्यहरूको नाम मनोनयन गरेको छ ।बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त नामावलीलाई मनोनयनका लागि प्रस्ताव प्रस्तुत गरेपछि सदस्यहरूको नाम मनोनयन गरिएको हो । मनोनयनमा दिगो विकास तथा सुशासन समितिमा सांसदहरू कमलादेवी पन्त, कृष्णप्रसाद पौडेल, नारायणप्रसाद दाहाल, तुलप्रसाद विश्वकर्मा र सोनाम गेल्जेन शेर्पा रहेका छन् ।विधायन व्यवस्थापन समितिमा सांसदहरू नारायणदत्त मिश्र, भुवनबहादुर सुनार, सुरेशकुमार आलेमगर र उदयबहादुर बोहरा रहेका छन् ।प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा

    • प्रकाशित मितिः जेठ १२, २०७९
    • 99 पटक पढिएको
  • ‘एमाले फुटाउन सभामुखले पदीय जिम्मेवारी बिर्सनुभयो’

    काठमाडौँ / नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले आफ्नो पार्टी फुटाउन सभामुख अग्निप्रसाद सापकोटाले पदीय मर्यादा बिर्सेको आरोप लगाएका छन् ।बिहीबार बसेको संसद् बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि धारणा राख्दै ओलीले सभामुख माथि यस्तो आरोप लगाएका हुन् ।उनले भनेका छन्, – ‘साउन २५ गते हामीले निष्कासन गरेको सांसदहरूको भदौ १ गते सम्माननीय सभामुख कहाँ हामीले प्रस्तुत गरिएको कुरालाई १० दिन पर्खिएर ‘अरुको चाहिँ ढोकाबाटै लिएर सूचना जारी गर्नुपर्ने । एमाले फुटाउन पदीय मर्यादा सबै बिर्सिएर एमाले फुटाउन जे पनि गर्न हुने ? कुनै मर्यादा राख्न नपर्ने ?’

    • प्रकाशित मितिः जेठ १२, २०७९
    • 98 पटक पढिएको
  • झापाका चार पालिकाका प्रमुखले लिए सपथ

    बिर्तामोड / स्थानीय तह निर्वाचनमा निर्वाचित झापाका चार पालिकाका प्रमुखले सपथ ग्रहण गरेका छन् । मुख्य निर्वाचन अधिकृत गिरिराज गौतमले कमल, गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष र मेचीनगर, गौरादहका प्रमुखलाई आज सपथग्रहण गराएका हुन् । सपथ ग्रहण गर्नेमा गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फुलवती राजवंशी, कमलका अध्यक्ष हुकुमसिंह राई, गौरादहका प्रमुख छत्रपति सुवेदी र मेचीनगरका प्रमुख गोपाल बुढाथोकी रहेका छन् । १५ वटा स्थानीय तह रहेको झापामा ११ पालिकाका प्रमुखले यसअघि नै सपथ लिइ सकेका छन् । यी चार पालिकामा भने ढिलो मत गणना सकिएकाले आज सपथ लिएका हुन् । सपथ ग्रहण गरिसकेपछि उनीहरूले आफ्नो पालिकाका

    • प्रकाशित मितिः जेठ १२, २०७९
    • 108 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.